कथा : समयका पाइला

~राममणि पोखरेल~

तीन–चार दिनदेखि लखन बिरामी परेर सुतेको थियो । सरिरको देब्रेपाटो सोला हान्ने, झमझमाउँने, कुनकुन गर्ने व्यथाले भेटेर पीडित थियो । जेठो छोरो वीरन एक्लो काम गर्न सक्ने भएकाले, कुल्ली काम गर्न नजिकैको सहर र राजमार्गका बजारतर्फ बिहान उठेर जाने गथ्र्यो । लाहान बजारमा ठेलामा हालेर व्यापारीका सामानहरू एक–अर्को दोकानमा पु¥याउँने काममा लागेका थिए । वीरनका छिमेकी दौँतरी साथीहरू छपकु, दन्कु र पलट । यिनीहरूसँगै काम सिक्त्तै थियो वीरन पनि ।

लखनका छोरीहरू ठूलै भए पनि बाहिर जाँदैन थिए । घरको सुसे धन्दा, बोकापाठा, दाउराघाँस, करेसावारीमा समय बिताउँथे । बलानखोलामा बाढी आएका बेला बगाई ल्याएको काठको टुक्रा टिप्न भने ढाकी टाउकामा राखेर दौडने गर्थे ।

घरको भित्री धन्दा भ्याएर रामकली लखनको सेवामा लाग्थी । डाक्टरकोमा जान साथमा पैसा थिएन । तल्लो टोलको झगडु धामीलाई बोलाएर एक÷दुईपल्ट फुक्न लगाएकी थिई । लागु छ भनेर कालो पाठो अथवा कालो निक्खर कुखुरा जे सक्छौ भोग दिनैपर्छ । अहिले यो अक्षता मन्त्रेको खाउ भनेर पाँच दाना अक्षता हातमा राखेर बाबियोको कुचाले केही क्षण लखनको सरिर फुकेर फेरि आउँछु भन्दै निको हुन्छ भन्ने आशा देखाएर बिदा भएको थियो झगडु धामी ।

दिसा–पिसावमा जान पनि डो¥याएर लानुपथ्र्यो लखनलाई । रामकली लोग्नेको सेवा र सुश्रुषाले चिन्तित थिई । उपचारमा खर्च जुटाउन आफ्ना नातागोता र हितैषीको ढोका–ढोका चाहार्ने र सहयोग माग्ने काम पनि उसैको थियो ।

लखन गुन्द्रीमा लम्पसार परेर एैया, आथो, मरेँ भनेर झिनो स्वरमा बरबराइरहने हथ्र्यो । लखनका छोरीहरू अराएको काम मात्र गर्थे । छोरो वीरन प्रत्येक साँझ थकित सरिर लिएर केही साँझ–बिहानको परिवारको पेटपालनका लागि अन्नका लागि दाना, दाल, तरकारी, नुन, मटितेल लिएर घर फर्कने गथ्र्यो । घरमा दुईटा बोका र एउटा पाठी बाँधेका थिए । टोल पूर्वको सडकमा बिहान–साँझ लामो डोरीले बाँधेर पगाहा लगाउँने चलन थियो । यदाकदा बलान खोलाका किनारको सिसौँको घारीबाट भारीएक सेउला अनि वनमाराका फुल, मुण्टा भाँचेर ल्याएर झुन्ड्याइदिने गर्थे छोरीहरू ।

एक बिहान पृथ्वीमा कलिला किरणहरू फैलँदै थिए । बिहान उठेर एक गिलास सातुमा पानी लगाएर ठाडो घाँटी पारेर पिएर वीरन काममा बाटो लाग्यो । गाउँमा हल्लाखल्ला थियो । कुन कारणले हो, छिमेकीहरू ठूलो स्वरले कराउँदै थिए । आँगनमा बसेर रामकली छोरीहरूका टाउका परेका जुम्रा हेर्दै ठुङ हान्दै थिई । तिमीहरू पनि सोच, बाउलाई कसरी उपचार गर्न लाने । दाजुको कमाईले साँझ–बिहान पेट पाल्ने कि उपचारमा खर्च पु¥याउँने । यी बोका बेचेर खर्च जुटाउँ कि गाउँका मालिकहरूसित हारगुहार मागेर खर्च जुटाउँ । आज चौथो दिन पनि तेरा बाबुले राम्ररी धरतीमा गोडा टेकेर उभिन सकेका छैनन् । झगडु धामीले पनि तीनपल्ट आएर फुके । व्यथा बीसबाट उन्नाइस भएको छैन । रामकली छोरीहरूलाई यिनै कुरा भनेर सम्झाउँदै थिई ।

