पुस्तक समीक्षा : शूर्पणखा खण्डकाव्य र कैकेयी महाकाव्यका गोविन्दराज विनोदी

~सदानन्द अभागी~

परिचय–

गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एवम् नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पु¥याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एवम् छन्दोवादी काव्यधाराका मानक स्रष्टाको शूर्पणखा खण्डकाव्य र ‘कैकेयी’ महाकाव्यभित्र उनको विशिष्ट योगदानलाई केलाउने प्रयास गरेको छु । यी खण्ड र महाकाव्यभित्र प्रवेश गर्नु भन्दा पहिला विनोदीजीको सानो परिचयतिर लागौं । २०१० साल श्रावण २८ गते कास्की रूपाकोटमा जन्मनु भएका विनोदीजी हाल गैडाकोट –८, नवलपुरमा बसेर शैक्षिक क्षेत्रमा सेवा दिंदै साहित्य सिर्जना गर्दै हामीलाई ‘मरो वर्तमान (२०४७), ‘निर्मम निर्मम घडीहरू (२०५६), आँखाका नानी (२०५७), छन्दविनोद (२०५९), अविश्रान्त (२०५९), हिमस्पर्श (२०६६), अनुपमा धर्ती (२०६६), सृष्टिमाथिका दृष्टि (२०६६) नानीका गीत (२०७०), शूर्पणखा खण्डकाव्य (२०७१) र २०७४ सालमा कैकेयी महाकाव्यको साथै अनगिन्ति भूकिा लेखन, उनको सम्पादनमा पत्रिकाहरू प्रकाशन र विभिन्न पत्रपत्रिकामा अनगिन्ति फुटकर रचनाहरू प्रदान गर्नु भएको छ । उहाँको शालीनता मन्द मुस्कान आकर्षक अनुहार, साधारण व्यक्तित्व र उच्च विचार नै गोविन्दराज विनोदको एउटा छोटो परिचय हो ।

शुपर्णखा खण्डकाव्य र गाविन्दराज विनोदी –शूपर्णखा खण्ड काव्यमा १३ओटा खण्डमा काव्यको निर्माण गरिएको छ । यस काव्यमा शूर्पणखाको मनोलापमा सिर्जना भए पनि अन्तिम सर्ग (उपसंहार)मा काव्यकारको धाराणाले स्थान लिएको छ । यही सर्गमा कविले नारीप्रति राखेका गहन भावनाले यस काव्यलाई उच्चाइमा पु¥याएको छ । यस कृतिको प्रकाशन कर्ममा यस खण्डकाव्यप्रति केही साहित्यकारले सारगर्भित भावनाका केही पंक्तिहरू पस्केका छन् । यी धारणाले यस खण्डकाव्य र गोविन्दराज विनोदीको काव्य कौशलतालाई प्रष्ट्याएका छन् । सर्ब प्रथम प्राध्यापक डाक्टर नारायणप्रसाद खनालको धारणालाई हेरौं – ‘सानो आकारमा रचिए पनि यसले उठाएको नारी वेदना, नारी अधिकार र नारी चेतनाको विषय वर्तमानमा प्रत्येक मानव अधिकारकर्मी र यसका उपभोक्ताले चाहकैमध्ये पर्दछ ।’मलाई लाग्छ त्रेतायुगमा लेखिएको रामायणकी खलनायिकाले रामसँग खोजेको वैवाहिक सम्बन्ध र शूपर्णखाले राम लक्ष्मण बाट पाएको अपमान, घृणालाई गोविन्दराज विनोदीले जुन रूपमा प्रस्तुत गर्नु भएको छ । आजका नारी पनि कुनै न कुनै रूपमा अपमानित छन् भनि तुलना गर्न सकिन्छ ।

निर्मोही व्यासले भन्दछन् –‘… यस काव्यमा एकातिर प्राकृतआवश्यक्ताको परिपूर्तिबाट बञ्चित भई जैविक दृष्टिले नितान्त दमित–कुण्ठित हुनका कारणले त्यसको शमनको लागि सामाजिक मर्यादाको उल्लङ्घनतर्फ अदम्य साहसका साथ अग्रसर हुन खोज्दा दुरूत्साहित र अपमानित तुल्याइएकी काव्यनायिका शूर्पणखाप्रति सहानुभूतिशील भई उनको मनो विज्ञानलाई सशक्त रूपमा कलात्मकताका साथ अभिव्यक्ति गरेर मानवीय संवेदनालाई अझ नारी–संवेदनालाई सम्मानित तुल्याएको छ भने अर्कातिर सर्वथा निष्पाप र निर्दाेष सतीसाध्वी सीता उपर श्रद्धा व्यक्त गर्दै नारीको उदात्त चरित्रका पक्षमा काव्यिक निष्कर्ष प्रसतुत गरी परम्परित आदर्शको पालना गरिएको छ ।’यसरी नै डा.लक्ष्मणप्रसाद गौतमको धारणा यस प्रकारको छ –‘शूर्पणखा काव्यमा आएका उपर्युक्त सन्दर्भहरू यस काव्यका अन्तर्बस्तु पनि हुन्, कथ्यसन्दर्भ पनि हुन् र र काव्यको समाख्यान पनि हो । यसकाव्यमा पूर्वीय मिथक अनुसार नकरात्मक ठानिएकी शूर्पणखाभित्र पनि प्रेम संवेदना, हार्दिकता, आत्मीयता, राग–अनुराग आदि अनेकौं संवेदित पक्षहरू छन् भन्दै शूर्पणखाका बहुविध चरित्रहरूको प्रत्यङ्कनका दृष्टिले यो काव्य शक्तिशाली छ । यहाँ शूर्पणखाका रागात्मक प्रेममयी, संवेदनात्मक, आत्मिक, भौतिक, अभिमानी, विद्रोही, क्रोधी, आक्रोशपूर्ण प्रतिशोधी र पराजयी चरित्र देखाइएको छ र उसका मनमा आएका अन्तद्र्वन्द्व तथा विचलनहरूले यस काव्यमा व्याप्ति प्राप्त गरेका छन् । सुरुदेखि प्रत्यागमन शीर्षकको बाह्रौ सर्गसम्म उपर्युक्त अन्तर्वस्तुकै सेरोफेरोमा काव्यले परिक्रमा गरेको छ ।’

