संस्मरण : बडाको सङ्गत गुवापान

~डा. केदार कर्माचार्य~

२०६१ साल फागुन १० गतेका दिन सुनसरीको धरान-४ बाट ललितपुरको ज्वागल, कुपण्डोल-१० मा सपरिवार बसाइँ सरेर आएपछि र्सवप्रथम मेरा छिमेकी वरिष्ठ उपन्यासकार डायमनशमशेर राणासँग साक्षात्कार गर्न पाउँदा खुसीले मेरो हृदय गद्गद् भएको थियो । प्रथम भेटमा नै उहाँको स्वभाव अत्यन्त सरल, शिष्टकासाथै प्रजातन्त्रवादी र मृदुभाषी भएका हुनाले मेरो हृदयमा गहिरो प्रभाव पर्‍यो । २०११ सालदेखि नै स्वास्थोपचार क्षेत्रमा संलग्न रहँदा स्वास्थ्य सेवा विभागअर्न्तर्गत मेडिकल अधिकृतको अलावा धरान नगरपालिकामा १५ वर्षम्म हेल्थ अधिकृतको पदमा रही पाँचदशकदेखि रोगीहरूको सेवा गरेको थिएँ । त्यस ठाउँ र वरपरका समस्त रोगीहरू, छरछिमेकहरूका साथै धरानजस्तो रमणीयस्थललाई चटक्कै छोडेर नयाँ ठाउँमा बसाइँ सारेर आउनु पर्दा मन खिन्न हुनु स्वाभाविक नै थियो तर ‘बडाको सङ्गत गुवापान’ भन्ने उखानलाई आत्मसात् गरेर उहाँसँगको सङ्गतिले गर्दा मेरो दुखित मनमा मल्हमको काम गर्न थाल्यो । उहाँको सफल साहित्यिक जीवनबाट प्रेरणा पाउन थालेँ । फलस्वरूप विभिन्न पत्रिकामा विशेष गरेर स्वास्थ्यसम्बन्धी मेरा लेख पटक-पटक प्रकाशित छन् । यस उपलब्धिलाई मैले उहाँको देनको रूपमा लिएको छु । हामी दुवैजना मधुमेह, उच्च रक्तचाप आदि रोगबाट पीडित छौं । प्रायःजसो प्रत्येक बिहानी हामी दुवै ‘मर्निङ वाक’ का लागि हिँड्ने गर्र्छौं । हिँडडुलको क्रममा विगतका कतिपय घतलाग्दा तीता-मीठा अनुभव आदि आदान-प्रदान गरेर हामी आनन्दित हुन्छौँ । उहाँ डायवेटिक रेटिनोपैथीले ग्रस्त हुनुभएका कारणले गर्दा उहाँको दृष्टिशक्तिमा नकारात्मक प्रभाव परेकाले पनि बेलाबखतमा विभिन्न पत्रिकाका समाचार पढेर सुनाउने गर्छर्ुु उहाँको बैठक कोठाभित्र दर्जनौं सम्मानपत्र, प्रशंसापत्र एवं अभिनन्दनपत्रहरू सजिएको पाउँदा खुसीले आत्मविभोर हुने गर्छर्ुु ।

नेपालको उपन्यासलेखन क्षेत्रमा सगरमाथा जत्तिकै उच्चस्थानमा आसिन रहनुभएका व्यक्तित्वसँग छलफल गर्दा उहाँले आफ्नो अभिव्यक्ति यस प्रकार प्रकट गर्नुहुन्छ- “साहित्य राष्ट्रको जीवन हो र प्रजातन्त्रलाई अड्याउनका निम्ति साहित्यजस्तो बलियो स्तम्भको आवश्यकता पर्छ । राष्ट्रियताको साथै राष्ट्रलाई बलियो बनाउनका लागि साहित्यलाई नै प्राथमिकता दिएर अगाडि बढाउनर्ुपर्छ । मानिसले सदैव साहित्यको सम्मान गर्नुपर्छ ।” वरिष्ठ उपन्यासकार डायमनका अनुसार र्सवप्रथम २००५ सालमा ऐतिहासिक उपन्यासद्वारा राणाकालीन एकतन्त्रीय शासनपद्धति उजागर गर्न “वसन्ती” नामक उपन्यास प्रकाशित गरियो । तत्पश्चात् २५ वर्षो अन्तरालमा २०३० सालतिर “सेतो बाघ” प्रकाशित भो जसको अनुवाद अङ्ग्रेजी, जर्मनी, प|mेञ्च, जापानी भाषामा भइसकेका छन् । हालसम्म उहाँद्वारा लिखित अन्य उपन्यासहरू- सत्प्रयास, ‘प्रतिबद्ध’, ‘अनिता’, धनको धब्बा, गृहप्रवेश प्रकाशित छन् । ‘वसन्ती’को फिल्म बनाउनुका लागि निर्देशक नीर शाहबाट मात्र रु. एक लाख पारिश्रमिकस्वरूप प्राप्त गर्नुभो तथा अन्य उपन्यासको बिक्री-वितरणबाट पनि प्रशस्त रोयल्टी प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले सुनाउनुभएका केही संस्मरणहरू यस्ता छन् ।

