नेपाली पप गीत : सम्हाली राखे मैले

~सिने गुरुङ~

सम्हाली राखेँ मैले तिम्रा ति भावहरु
सधैं सँगै बाच्छु भनेर
अङ्गाली राखेँ सारा तिम्रा ति कसमहरु
तिमी मेरो प्रिए वनेर
हुरी आइ उडाई लाग्यो मेरा ति सारा सपना
इन्द्रेणी रङ्ग छाउने मेरा ति सबै कल्पना

कती सम्झनाका मिठा पलहरु
कती साथ दिने तिम्रा बचनहरु
मैले विश्वासमा शङ्का गरिन
बरु हराइ दिएँ सारा मेरो आफ्नो भावना
@साहित्य सङ्ग्रहालय
तिम्रो मायामा तिम्रो मायामा
अङ्गालोमा तिम्रो मायामा
अङ्गालोमा…..

(तिम्रो शान्त शितल हरपल मिलनमा
बिछोड मै आँशु बन्छ नयनमा)X2
मैले विश्वाश गरेथें
दु:ख दर्द मायालाई
साथ दिन्छु भन्ने तिम्रा कसमहरु

कती सम्झना का मिठा पलहरु
कती साथ दिने तिम्रा बचनहरु
मैले विश्वासमा शङ्का गरिन
बरु हराइ दिएँ सारा मेरो आफ्नो भावना
तिम्रो मायामा तिम्रो मायामा
अङ्गालोमा तिम्रो मायामा
अङ्गालोमा…..

सम्हाली राखे मैले तिम्रा ति भाव हरु
सधैं सँगै बाच्छु भनेर
अङ्गाली राखे सारा तिम्रा ति कसमहरु
तिमी मेरो प्रिए वनेर
हुरी आइ उडाई लाग्यो मेरा ति सारा सपना
इन्द्रेणी रङ्ग छाउने मेरा ति सबै कल्पना

कती सम्झना का मिठा पलहरु
कती साथ दिने तिम्रा बचनहरु
मैले विश्वासमा शङ्का गरिन
बरु हराइ दिएँ सारा मेरो आफ्नो भावना
तिम्रो मायामा तिम्रो मायामा
अङ्गालोमा तिम्रो मायामा
अङ्गालोमा…..

शब्द, स्वर, सङ्गीत : सिने गुरुङ
एल्बम : यो मन

This entry was posted in नेपाली पप गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.