स्वयम् काव्यकार गोविन्दराज विनोदीको धारणा–शूर्पणखा खण्डकाव्यको सिर्जना गर्ने चाहना बीसौं वर्षदेखि भएको, यसको लागि तुल्सीकृत रामचरित मानस, वाल्मीकीय रामायण, अध्यात्म रामायण लगायतका पुस्तकहरूको अध्ययन गरी यो काव्यको सिर्जना गरिएको धारणा राख्दै लेख्नुहुन्छ –‘यद्यपि उसलाई मैले रामायणादि ग्रन्थमा उल्लेख गरिएको दानवी÷मायावी पात्रका रूपमा नभई मानवी पात्रका रूपमा चित्रण गर्ने प्रयास गरेको छु’ । काव्यकारले राम र लक्ष्मणसँग विवाह प्रस्ताव राख्नुलाई अनौठो नठान्नु तर सीतालाई देखेपछि शूर्पणखाले ईष्र्याभाव(सौताभाव) जाग्नु नै उसको गल्ती भएको ठम्याउनु भएको छ ।

माथिका धारणाले के स्पष्ट पार्छ भने गोविन्दराज विनोदीको शूर्पणखा खण्ड काव्यमा रामायणमा शूर्पणखालाई जो मायावी र दानवी पात्रका रूपमा लिइएको छ त्यसमा मायावी र दानवीगुण मात्र नभएर उसमा मानवता थियो र विविध गुणले युक्त पनि थिई भन्ने आफ्नो प्रस्तुतिलाई सप्रमाण प्रमाणित गर्दै खण्डकाव्यकी मूल नायिका बनाएर खण्डकाव्य लेख्नु गोविन्दराज विनोदीको लेखनको सवलता, सफलता र निपुणता पनि हो भन्ने लाग्छ ।

सङ्क्षेपमा भन्नु पर्दा शूर्पणखा आमा कैकसीकी र बाबु विश्वाकी पुत्री जो बाबुबाट अध्यात्मवाद,, भाउजु मन्दरीबाट सङ्गीत, रावणबाट शिव प्रार्थनाको ज्ञानप्राप्त गरेकी शूरवीर नारी विद्युज्जिह्वासँग विवाह भै रहेकै वेला समरमा जान परेको र दाजुबाटै पति मारिएको, यसरी पति मारिएपछि खरसँग राजदूत भएर दण्डकारण्यमा पठाइएकी र पञ्चवटीको पर्णशालामा राम लक्ष्मणसँग भेट हुनु विवाहको प्रस्ताव राख्नु राम लक्ष्मणले अपमानित गर्नु र अपमानलाई शूर्पणखाले सहन नसकी बदला लिनको लागि दाजु रावणसँग गएर आग्रह गर्नु जस्को नतिजालाई गोविन्दराज विनोदीले यसरी प्रस्तुत गर्नु भएको छ–

अपमानित ती जसै भइन्
बदलाको कटु भावना लिइन्
हरियिन् अनि जानकी अहो !
र यही कारण युद्धको भयो ।
पृष्ठ ६०

यस काव्यमा काव्यकारले नारीको विविध पक्षलाई अति गहनरूपमा अध्ययन र विश्लेषण गरी नारीवादी चिन्तनमा घात्लिन पुगेका छन् । नारीवादी चिन्तनमा गुञ्जिएका स्वरहरूका दुई श्लोकलाई यहाँ अध्ययन गरौं –

नारी आफै सृजना–सरिता–मूलकी स्वच्छ पानी
नारी आँफै प्रणय–सुषमा सभ्यताकी विहानी
नारी आफै मनुज गरिमा स्नेहकी शैलमाला
नारी आफै भुवनतलकी कष्ट सङ्घर्ष ज्वाला
पृष्ठ ६१

नारी छैनन् जुन सदनमा त्यो छ आलोकहीन
नारी छैनन् जुनसहरमा त्यो छ शोभा विहीन
सोचौँ नारीरहित जगको कल्पना हुन्छ कस्तो ?
बन्ध्या धर्ती ,ग्रहणविना शून्य आकाशजस्तो
पृष्ठ ६७

