~कल्पना पौडेल “जिज्ञासु”~
सगरमाथा हाम्रो शिर झुक्न दिने छैन
सहिदको आलो रगत सुक्न दिने छैन
बुद्धका उपदेशलाई मनन गर्दै मनमा
नेपालमा अशान्तिलाई लुक्न दिने छैन
छत्तिस वर्ण फुलवारीका एउटै माला नेपाली
साम्प्रदायिक भड्कावमा चुक्न दिने छैन
स्वर्गभन्दा प्यारो प्रकृतिको धनी नेपाल
रड्डी बनाई शत्रुलाई थुक्न दिने छैन
यो धर्ती गौरव हो सबै हामी नेपालीको
मुखिया भै विदेशीलाई झुक्न दिने छैन
–गैंडाकोट–४, नवलपरासी (हाल इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४० – Aug. 22, 2012 – २०६९ भाद्र ६ गते, बुधबार)