~श्रीकृष्ण श्रेष्ठ~
के भएछ खै मेरो व्यस्त कक्षा
अनुशासन र इमानको गर्ने कसले रक्षा ?
कोही व्यस्त छन् खुट्टा बजाउन त
कोही व्यस्त छन् कक्षा नै थर्काउन
कोही व्यस्त छन् आफ्नो गीत आफै गाउन त
कोही व्यस्त छन् झ्यालबाहिर धाउन।।
सबै आ-आफ्नै भावनामा डुब्न व्यस्त छन्
यहाँ पढ्नै मन नगर्नेको त के कुरा झन्।।
उसले उसलाई घोच्छ, उसलाई घोच्छ अर्को
यसै क्रममा हो कि सल्लाह नै पनि त हुन पुग्छ चर्को
आफू-आफूबिच हुने कुरा अरूलाई सुनाउने किन
सधैँ यस्तै रह्यौ भने रुनु त पर्ला है एक दिन।।
कसलाई के भन्ने हो, अनि गर्ने हो के
भन्न त धेरै कुरा छन् तर भन्ने हो के ??
आरोप लगाउँछन् साथीहरू एकअर्कामाथि
फेरि उनीहरू त छन् बढी मिल्ने साथी
यता नसकिने भो एकअर्कामाथि नै हाॅस्न
नसकिने भो रिसकै मिठो सम्बन्ध गाॅस्न।।
चाहन्न म आफ्नो ध्यान उतातिर जाओस्
चाहन्छु चाॅडै कक्षामा मेरो शान्ति छाओस्
सबै त हैन तर गुरुको केही कुरा मानोस्
कक्षा के हो वास्तविक अर्थ सबैले जानोस्।।
घरमा के गर्छन् खै,
कक्षामा गरिन्छ गृहकार्य लुकालुकी
शिक्षकका पनि ऑखा छन् है,
हरेक पाइला चालौॅ फुकाफुकी ।।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )