गजल : अचेल गजल नलेखेको

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

धेरै भयो मैले अचेल गजल नलेखेको
त्यति नै दिन भयो सायद तिम्लाई नदेखेको ।

बात भन्नु मात भन्नु तिमी नै पो हौ कि
वर्षौंजस्तो लाग्छ किन दिन नभेटेको ।

तिम्रा बात तिम्रा मात सबै मेरा गजल
मलाई छल्ने चाँदले दाग किन नमेटेको ।

गुम्सिदिन्छन् भावना सब तिमी छाया पर्दा
चिसो भयो मनको गाँठो किन नसेकेको ।

gopiji2065@gmail.com
काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर, नेपाल

(स्रोत : मधुपर्क २०६७ असार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.