  • उहाँ प्रखर प्रजातन्त्रवादी हुनुहुन्छ । २००६ सालमा उहाँले राणा शासनविरुद्ध जुलुसको नेतृत्व गर्नुभो ।
  • राणा शासनकालमा उहाँ आर्मीमा मेजर रहनु हुँदा प्रजातन्त्रका निम्ति आवाज उठाउँदा त्यही कसुरमा पक्राउ गरी तत्कालीन राणा सरकारले कोर्ट मार्शल -फाँसी) दिने निर्ण्र्ाागरेको रहेछ तर २००७ सालको जनक्रान्तिका कारण उहाँले पुनर्जीवन प्राप्त गर्नुभो । त्यसैबेला राणा शासनको तख्ता काँग्रेसले पल्टायो । त्यतिखेर श्री ३ मोहनशमशेर प्रधानमन्त्री थिए ।
  • प्रजातन्त्रवादी हुनुभएकोले पटक-पटक गरी उहाँलाई ३० वर्षम्म उपत्यकाका विभिन्न जेल तथा खोरमा गिरफ्तार गरी राखियो । जेलमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, डा. के.आइ. सिंह आदि साथीहरू थिए ।
  • उहाँ ललितपुर जिल्ला नेपाली काँग्रेसको सभापति पदमा लगातार ३ पटकसम्म चुनाव जितेर १५ वर्षम्म जनताको सेवामा संलग्न रहनुभयो ।
  • २०४७ सालमा प्रजातान्त्रिक संविधान आएपश्चात् आफ्नो मनले चिताएको सबै प्रयत्न साकार भयो भनेर सबै प्रकारका राजनीतिक जिम्मेवारीबाट सन्न्यास लिनुभो ।
  • २०५८ सालको जगदम्बाश्री पुरस्कार विगत आधा शताब्दीदेखि नेपाली साहित्यको आराधनामा संलग्न भई, गद्याख्यानद्वारा उल्लेखनीय योगदान गरेबापत प्रदान गरियो । साथै विभिन्न सङ्घ-संस्था, साहित्यिक प्रतिष्ठानबाट पनि सम्मानित तथा अभिनन्दित हुनुभएको छ ।
  • डायमनशमशेरसँग मेरो घनिष्ठता बढ्दै गएपछि एकदिन झमक्क साँझपख हामी दुवै मात्र बसेर हृविस्कीको रसास्वादन गर्नमा लीन रहँदा मैले उहाँलाई यौनविषयमा तपाईंको धारणा के, कस्तो रहेको छ भनी प्रश्न गरेँ । उहाँले भन्नुभो “सुन्नुहोस्- मेरो विचारमा स्वास्नीलाई मात्र होइन, समष्टिगतरूपमा विपरीत लिङ्गप्रति उदारता देखाउनु मानवता हो र्रर् इश्वरीय विवेक पनि । यस्तै सद्भावनाले मात्र मनुष्य र पशुको बीचमा रेखाङ्कन खिचिएको छ भन्दा अत्युक्ति नहोला ।” तत्पश्चात् उहाँले मसँग प्रश्न गर्नुभो- “यस विषयमा तपाईंको चाहिँ दृष्टिकोण कस्तो छ त -” प्रश्नोत्तरमा भनेँ- “पुरुषका लागि नारीको सौर्न्दर्य दर्ुवलको रूपमा लिइन्छ । सौर्न्दर्य पनि एउटा ठूलो शक्ति हो । कुनै पनि महिलाको अङ्ग-प्रत्यङ्गको अवलोकन गर्दा यौनलाई नकार्न सकिँदैन र यौनलाई जीवनबाट अलग राख्न सकिँदैन । यस विषयमा मेरो दृष्टिकोण अत्यन्त उदारवादी रहेको छ ।”
