कविता : सामन्तको झ्यालखानामा

~कृष्णराज पौडेल ‘सञ्जाल’~

फुटशालादेखि बधशालासम्म
जनता फसाउने शोषकका नया“ रूपहरू
चोर औ“लाले कलमको निब समाउने बेलासम्म
लथालिङ्ग हु“दैछन् यत्रतत्र सर्वत्र
कति गाहो हुने झुटशालाको दोष पखाल्न
भ्रमका राप पर्दाफास गर्न
हत्कडीमा च्यापिएका कोमल हातहरू
मन्द गतिमा मुस्कुराइरहेका निर्दोष चेहरा
फुटको राज्यमा
बिना कसुर झुटो मुद्दा खेपिएका सहयात्री
कति सङ्घर्षमा
कठाङ्ग्रिदो चिसो टार्दै होलान्
सामन्तको झ्यालखानामा
सधै जाम खाने ट्वाइलेट
गन्हाउने पानी
वर्षौं सफा नगरिएका दसना र सिरक
एउटै कोठाभित्र भेडाको हुल जस्तै
दर्जनौ“ मानवहरू
कसरी दिन–रात कटाउ“दै होलान्
गन्ध भगाउन सधै नाक छोप्ने
बाध्यताका चपेटाहरूमा
काठेखोलाको सुन्दर पानीका सुस्केरा
हा“डी पर्वतको निश्चल हावाका छर्कास“गै
घुटुघुटु थुक निल्दै होलान्
कसरी सम्हालिएका छौ“ ह“ ?
कालो जन्जिरभित्र घेरिएका
निर्दोष आत्माहरू ?
त्यही झुटशालाको यात्रा मलाई
महिनौ“ पनि वर्षौं लागेको थियो
सामन्ती सोच राख्ने
निर्दोष जनता सताउने अपराधीस“ग
छातीभित्र विद्रोहको मसाल दम्क“दै थियो
यो शरीर बन्धक भए पनि
खुट्टा कु“जिए पनि
साहस पटक्कै रोकिएको थिएन
डण्ठेहरूद्वारा अपशब्दको
दुराचारी झटारोले
आफ्ना आमास“ग आफै जन्मि“दै थिए
अचेत शब्दमा भाषण गर्ने पाठशाला रहेछ
त्यहा“ त सज्जन पनि बिग्रने रहेछ
राम्रो बोल्दा कुटिने, नबोल्दा हेपिने
आत्मा भत्काउन
निर्दोष गलाउन
फलामको छड मुखभित्र कोचिने रहेछ
अत्याचारी बोलीद्वारा
को दोषी, को निर्दोष मतलबै नगरी
शरीरका अङ्गअङ्गमा
फिक्री नै नमानी यसरी कुटिन्छ
व्याख्या गरेर सकि“दैन
बिरालोले मुसो खेलाए झै“
टड्पाई टड्पाई
फलामे बुटले छातीमा हान्दा
म एकै चोटमा बेहोस पो भएछु
हो, त्यही मौकामा
मेरा चोर औला खोसिए रे
होस आएपछि
बन्दी साइलोले इसारा गर्दै थियो
ममाथिको दमनमा
ऊ नै बेहोस भई ढल्यो रे
बा“च्ने आशामा
हत्यारा नै मै ह“ु भनु“ कि ?
भन्ने सङ्कल्प ग¥यो रे ¤
तर, झुट बोली बाच्नुभन्दा
साहस लिई मर्नु नै ठिक भन्दै
अलिकति खुट्टा लतारेको के नै थियो ?
पुलिसको बज्र बर्सिन थाल्यो
एक्कासी बेहोस भई
जिल्ला अस्पताल पो स¥यो रे
हो, यस्तै हो बधशालाको यात्रा
सेकेण्ड सेकेण्डमा बिना अर्थ
कुटिन्छ, पिटिन्छ, लुटिन्छ
मुटुको तितो गन्धले स्वास नै गन्हाउ“छ
आ“खाबाट रगत रसाउ“छ
सामन्तको झ्यालखानामा
त्यसैले
उठ्दैछन् भोका बन्दीहरू
तोड्नलाई फलामे जञ्जिर
मुक्तिको नौलो सपना बोकेर ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२ अंक ४ – Nov. 13, 2014 – २०७१ मंसिर २४ गते बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.