शूर्पणखामा विनोदीजीले पूर्वीय मिथकलाई खण्डन नगरीकनै शूर्पणखा खण्डकाव्यको सिर्जना गर्नु भएको छ । यस खण्डकाव्यमा नारीवादी चिन्तनलाई उच्चाइका साथमा मूल्याङ्कन गर्दै शूर्पणखाको मानवीय भावनालाई स्पष्टताकासँग उठाएर एउटा अनुकरणीय खण्डकाव्यको सिर्जना गर्नु भएको छ । यो खण्डकाव्य उनको चमत्कारी काव्यकलाकारिता र काव्यप्रवृत्तिको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

जसरी शूर्पणखा खण्ड काव्यको सिर्जना गरियोत्यसरी नै विनोदीजीले ‘कैकेयी’ महाकाव्य पूर्वीय आर्षकाव्य रामायणकी कथाकी पात्र कैकेयीलाई नायिका वनाएर सिर्जना गर्नु भएको छ । कृतिकारले रामायणमा दुष्ट नारीको रूपमा लिएकी कैकेयीमा, नारीले आफ्नो सन्तानको लागि गर्ने मायाममता र आफ्नो सन्तानको उच्चाइमा देख्ने अभिलाषालाई गहनताको साथमा उठाएका छन् । यसरी मातृत्वलाई उठान गदा पनि रामायणले बोकेका अवधारणालाई यथावत राखेर, देखिएका महत्वपूर्ण पक्षलाई उठान गर्दै नारी हृदयका सम्वेदनशीलतालाई पस्कदै एउटा गहन एवम् नविन महावकाव्यको सिर्जना गरेका छन् । यस महाकाव्यमा मैले केवल कैकेयीको मातृत्व प्रेम र महाकाव्यकी सवल नायिकाको रूपमामात्र केही धारणा राख्न चाहान्छु ।

अयोध्यामा रामको राज्याभिषेकको तयारी भै रहँदा दासी मन्थराले कैकेयीलाई देव र दानवको युद्धमा राजा दशरथ देवतालाई सहयोग गर्न युद्धमा जाँदा घमासान युद्ध हुँदा, रथलाई धान्ने रथको किलो भाँचिएको र कैकेयीले आफ्नो औंला राखेर रथलाई धानेको औंलाबाट रगत बगेको राजाले देखेर कैकेयीको धैर्य र साहसी वीरत्वमा प्रभावित भै कैकेयीलाई दुईवर दिने कवोल गरिएको र ती दुई वर पछि खाँचो परेका वेला लिने भनि साँचिएका दुबै वर माग्ने समय आएको सुझाव मन्थराले राख्दछे । मन्थराले विवाहकै वेलामा राजमाता बनाउने प्रण राजाबाट भएको हुँदा रामलाई वनबास र भरतलाई राजा बनाउने बर माग्न कैकेयीलाई अनुरोध गर्दछे । कैकेयीले राजा समक्ष यी दुबै वर माग्छिन् । राजा दशरथलाई विवस बनाएर रामलाई वनबास र भरतलाई राज्यरोहणको लागि वर प्राप्त गर्न रानी कैकेयी सफल हुन्छिन् । राजा दशरथको पुत्रशोकको कारण मृत्यु हुन्छ । राजाको मृत्यु पश्चात अयोध्या शोकाकुल बन्नु, सबैले राजाको मृत्युको कारण कैकेयीलाई ठान्नु ,सबैको नजरमा दुर्नाम र दुष्कृताको रूपमा हेरिनु एकातिर छोरा राजा हुन पाएकोमा र अर्कोतिर विधवा भएकोले मनमा द्वन्द्व चल्नु र उनको मनोभाव यसप्रकार प्रकट हुन्छ–

म रोऊँ अथवा हाँसू द्वन्द्व यस्तो मभित्र छ
शोक हर्ष हुँदा साथ अनुभूति विचित्र छ
(श्लोक ५२, पृष्ठ ९३)

झर्दैनन् किन यी आँसु पति टाढा हुँदा पनि
किन रोदन छुट्दैन सारा राज्य रूँदा पनि
(श्लोक ५३, पृष्ठ ९३)

मानिसमा द्वन्द्व उठनु स्वभाविक हुन आउँछ । कैकेयी पनि मनोद्वन्द्वबाट पिल्सिएकी छन् । उन्लाई थाहा छैन अवको बाटो के हो, अयोध्यभरी शोकका आँसु झर्नु, दुबै सौताले राजाको मृत्यु र रामको वनबासको कारण ठान्नु, सबैको घृणाको पात्र बन्नु, विवाहका कुरा चल्दा राजाले कैकेयीको छोरा राजा हुने बचन दिएको, एउटी आमाले पुत्रका निम्ति गर्नु पर्ने कुरा गर्नु, पुत्रको लागि स्वार्थी बन्नु र पाएको हकलाई आप्mनो हो भन्नु अपराध होइन भन्ने ठान्नु,आदि धारणा मनमा खेलाउँदै भरतको सुख र उज्यालो मुख देख्न आतुर हुन्छिन् कैकेयी ।

भरत मावलीबाट आएर देवताको दर्शन गर्दै, पुर्खाको स्मरण गर्न जाँदा पुर्खाको साथमा पिताको मूर्ति देख्न पाउनु र घटनामा चासो राख्नु, शोकविह्वल हुनु, दरवार पुग्नु कौशल्यालाई र सुमित्रालाई दर्शन गर्नु, कौशल्याले आमामा पुत्रको शिर झुक्नु पर्छ आमालाई दर्शन गर भन्नु, यो घटनाक्रमले गर्दा कैकेयी आमाको रूपमा नरहेको, नातो टुटेको स्नेहको घैंटो फुटेको, आमा पापिनी भएकोले पशुभन्दा पनि तल झरेकी र कष्टदायिनी भएकोले यी त्यज भएकी छन् भन्ने धारणाराख्दछन् यसरी भरतको कोप देखेर कैकेयीले पिताकै प्रतिज्ञाको रक्षाका निम्ति गरिएको, राज्याधिकारको हक तिम्रो भएको, यो अधिकार तिम्ले नै प्राप्त गर्नु पर्ने भएकोले जे जति कर्म भए तिम्रैलागि भएको यसमा मेरोमात्र दोष छैन भन्ने धारणा राख्दा भरतले राम पनि तिम्र्रै छोरा भएको, जेठो छोराको नाताले राज्यको उत्तराधिकारी हुनमा कुनै तत्वको कमी नभएको, भाइभाइमा भातृस्नेहको पनि कमि नभएको स्वार्थले फाटो पार्ने दुष्कर्म रचिएको रामको हित भरतको हित र रामको जित नै भरको जित भएको बलपूर्वक राज्यको साँचो लिएर अनाहकमा रामलाई वन पठाएर सौतेनीरिस पोखिएको दुष्टताको प्रदर्शन भएको कुनै प्रतिष्ठा प्राप्त नभएको, यो पापी दिमागको सोचाइले बदनाम भएको र कुलमा दाग लागेको, महारानी भएकै र राजमाता हुने इच्छा भएमा राम राजा भए पनि स्वकीय इच्छामा कुनै कमी नहुने, भरतले कैकेयीको कोखबाट जन्म लिएकोमा दुखित रहेको, कैकेयी कोमल हृदय पत्थरझै साह्रो बनाएर पशुभन्दा तल झरेकी, अश्वपतिकी पुत्रीजस्ती पनि नलाग्ने, उनको कुलमा राक्षसी भएर जन्म लिएर रघुकुललाई संहार गर्न आएकीजस्ती लाग्ने, कैकेयीका कुनै योजना लागु नहुने किनकी भरत रामप्रति निष्ठवान रहेको आदि धारणामा भरतले आमलाई रोष देखाउँदै भरत अन्त्येष्टि कर्मतिर लाग्दछन् ।

जति अपहेलित किन नहुन परोस मातृहृदय जहिले पनि पुत्रप्रति सङ्कल्पित भएको हुन्छ पुत्रको उन्नतिलाई मातृ नयनले हेर्न चाहान्छ –यहाँ कैकेयीले आफ्ना सङ्कल्प कार्यन्वयन हुँदेनन् कि भनि सङ्कालु बन्नु र आफ्नो पुत्रप्रतिको स्नेह भावलाई यसरी पस्केकी छन् –

म आमा पुत्रको स्नेह छताछुल्ल मभित्र छ
मेरो वात्सल्य यो साह्रै सफा शुद्ध पवित्र छ
(श्लोक ५९, पृष्ठ१०५)

केकेयीले पुत्रराजा भएको, सम्मान पाएको, सूर्य झै चम्केको, देख्नमा आतुर रहेको र यसको लागि ढा्ट्न, छल्न, जल्न तयार हरेको धारणा कैकेयीबाट आएको छ । आमाप्रति कविभाव यसरी प्रकट भएको छ –

आमा वैरी हुँदै हुन्न् छोरा वैरी बनुन् तर
सिन्चिराख्छ सधैं माया आमाको मन निर्भर
(श्लोक पृष्ठ १०६)

आमामा छोराछोरीप्रतिको माया निश्छल हुन्छ छोरा छोरीप्रति चिन्ता हुन्छ छोराछोरी हाँस्ता आमाको जिन्दगी गद गद हुन्छ भने आमकै मायामा छोराछोरी हुर्कने र सन्तान आमाकै सम्पद भएकोले कैकेयीले पनि आफ्नो पुत्रको लागि औजस लिन, छोरालाई राजकाज दिलाउनको लागि गरिएका गलत कामलाई पनि चित्तले नस्वीकारेको र आत्मज(छोरा) टेढिदा पनि आमाले सहन सक्ने, मुटुलाई ढुङ्गाजस्तो कडा बनाएर राज्याभिषेक भएको देख्नमा आतुरता भएको धारणाको साथै कविले मातृस्नेहलाई दरिलोरूपमा समाएका छन्, र सवल र सफलरूपमा प्रस्तुतिलाई सजाएकमा छन् ।

