~योगेन्द्र उपाध्याय “पुष्प”~
प्रिये म तिमी बिना मर्छु !
किन ? म हावा हो र ?
प्रिये तिमी मेरी प्राण हौ !
किन ? म भूत होर ?
प्रिये तिमी बिना संसार नरमाइलो !
किन ? म नृत्याङ्गना हो र ?
प्रिये तिम्ले मागे जे पनि दिन्छु !
किन ? म गुण्डा हो र ?
प्रिये तिम्ले भने ज्यान दिन्छु !
किन ? म यमराज हो र ?
प्रिये तिमी मेरी मनकी रानी !
किन ? म पञ्चायतको कालो दिन हो र ?
प्रिये तिमीलाई पाउँदा आराम मिल्छ !
किन ? म बिस्तरा हो र ?
प्रिये म तिमीलाई सुखी राख्छु !
झुठ नबोल ! मलाई काट्दा तिम्लाई दुख्ने ! !
बिज्ञानले त्यति उन्नति गर्या छैन ! !
म निरुक्तरिक्त भएँ,
र भने प्रिये तिमी आफ्नो बाटो म आफ्नो बाटो
किन ?……………..
ऊ के सोँच्दै थिई या के भन्दै थिई मैले सुन्न चाहिन,
मैले यति मात्र सोँच्न भ्याएँ मानिसलाई दुई किनारा जीवन र मृत्युमा त कसैको साथ चाहिन्न भने,
यो बगेको पानीमा किन साथ खोज्छ ? जुन सुदीर्घ हुँदैन, सुसाध्य हुँदैन छालमा उफ्रँदै फिँज समात्न ! !
– November 24, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार)