~इश्वर देवकोटा~
पिँढिको डिल मा बगाउदै आशु पियारी रुँदै छिन
फर्केर तिमि आउनेछौ भनि दोबाटो कुर्दै छिन !!
हिमालझै अग्लो चुलिदै गयो सधै नै साहुको ऋण
कहिले आउला खुसीले रमाई सँग सँगै बाँच्ने दिन !!
काखको छोरो दगुर्ने हुँदा तिमि छौ बिदेशमा
के पाउनु छ र पसिना रगत पोखेर परदेशमा !!
बैरीको आँखा , दारा र नंग्रा नेपाली भूमिमा
के हेरी बस्छौ समुद्र परि त्यो मरुभूमिमा !!
समाचार सुन्छु चर्किन्छ छाती पोल्दछ भत्भती
हेरेर बस्नु पर्याछ मैले आमाको छटपटी !!
आँसुको नदि कति दिन बगाउँ समुद्र भरिन्छ
फर्केर तिमि आएनौ भने पर्खाइमा मरिन्छ !!
चाडबाड आउँछ , गाँउ बस्ति सबै झिलिमिली भैरन्छ
मेरो चाही भने मन सधैभरि तड्पेर रोइरन्छ !!
मुटुमा काडा रोपेर पनि हाँस्नुछ अगाडी
कसले पो बुझ्छ चेलीको कथा कति छ पछाडी !!
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा झाराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)