  • टाउको हल्लाएर मुसुमुसु हाँस्नुभो । अनि एक्कासि मलाई याद आयो कि हामी दुवै पाको उमेरका व्यक्ति मधुमेह, उच्चरक्तचाप, मुटुको रोग आदिबाट पीडित छौं । मैले आफ्नो अभिव्यक्तिद्वारा उहाँलाई प्रभावित पार्न प्रयत्न गर्दा बेलाबेलामा हा…हा….हा… शब्द मुखबाट निकालेर जोडजोडले हाँस्दा हाम्रो शरीरमा रोगविरुद्ध प्रतिरोधात्मक शक्ति बढ्छ, चिन्तामुक्त भई शरीरमा स्फर्ुर्ति प्राप्त हुन्छ, मानसिक तनावग्रस्त व्यक्तिको रक्तनलीमा कोलेस्ट्रोलको मात्रामा सन्तुलन आइ हृदयघातको प्रतिशतमा समेत कमी हुन्छ तथा एन्जाइटि न्यूरोसिस, साइकोसिसका साथै अन्य प्रकारका ड्रि्रेसनबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभप्रदसिद्ध हुन्छ । त्यसैले एकअर्कासँग भेट हुँदा हा… हा…. शब्द जोडजोडले उच्चारण गरी हाँसेर प्रफुल्लित पनि हुन्छौँ । एक दिन उहाँले भन्नुभो “२००७ सालताका श्री ५ त्रिभुवनको नयाँदिल्लीमा केही दिनको निर्वासनपश्चात् फर्किएपछि एकदिन अकस्मात श्री ५ का ए.डि.सी. तत्कालीन आइ.जी.पी. स्व. नरशमशेर निवासमा आउनु भई भन्नुभएछ- तपाईंले कालो नाइटसुट र बोर्टाई लगाएर राजदरबार आउनु भनी श्री ५ बाट हुकुम भएको छ, ल मसँग हिँड्नुस् । प्रथम दर्शन भेटमा नै श्री ५ बाट प्रश्न गरिबक्सनुभएछ- “वसन्ती” पुस्तक तिमीले नै लेखेको हो – झसङ्ग भएर डर र त्रासले थरथर काँप्दै हो सरकार, भनी जवाफ दिनुभएछ । किनभने त्यस पुस्तकमा विगतमा राजपरिवारले राजप्रासादमा वसन्तपञ्चमीको अवसरमा आफन्तसँग रङ, अविर खेली रमाइलो गर्नुका साथै बाँदरलाई पनि फागु खेलाउने प्रचलन रहेको उल्लेख छ तर उहाँको शिथिल अवस्थामा दया दर्सर्ााक्सेर “राम्रो लेखेका छौं, खुसी लागेको छ” भनी सान्त्वना प्रदान गरिबक्सनुभएछ । तत्पश्चात् बैठकेलाई हुकुम गरिबक्सेछ- “डायमनलाई हृविस्की र्सभ गर ।” वसन्ती पुस्तक प्रकाशित भएपछि आफ्नै परिवारजन तथा समाजबाट अपमानित र अबहेलित हुन पुग्नुभएछ । २५ वर्षम्म त्यो पुस्तक एकप्रति पनि बिक्री हुनसकेनछ र थन्किरहेछ ।
  • राणातन्त्र समाप्त भएर प्रजातन्त्रको प्रादर्ुभाव भएपश्चात् र्सवप्रथम जावलाखेल, ललितपुरस्थित नेपाल होटलको नाइट क्लबमा बल डान्सको कार्यक्रम सञ्चालन हुँदा सदस्यता र प्रवेशशुल्क रु. १५००।- तिर्नुपथ्र्यो अरे । भाग्यवश श्री ५ त्रिभुवन सरकारले उहाँलाई पाहुनाको रूपमा लगिबक्सनुभएछ र रातभर बल डान्स चलेछ । त्रिभुवन सरकार बल डान्स गर्न तथा भ्वाएलन बाजा बजाउनमा पारङ्गत होइबक्सनुहुन्थ्यो अरे ।”

२०६२ सालमा “डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान नेपाल” को स्थापना भएको छ । जसको उद्देश्य उहाँको सिर्जनालाई समस्त पाठकवर्गसम्म पुर्‍याउने, अप्रकाशित कृतिहरूको पाण्डुलिपि सुरक्षित गरेर तिनको स्तरीय सम्पादन गरी प्रकाशन गर्ने, नेपाली भाषामा प्रकाशित कृतिहरूलाई विदेशी भाषामा पनि प्रकाशित गर्ने, उहाँको नाममा पुरस्कारको स्थापना गर्ने तथा आत्मवृत्तान्त प्रकाशन गर्नेलगायतका उद्देश्यहरू रहेका छन् ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.