लखन बेसुरले बरबराउँदै थियो । जाऊ उमाकान्त मालिककोमा । मैले उनको सेवा गरेको छु । झन्डै अठार वर्ष उनको खेत जोतेको छु । गोरूको सेवा गरेको् छु । भैँसी पालेको छु । उनीहरूलाई कुद हिउँद, कुन वर्षा, जाडो गर्मी नभनी उमाकान्त र उनका सरिरमा तेल मालिस गरेको छु । गएर उनीसँग ऋण माग । हामी चमार जातिको यो गाउँमा के छ र ? उनीहरूकै नापनक्सामा पर्ने गाउँ, ब्लक जग्गामा बास बसेका छौँ । यी गाउँका सबै चमार जातिको मालिकको सेवा गर्नु कर्तव्य पनि हो । केही क्षणका लागि आफ्नो टोलका चमारलाई बोलाउ, उनीहरूसित म आफ्ना विगतका कुरा र हालका मेरा समस्या राख्छु । उमाकान्त मालिकले जमानादेखि हामीलाई मायाँ गर्दै आएका छने । अब त झन् मुलुकमा लोकतन्त्र आयो भन्छन् । गाउँमा चुनाव हुँदा उनलाई नै भोट हाल्छौँ हामी । बुधना, किसन, सफरिया र धनवा चमार घरमा होलान् । बोलाएर ल्याऊ भनेर ओछ्यानमा पल्टेकै बेला आफ्ना परिवारसित लखन चमारले भन्यो ।

जेठी छोरी सनिया सफरिया काकालाई बोलाउन बाटो लागी । सफरिया घरमा थिएन । सनिया बुधनाको घरमा गई । बधनाकी स्वास्नी आँगनमा बसेर थाकलमा पातको चटाई बुन्दै थिई । सनियाले भनी काकी बुधना काकालाई बोलाउन आएकी । बाबु बिरामी छन् । खर्च जुटाएर लाहान उपचार गर्न लानुपर्ने । काका कता जानुभयो ? उसलाई गाउँमा छजनावाली भन्थे । सायद उसको माइती छजना नामको गाउँको भएर होला घ् उसको नामभन्दा कोही गाउँमा उसलाई चिन्दैनथे । छजनावाली भनेपछि उसलाई गाउँ र वरपर सबैले चिन्दथे ।
चटाई बुन्ने काम छाडेर थाकलको बिटो थन्क्याउँदै बुनेको चटाईको भागलाई काखीमा च्यापेर उसले भनी— “बेटी, तिम्रो काका त बिहानै उठेर हिडेका घर फर्केका छैनन् ।”

सुन्छु, उमाकान्तको लैनु पाडो के व्यथाले गुवालीमा मरेको छ । फाल्न मान्छे खोज्दै आएको थाहा पाएर तिम्रा काका तर्केका होलान् । आज चमारहरू कोही आफ्नो घरमा छैनन् । किसन, सफरिया, धनवा शायद गाउँबाट बाहिर भागे होलान् । काम गर्न नसक्ने उमेर नपुगेका केटा र महिला मात्र छन् गाउँमा । तिम्रो बाउ बिरामी भएकाले घरमा छन् । नत्र कोही छैनन् । के गर्नु ? घरमा बसेर मरला पाडो फाल्न लगाउँछन् । उमाकान्त मालिकसित बाझ्न सकिँदैन । बरू घररबाट छलिएर बस्यो भने लण्ठै मेटिन्छ । भोलिपल्ट अर्कै विकल्प गर्लान् । बिहान बोलाउन आएका थिए । उनका छोरा सुरेश । त्यो थाहा पाएर सुइकुच्चमा ठोके चमारहरू । तिम्रो घरमा आए होलान् बाबुलाई भन्न । छिटै घर जाऊ भन्दै छजनावाली घरभित्र पसी ।

