~हिमाल ओली~
चम्किला तारा बन्ने छौँ सारा अन्धकार हटाउन
सिर्जनशीलताको जगेर्ना गरी सिर्जना फुलाउन
उठौँ हमी सारा बालबालिका बुर्जुवा शिक्षा हटाउन
बुर्जुवा शिक्षा खारेज गरी देश विकास बनाउन
बालबालिका हामी नै हौँ इतिहास सजाउने
कर्तव्य हाम्रो नै हो नेपाल आमालाई बचाउने
समाजबाट कुसंस्कार, अज्ञानता र अशिक्षा हटाउने
ज्ञान विवेक सीपलाई देश विकासमा लगाउने
शिक्षा त्यो बाटो हो हामीलाई लक्ष्यमा हिंड्न सिकाउँछ
शिक्षा त्यो ज्योती हो अशिक्षा र अन्धकार हटाउँछ
शिक्षा त्यो अस्त्र हो अज्ञानीलाई ज्ञानी बनाउँछ
आजका हमी कोपिलालाई भोलि फूल बनाउँछ
बालबालिका हामीहरू एक भएर उठ्नुपर्छ
हक अधिकार पाउनलाई सचेत भएर जुट्नुपर्छ
बालबालिका हामीले हरेक चुनौतीको सामना गर्नुपर्छ
देशको सक्षम नागरिक बन्न सधै कम्मर कस्नुपर्छ
शिक्षा नै २१ औँ शताब्दीको चम्किलो ज्योती हो
हामी बालबालिकाको आँखामा शिक्षा नै मोती हो
हामी सबै बालबालिकाले समान शिक्षा पाउनुपर्छ
अशिक्षाको बादलभित्र शिक्षा सूर्य झै उदाउनुपर्छ
(राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको साहित्यीक पत्रिका ‘दियालो’ वर्ष १, अङ्क १ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २ – Nov. 19, 2014 – २०७१ मंसिर ३ गते, बुधबार)