राम विद्यावारिधि, ब्रह्मचर्य चरित्र र सबै कर्म पवित्र भएका रामको राज्यहक, न्यायिकरूपमै पाउनेलाई हरण गर्न नहुने पदको लागि आत्मको किनबेच नगर्ने र रामलाई लिन भरत वनप्रस्थान गर्नुपर्छ भन्दै वनप्रस्थानको लागि तयारी हुँदा कैकेयीको मनमा अनेकौ भावनाका तरङ् उठ्छन् उन्ले भन्छिन्–

मेरो वात्सल्य स्वार्थी भो मेरो संलक्ष चूर्ण भो
जिन्दगानी स्वयम् मेरो अब साँच्चै अपूर्ण भो
(श्लोक ५८ , पृष्ठ ११७)

भरत क्षत्रीय गुणधर्मका, शस्त्रशास्त्रज्ञ, नीतिज्ञ, राज्यकर्ममा सुयोग्य ठान्दा ठान्दै पनि छोराको राज्यमोह भङ्ग देख्दा कैकेयीको मन फाट्छ,, राजमाता बनेर आदरता पाउने धारणा टुट्छ, सपना भुइँमा पोखिएको र सुयोजनाहरू सबै खरानी भएका, मन समालिन गाह्रो भएको, खिन्नता बढ्यो, कालो कलङ्कको झरी बर्षिएको आदि अनुभूतिको साथमा कैकेयी आशावादी हुँदै भन्छिन् –

रहलान् कहिलेसम्म निन्दाका बोझिला क्षण
वात्सल्य प्रेमको मेरो होला चर्चा कुनै दिन
(श्लोक ७२, पृष्ठ ११९)

भरत वनतिर रामलाई लिन प्रस्थान गर्दा पनि राम वनबाट नफर्कने कुरामा दृढ छन् कैकेयी ।

कौशल्याले कैकेयीलाई वनमा गएर रामलाई फर्कन भनेकोमा राम फर्कन सक्ने धारणा राख्दा राम वचनका पक्का छन् उनी फर्केर आउँदैनन्, उनी कर्तव्यमा लिन छन् र उनले सत्यनिष्ठा र सदव्रतलाई छाडदैनन् भन्दै कैकेयी यस्तो धारणा राख्दछिन् –

गर्छन् कदर वाणीको जो बोल्दछन् पूर्ण गर्दछन्
जहाँ जान्छन् त्यहाँ मीठो प्रज्ञा पीयूष छर्दछन्
श्लोक१८, पृष्ठ १२३

रामले १४ वर्ष बिताएपछि फर्कन्छन् तर अहिले ब्रह्म आए पनि रामलाई रोक्न सक्दैनन् । यति भन्दा भन्दै पनि कैकेयी सबको साथमा रामलाई फर्काउन वनमा जान्छिन् र यस्तो महसूस गर्छिन्–

अपराधी बनी मैले झुुकाएँ भुइँमा शिर
फुट्लाजस्तो भयो छाती थपियो मनमा पिर
श्लोक ७२ पृष्ठ १४२

आखिरीमा त्यही हुन्छ जो कैकेयीले भनेकी हुन्छिन् । भरतले बारंबार आग्रह गर्दा पनि रामले पिताले कैकेयीलाई राजमाता बनाउने बचन दिएको र यही बचन पूर्णताको लागि राम वनमा रहनु पर्ने धारणा आएपछि भरतले रामका पादुका लिएर अयोध्या फर्केर राज्यमा प्रतिनिधित्व स्वीकार गर्दछन् ।

गुरु वशिष्ठ र राजा जनकले राम १४ वर्ष अयोध्या नफर्कने भने पछि रामका पादुका लिँदै भरतले भन्छन् –

हाम्रो भातृत्वको डोरी नचुँडोस् कहिल्यै पनि
फैलियोस् लोकमा हाम्रो प्रीतिको मधुर ध्वनि
(श्लोक ४४ पृष्ठ १४९)

यस शीर्षकमा भातृत्व प्रेममा उठाइएका धाराणा अति सुन्दर, मार्मिक, अगाधरूपमा आएका छन् जस्ले गर्दा आजका समाजका दाजुभाइलाई एउटा सुन्दर मार्गदर्शन प्रदान गर्न काव्य सवल देखिएको छ साथै द्वन्द्वरहित भातृत्वप्रेमको गहन प्रस्तुतिले काव्यको गरिमा बढाएको छ । कैकेयीको आकाङ्क्षा अनुसार भरत राजा बन्न पाए पछि पनि कैकेयीमा खुसी आउनु पर्ने र आत्मा बाटै विजयको गीत गाउनु पर्ने थियो तर मनमा द्वन्द्वको धाराहरू बग्नु ,ओठमा हर्षको हाँसो नफुट्नु र आफ्नै भूलले गर्दा पश्चतापमा परी रातभर निद नआउनु, संसारै धमिलो देख्नु, मुटुमा काँडाले कोपे जस्तो महसुस हुनु ,मनमा उठे्का तरङ्ग र पीडालाई कसैसँग गएर धुने ठाउँ पनि नभएको आदि धारणाको साथमा कैकेयीले मानिसले गल्ति किन गर्द छ भन्ने प्रश्नको उत्तर पनि आफै यसरी दिन्छिन्–

गल्ती गर्दछ मान्छेले लोभी पापी विचारले
अहंले स्वार्थले आफ्नै भावनाको विकारले
(श्लोक २१, पृष्ठ १५७)

बास्तवमा कैकेयीको राजमाता बन्ने आकाङ्क्षा तथा भरतलाई राजा बनाउने महत्त्वाकान्क्षाले रामजस्तो छोरा र सीताजस्ती बुहारीलाई वनमा जान बाध्य पारेकीले आमा बन्न नसकेकी एक नारी भएर पनि नारीका निम्ति कष्टप्रदा भएकी, राममाथि गरिएको अनादरले भरत दुःखी भएको, दोषी मन्थरा नभै आफ्नै विचार र मनको विकार भएको, दया धर्म कृपा माया धैर्य औदार्य चिन्तनबाट टाढा भएर स्वार्थसिक्त मनको कारणाले गर्दा मनमा तुस पालेर दुष्ट, अकृतज्ञ, अमानुष, असहिष्णु ,स्वार्थान्धको कारणले पशुसरि भएको, चेतना मन्द भएको कारणले अविवेकी बनेको, आफ्नो हक खोज्दा अर्काको हक खोस्न नहुने, अर्कालाई रुवाएर आपूm हाँस्न नहुने, रामकी आमलाई रुवाएर आपूm आमा बन्न नहुने, राज्य भत्काउने दुष्ट नारीको रूपमा प्रदर्शित भएको आदि भावनाहरू केलाउँदै कैकेयीले स्वमूल्याङ्कन गर्दै भन्छिन् –

हिजो निर्धक्क जे आँटे आज त्यै पछुतो भयो
मेरो त्यो धृष्टता आज सबैमा अछुतो भयो
(श्लोक ५८, पृष्ठ १६२)

बिहानै घोच्छ आएर जागृताभासमा पनि
दुःख दिन्छ अनायासै भोकमा प्यासमा पनि
(श्लोक ५९, पृष्ठ १६२)

कैकेयीलाई यी सबै पीडाले गर्दा हिड्दा बस्दा र उठ्ता आनन्द मिल्दैन पश्चतापको आगोले पोली रहन्छ, आफ्नो मर्म छोरासँग भने पनि, आफै जोगिनी बने पनि राम फर्केर नआउने जब राम आउँछन् त्यसपछि भातृत्व बुझ्न नसकेको, राजनीति मर्यादा सुझ्न नसकेको, अनीति भित्र्याएको आदि धारणा राममा राख्ने विचार सहित कैकेयीले आफ्नो गल्तीलाई सम्झिदै,पश्चतापको भावमा डुब्दै आफ्नो चित्त, सङ्लो बनाउँदै आफ्नो दृष्टि अग्लो बनाइन् ।

१४ वर्ष पुरा भए पछि राम अयोध्यमा आउँछन् कैकेयीले स्वमूल्याङगर्दै भन्छिन् –

भएकी राक्षसी जस्ती कुनै बेला म वैगुनी
सिद्ध गर्नु परेको छ म भएँ मानुषी भनी
(श्लोक ३८, पृष्ठ १८४)

कैकेयीले अज्ञानताले गर्दा पतिमाथि छल गरेको, रामको मन दुःखाएकै कारणा सधैं घृणा मिलेको, घृणा मिल्दामिल्दै पनि बाँचिरहेकी, पुत्र बोल्दैनन्, पुरकाले आँखा तर्ने, बोलेकाले सामर्थ नलिने, आफैमा भ्रान्ति छाउने, भूल स्वीकार्दा पनि कसैले नसुन्ने धारणा रामसँग राख्दै कैकेयी बोल्छिन् –

म आमा आज आमाको गरिमाबाट दूर छु
म नारी आज नारीको भूमिकाबाट दूर छु
(श्लोक ३१, पृष्ठ १९३)

कैकेयीले रामसमक्ष आफ्ना यावत दुर्वलपक्षका धारणा राख्दै रामबाट माफी चाहेको धारणा यसरी राखेकी छन् –

प्रिय राम तिमीबाट अरू कै आस गर्दिनँ
‘आमा माफ दिएँ मैले’ यति चाहान्छु सुन्न म
(श्लोक ६०,पृष्ठ १९७)

आफ्नो गल्ती महसुस गरेर माफी मागे पछि कैकेयीले जस्ले दुष्ट, क्रुर, स्वार्थी, अहङ्कारी, राज्य द्रोही, अभिमानी, जे भने पनि ‘चोखो मातृत्वमा दाग नलागोस् इतिहाँसमा’,लोकको हीत हुनेगरी राज्य गर, विवेकले, प्रज्ञाशक्तिले, राजधर्मले, शुभ कर्मले राज्य गर, तिम्रो राज्यमा नारी शक्तिको सुपूजन, ज्ञानको परामर्श, न्यायको प्रकाशन होस्, लोकको वाणी सुनेर, लोकको मर्म बुझेर, लोकको धर्म थामेर, जनता दुःखी हुँदा दुःखीभएर, जनतालाई जनार्दन मानेर, जनताको दुःख हुँदा दुःखी भएर, जनता हर्षित हुँदा हर्षित अहोरात्र घाम जूनझै भएर सबैका दृष्टिमा प्रसूनझै भएर, तिमी ज्ञानी ध्यानी, स्थितप्रज्ञ, विवेकी नयका मणी स्वयम् छौ तापनि रामराज्य भनी यस त्रिलोकमा फैलियोस् भन्ने धारणाको साथै कैकेयीले अवचेतनामा जमेर हरेक भावहरू सबै राख्दै, वनमा तपस्विनी भएर बस्न चाहेको जस्ता धारणालाई कैकेयीले पोख्दै,‘कैकेयीको मन शान्त भएको महसुस गर्दछिन् ।

