~दीपा राई पुन~
बत्तिको अन्तिम ज्वाला
शरदका रंगिन पातहरू
यी नै हुन मेरो जीवनलाई
झकझकाएर बिउँझाइरहने
सञ्जीवनी बुट्टीहरू
निभ्दै गरेको शिखाको अनुरोध
झर्दै गरेको पातको अनुरोधमा
जीवनको वसन्त आफैमा खोज्छु
हरेक प्रहर जीवनको अन्तिम क्षण
जीवनको पहिलो आगमन
एउटै बिन्दुमा भेट्टाउँछु
प्रकृतिको यहि उपहारले
मलाई मुस्कुराइ रहन प्रेरित गर्छ
जीवनका शुन्यताहरू भरि
अस्तित्वका यामहरू
किन बदलिरहनु
फुलिरहोस सधै लाग्छ।
– हाल, बोस्टन, अमेरिका