~लक्ष्मण नेवटिया~
ढुंगा संधै हाम्रो साथी
हामीलाई भर्र्याङ् बनेर
पुर्याउँछ माथि माथि ।
ओछ्यान बन्यो भूंई बनेर
छाया बन्यो छत बनेर
सुरक्षा गर्यो पर्खाल बनेर।
बाटो बन्यो नरम हत्केला बनेर,
बाढीबाट जोगायो बांध बनेर
तुफानबाट जोगायो पहाड बनेर।
नदीबाट तार्छ पूल बनेर,
आशीर्वाद थुपार्यो
भगवानको मूर्ति बनेर।
वास दियो घर बनेर
प्रहारबाट जोगायो
हतियार बनेर।
ढुंगा संधै हाम्रो साथी
तर हामी यस्ता कर्तध्न कि
ढुंगा हेर्दै बाटोमा
हान्नछौं “लात्ती- लात्ती” ।
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)