कविले यो काव्यको सिर्जना कैकेयीप्रति अन्याय भएको ठान्दै र मातृत्व भावको चोखो महिमाको गीत गाउँदै गरेका र यथार्थ नलुकोस् माता दोषी भए पनि मातृत्व दोषी नहोस् भन्दै काव्य सिर्जना गरेको धारणा राखेका छन् । कविले आमाको पवित्र स्नेह वन्दनीय हुन्छ । यो काव्य लेखनसम्बन्धमा कवि भन्छन् –

यो गाथा हो वत्सला मातृकाको
यो नारीको खोज हो अस्मिताको
यो हो नारीभित्रको मुक्ति चेत
कैकेयी हुन् मात्र दृष्टान्त एक
(श्लोक ७९, पृष्ठ २१२ )

उपरोक्त धारणा सहित यो काव्यको समाप्ति हुन्छ ।

यस महाकाव्यकी नायिका कैकेयीलाई रामायणमा खलपात्रको रूपमा लिइएको छ । उसलाई आजसम्म पनि समाजले दुष्ट नारिको रूपमा लिएको पाइन्छ तापनि कविले कैकेयीमा भएको अन्यायप्रति उसभित्रका गुणलाई केलाउँदै पुरुषप्रधान समाजबाट अन्यायमा परेका महिलाले न्याय पाउन पर्ने धारणा राख्दै लेख्छन् –

ककैकेयीप्रति अन्याय भयो भन्ने चिताउँदै
मातृत्व भावको चोखो महिमा गान गाउँदै
भयो सृजित यो काव्य यथार्थता नलुकोस् भनी
मातृत्व नबनोस् दोषी माता दोष्ी भए पनि

बास्तवमा समाजले नारीमाथि हेर्ने दृष्टि आलोचनात्मकमात्र नभएर समालोचनात्मक हुनुपर्छ र नारीपुरुष दुबैमा दुर्गुणमात्र हैन सगुण पनि हुन्छन् भन्ने यथार्थताबाट टाढिन हुँदैन । रामायणका कैकेयी र सूपर्णखा यस्ता पात्र हुन् जस्ले आफ्नो अधिकारको खोजी गर्दा अन्यायमा पर्नुप¥यो र समाजले सधैं नै दोषी ठहर ग¥यो । यस सम्बन्धमा कवि विनोदीले न्याएका आवाज उठाएका छन् । यो एउटा साहसिक काम भएको छ । रामायणले बोकेका कैकेयी प्रतिका यावत धारणामा कुनै आँच आउन नदिई कैकेयीसँग भएका सवल गुणलाई केलाउँदै महाकाव्यकी नायिकामा खडा गरेर एक नविनतम् एकलापीय महाकाव्य सिर्जना गर्नु विनोदीजीको लेखन कलाको वैशिष्ठ्यता हो ।

अतः रामायणकी खलपात्रलाई कसरी नायिकाको रूपमा लिएर महाकाव्य लेख्न सकिन्छ भन्ने प्रश्न उठन सक्छ । महाकविले, रामायणमा दर्शाइएका र उनमा लगाइएका सबै दोषलाई कैकेयी मार्फत नै स्वयम् आत्मालापको साथमा घटनाक्रमलाई उठान गराउँदै वात्सल्यमयी माताले आफ्नो सन्तानको उज्ज्वल भविष्यको लागि आपूmले पाउन पर्ने अधिकारको माग राख्दै सत्ता्प्राप्ति गराएको धारणा राख्दे मातृत्व भावको चोखो महिमाको गान गाउँदै र मातृत्व नबनोस् दोषी माता दोषी भए पनि धारणा राख्दै, कैकेयीप्रति अन्याय भयो भन्दै, यस महाकाव्यको सृजना गरेका छन् । पूर्वीय दर्शनको मान्यतानुरूप नै नायक धीरोदात्त गुण भएको हुनुपर्छ भन्ने पाइन्छ । कैकेयीमा यी गुणहरू( दयालु, क्षमाशील, बलवान, धीर, दृढप्रतिज्ञा, योद्धा, आत्म प्रशंसा नगर्ने खालको) को साथै शास्त्रमा निपुण, राजनीति र कुटनीतिमा दखल, आफ्नो गल्तीलाई स्वीकार्न सक्ने, क्षमाचनादेखि लिएर रामलाई रामराज्य कस्तो हुनु पर्छ र रामले कसरी राज्य सञ्चालन गर्नु पर्छ भन्ने मार्गदर्शनसमेत प्रदान गर्न सक्ने दक्षनायिकाको रूपमा यस महाकाव्यमा उनी उभिएकी छन् । उनमा लगाइएका लान्छनाहरूमा पुत्रमोही, राज्यविप्लवी, स्वार्थी, दशरथकी मृत्युकी कारक, भरतबाटै तिरष्किृत, रामलाई वनबास पठाउने आदि दोष बोक्न बाध्य पारिएकी दुष्ट नारीको रूपमा लिइएको छ कैकेयीलाई । यस विषयमा कैकेयीलाई मात्र न भै राजा दशरथले गरेका कामको विश्लेषण, रामको यस पृथ्वीमा दशरथको पुत्रको रूपमा जन्मलिनु परेको कारण, ती कर्म गर्ने अवस्थामा कैकेयीलाई काव्यमा बनाइएको दोषीपात्रको कारकता माथि यस महाकाव्यमा विनोदीजीले गरेको यथार्थ प्रस्तुतिमा केही थप पुष्ट्याँइको आवश्यक्ता देखिन्छ । राजा दशरथले पुत्रहीन अवस्थामा कैकेयीलाई वैवाहिक प्रस्ताव राख्दा नै राजमाता बनाउने प्रस्तावलाई स्वीकारेका छन् । द्वापर र त्रेता युगमा आपूmबाट सन्तान नभए यज्ञद्वारा या ऋषिमुनि, देवततको साथै अर्कै सक्षम पुरुषलाई स्त्रीमा गमन गराएर पुत्र जन्माउने चलन महाभारत र रामायणमा अध्ययन गर्न पाइन्छ । दशरथले राजमाता बनाउन स्वीकार गर्दा कैकेयीको विवाह भएपछि पनि सन्तान नभएको खण्डमा कसरी पुत्र उत्पादन गर्ने र त्यो वेलामा कुन राजमाता बन्ने भन्ने तर्फ राजाको ध्यान गएको देखिदैन । बशिष्ठ ऋषिले दशरथलाई शान्तका पति ऋष श्रृङ्ग श्रृषिलाई यज्ञगर्न लगाएमा चारभाई छोरा जन्मने धारणा बमोजिम दशरथले सोही कर्म गरेपछि अग्निदेवले दशरथलाई पायसको थाली दिनुभयो । दशरथले यो पायसलाई कौशल्या र कैकेयीलाई दिनु र सुमित्रा पछि आएर पायसको भाग खोज्नु , कौशल्या र कैकेयीले सुमित्रालाई आफ्ना आफ्ना भागबाट पायस दिनु र सुमित्राले पायस खाए पछि, तीनै जना रानी गर्भिणी हुनु, कौशल्याले राम ( विष्णु अवतार)को जन्म दिनु, कैकेयीले भरतको र सुमित्राले कौशल्या र कैकेयीबाट भागलिएर पायसको प्रभावले गर्दा लक्ष्मण र शत्रुघ्न जुम्ल्याहा पुत्रको जन्म दिएको विवरण यस महाकाव्यमा उल्लेख भएको पाइँदैन । रामले पृथ्वीमा जन्मलिनुको कारण लोककल्याणको लागि भएको भन्ने धारणा आएको छ । लोककल्याण गर्न अवतार लिएर आएका रामले वनमा जान कैकेयीलाई लान्छित बाहना बनाइ जानु पर्ने कुनै कारण देखिदैन र रामद्वारा कैकेयीलाई लान्छित बनाएको पनि पाइँदैन । दशरथले श्रवण कुमारलाई मृग सम्झि मार्नु र अन्धाअन्धीले दशरथलाई पुत्रशोकमा मर्नु पर्ने शाप पनि दशरथकै कारणले जन्मिएको थियो । कैकेयी दशरथको मृत्युको कारक बनाइनु पनि न्यायसङ्गत देखिदैन । रामायण एउटा यस्तो विशाल महाकाव्य हो त्यसमा भएका कथाबाट थरिथरिका महाकाव्यहरू सिर्जना गर्न सकिन्छ । कैकेयी महाकाव्य पनि एउटा अंशको रूपमा सिर्जना गरिएको मातृत्वप्रेमलाई अङ्गीकार गरिएको, पुर्खाको कदर, पितामाताप्रतिको अगाध आदर श्रद्धा र आज्ञापालनमा उच्च महत्त्व दिएको भातृत्व प्रेमले ओतप्रोत भएको, रामायणमा पोखिएका धारणालाई यथावत कायम राख्दै, हाम्रो समाजले त्रेता युगदेखि हालसम्मह नारी माथि लगाउने लान्छना तथा अन्ययायप्रति बुलन्द आवाजको साथमा प्रस्तुत गरिएको महाकाव्यीय सिद्धान्तमा आधारित एउटा नविनतम् एकलापीय महाकाव्य हो । यसमा गोेविन्दराज विनोदीको दक्ष काव्यकौशलता प्रदर्शित भएको छ भन्ने धारणा राख्दै गोविन्दराज विनोदीप्रति श्रद्धासुमन टक्¥याउँदै विदा चाहान्छु ।

धन्यवाद
२०७५ श्रावण २६ गते, कावासोती न.पा.वडा नं ७, नवलपुर,गण्डकी प्रदेश,
प्रतिक्रियाको लागि snjaishy@gmail.com

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.