वीरनले लाहानमा डाक्टरसित सोधेर बाउको व्यथाबारे जानकारी गराएर एउटा सरिरमा मालिन गर्ने मल्हम मेडिक्रिम लिएर आएको रहेछ । रामकलीलृ बिहानका कलिला घाममा लखनलाई आँगनमा सुताएर मल्हमले मालिस गर्दै थिई ।

उमाकान्तको छोरा सुरेशकान्त मरेको पाडो अथवा सिनु फाल्न सहयोग गर्न हिँड भनेर भन्न आएको थियो लखनलाई । उसलाई बिरामी देखेर ऊ केही क्षण कम्मरमा हात राखेर आँगनमा उभियो । रामकलीले विनम्रतापूर्वक हात जोड्दै भनी— मालिक तीन दिनदेखि लखन बिरामी छन्, उपचार गर्ने खर्च छैन । छोरा छैन । “बारी न बिरुवा नौ मुरी तोरी” भने झै आयको श्रोतछ केही छैन । छोराको कमाईले पेट पाल्दै ठिक्क हुन्छ । व्यथा ठीक भएपछि काममा त सघाइहाल्छौँ नि घ् यसपालि मरेको पाडो फाल्न अरू चमारलाई बोलाएर लानु हजुर, भनेर बिरामी उपचारको लागि केही दिनु हुन्छ कि ? भनेर बिन्ती बिसाई ।

उसले लखनकी श्रीमतीका कुरा काथ थापेर सुनिरह्यो । सुरेशकान्तलाई बस भन्न दुवै लोग्ने–स्वास्नीको ध्यान पुगेको थिएन । ऊ बस्न पनि चाहेको थिएन । रामकलीको बयान सुनिसकेपछि अलि कडा शब्दमा सुरेशकान्तले भन्यो । “टोलमा कुनै चमार छैनन् । सालेहरू कता भागे कता घ् भेटौँ मात्र, घरमा स्वास्नी र केटाकेटीलाई छाडेर सुइँकुच्चा ठोकेछन् । साँझमा त घर फर्कलान् नि, मैले जानेकी छु । एक÷दुई लात नलगाए त” भन्दै आँखा राता पारेर मुमुर्रियो ।

“के गर्ने हजुर, सक्ने भए म त ज्यान गए भाग्ने थिइनँ । मालिकको चाकरी पहिलेदेखि गर्दै आएको हुँ । भेट्न पाए म तिनीहरूलाई सम्झाई–बुझाई मरेको पाडो फाल्न लगाउँने थिएँ । कहाँ पुगेका छन् ? कसरी भेटौँ ? साँझ घर आए भने भनौँला । लखनले नरम बोलीमा आफ्नो बिन्ती बिसायो ।

सुरेशकान्त त्यसपछि सरासर घर गयो । गर्मी मौसम भएको कारणले पाडाको सरिरमा झिँगा बाक्लै भन्कन लागेका थिए । उमाकान्त त्यति बेला घरमा थिएनन् । घरमा महिला आमा र दिदीहरूले सुरेशकान्तलाई चमारलाई घर न लिई एक्लै आएकोले लाछी आफूले बास दिएर टोलमा पुस्तौँदेखि राखेका मोरा चमारहरूलाई पनि काममा लगाउन नसक्ने ? माखा भन्की सक्यो । बाउ घरमा छैनन् । उमेर छोराको हविगत यस्तो छ भनेर कडा शब्दमा बम्किए ।

सुरेशकान्त केही न बोली वाल्ल परेर उभियो मात्र । निदाउरो मुख पारेर आमा सुखनी र दिदी जक्तीलाई हेरिरह्यो । आमाले व्यक्त गरेको लाछी शब्दले उसलाई छटपटाहट भएर फेरि चमार टोल पस्न अत्तालियो ।

चमार टोलीको नरम व्यक्ति लखन थियो । बुधना र किसनले यथाशिघ्र घरमा आएर लखनलाई उपचारका निम्ति डौडाएर लाहान पु¥याए ।

सुरेशकान्त दिनभर चमार टोल र र आफ्नो घरको बाटो नाप्दै रह्यो । उसले उपलब्धी भने केही पाउन सकेन । साँझमा उमाकान्त घरमा आउँदा अघिल्लो दिन मरेको पाडो फालिएको थिएन । उसले सुरेशकान्तलाई कडा स्वरमा अनेकौँ तिरस्कृत शब्द प्रयोग गरेर गाली ग¥यो । ठाडै गोडा चमार टोली गएर चमारका घर–घरमा गएर, डुक्रियो उमाकान्त । भेटिएका महिलाहरूलाई कुटौँला, पिटौँला झैँ ग¥यो । कोही पुरुष चमार टोलमा थिएनन् ।

भोलिपल्ट बिहान लखन, बुधना र किसनलगायत १०÷११ जना चमारहरू एक ठाउँमा भेला भएर चर्को स्वरमा कराउँदै थिए ।

“लोकतन्त्रमा उमाकान्त जिम्दारको मरेको पाडो घिसारेर फाल्न हामीलाई कर छैन । हामी दास होइनौँ । विकल्प खोज । आफै खाल्डो खन । आफै गाड” भनेर हल्ला गर्दै थिए ।

उमाकान्तको परिवार आँगनमा भेला भएर चमारहरूको आवाज सुन्दै थिए । उमाकान्तको सरिर पसिनाले भिजेको थियो । उसका आँखा रिसले राता भएका थिए ।

ऊ भन्दै थियो– अब गाउँ भाँडियो । गाउँ अब आफ्नो इज्यत बचार बस्न नसकिने भयो । यी सब साले बनी गर्ने चमारहरूलाई कसले भड्काएको छ । म बुझेर तिमीहरूलाई नियन्त्रणमा लिन, मुद्दा गर्न अदालतमा जान्छु । मरेको पाडो नजिकै बसेर टाउकोमा हात राखेर उमाकान्त र सुरेशकान्त निदाउरो मुख पारेर घोत्लिएका थिए । उनीहरूसित आवेग, त्रास र डर बराबर थियो ।

“विगतमा यस गाउँमा हामी चमारले बाच्नका लागि डर र करले जस्तो काम पनि ग¥यौँ । तर अब समयका पाइला फेरिइसकेका छन् । पेट पाल्न हामीलाई उमाकान्त र अन्य धनीकवाहरूको आँगन टेक्नु पर्दैन । विकल्प धेरै छन् । माखी भन्केको मरला पाडो घिसार्न अब कुनै हालतमा गइँदैन” किसन चमारले आफ्नो आँगनमा भेला भएका गौँआ साथीहरूलाई भन्यो ।

“तिमीले ठीकै भन्यौ । जे पर्छ–पर्छ । अब कसैसित डराएर लुते कुकुरजस्तो भएर हिँडिदैन । उ, सब धनी छै त अपने लागि छै । हाम्रो लागि दह«ो सरिर छ । सम्पत्ति यै सरिर हो” बुधना चमार भन्यो ।

“सार शोषकी सब काममे दलै छे दाम एकौ रूपिया नहिदै छै हातमे । के मुरख छै मरला पाडा घिसारैमा जाइव ।”

“साला शोषकहरू काममा दल्छन् । हातमा एक रूपैया दिँदैनन् । को मुर्ख छ, मरेको पाडा घिसार्न मगनी जाओस्” सफरिया चमारले भन्यो । गाउँमा अन्य चमार भन्दा सफरिया केही साहसी पनि थियो । केही समयअघि सहरमा ठेला, गाडा र साहस दिएको थियो । सहरमा हुने जुलुस हडतालमा सहभागी भएकाले पनि ऊ केही चतुरो थियो । उसले गाउँका चमारलाई अन्यायको विरुद्ध लड्न पे्ररित गरेको थियो । उमाकान्तसित अगाडि परेर पाँडे गालीमा बाझ्न चमारहरू तयार भएका थिए ।
त्यसपछि उमाकान्त मरेको लैनो पाडो आफ्ना आफन्तसमेतको सहयोगमा बगैँचामा खाल्डो खनी गाड्न विवस भयो ।

(स्रोत : प्रलेस, वर्ष १५, पूर्णाङ्क १८)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.