~जयराम तिमल्सिना~
संयोगले प्रत्येक सेकेन्डमा चमत्कार देखाउँदै बदलिरहेको मुलुकको परिवर्तनसंगै हामी एउटा किनारमा पुगेका छौं । निश्चय पनि व्यबहारवादी चेतना विहीन सामाजिक पहिचान र यसले पार्दै गएको असरले विस्तार – विस्तारै पुस्तादेखि पुस्तासम्म को साईनो सामाजिक मर्यादा आर्दश खण्डित गर्दै ल्याएको छ । जुन दुभाग्यवस हामीले अस्वीकार गर्न सक्ने अवस्था छैन । पुस्तालाई छाड्दै पुस्ताहरु अघि बढिरहेछन् । सामाजिक, नैतिक, आर्दश हामीले चाहेको शिक्षा कला – साहित्यको विकासको सन्दर्भ भित्र हामी हारिरहेका छौं । नेपाली पुस्ता नेपाली गतिमा नेपाली पुस्ता सन्दर्भका आपसि अन्तरहरु हुन । विश्व गतिले नेपाललाई १७औं शताव्दी तिरै छाडेको छ । त्यसै गरी हामीले अंगालेका नीतिगत सिद्धान्तहरुमा अन्तर संग महत्पूर्ण भूल पनि यहि बीचको दूरीमा भइरहेको छ । सत्यको खोजी माउ न्यायको व्यापक चिन्तन सामाजिक मूल्य मान्यताको सकारात्मक परिवर्तनहरु बिकल्पहीन छन् । संयोगले मुलुक परिवर्तन उन्मूख छ तर परिवर्तन भित्र व्यवहारवादी चिन्तनको नाजुक अवस्थाले नयाँ किसिमको समस्या सिर्जना अवश्यभावी छ ।
स्भाविक मानिन्छ वाउ पुस्ताले नजानेको संसारका नयाँ आयाम छोरा पुस्ताले बुझ्छ बुझेको हुन्छ । यो पुस्ताअन्तरको फराकिलो दुरीका कारण घाटा र दुःखदायी दुर्घटनाहरु हुन् । हामीले आघिल्लो पुस्ताले जे सिकायो त्यो मात्र ग्रहण गरेनै र गर्नु हुन्थेन पनि अस्वीकार गर्नै नसकिने एउटा सत्य हो हरेक मान्छेले केही न केही वा कोहीले सिकाइ रहेको हुन्छ । अघिल्लॊ पुस्ताले पछिल्लो र पछिल्लोले पछिल्लोलाई यो संसारिक नियम पनि हो । हिजोको पुस्ता जुन शिक्षा प्रणलीमा अक्षर चिन्यो आज पनि स्कुलहरुमा उस्तै खाका अपनाइन्छ । अगाडि उभिएरसंगै पाठकण्ठ सुनाउने बिद्यार्थीहरु नै प्रथम भईरहेछन् । विश्व बिद्यालयहरुमा न प्रश्न निर्माणको कुनै सिद्धान्त छन् न त विद्वताको सवाल । शिक्षा प्रणाली विद्वता भन्दा औपचारिकता र प्रमाण-प्रत्रमा केन्द्रीत बन्यो । देशको शिक्षा प्रणलीप्रति नै प्रेम नभएपछि दश जोड दूइ पढेकाहरु अमेरिकाले डिभी चिठ्ठा हाल्दै तानेर लगेझै अरु चिठ्ठा कार्यक्रमले नेपालको पछिल्लो सशक्त र जुझरु पुस्तालाई उडाएर लगिरहेछ। शिक्षा प्रणालीमा समायानुकूल परिवर्तन शैली नअपनाउदा हुने खतराको संकेत यस्तै हो ।
व्यवहारिक र प्रयोगात्मक शिक्षा जसले जीवनको महत्वपुर्ण घडी सहजीकरण गर्न सकोस । जीवनका महत्वपूर्ण समय शिक्षामा लागानि भएको अवस्थामा मानिसहरु आफूले पाप्त गरेको शिक्षाबाट कति सन्तुष्ट छन भन्ने बाट नै हामीले लिएको शिक्षा कति भर पर्दो छ भन्ने प्रमाणित हुन्छ ।
वर्तमान पुस्ताले मुख्य समस्या औलाएपछि निराकरण छाडी विदेश पलायन नै रोजाइ रहेको प्रष्ट छ । सामाजिक सोच र संरचनामा परिवर्तन आउन नसक्नु राष्ट्रले गर्नुपर्ने कैयन कामहरुको संरचना समेत गर्न नसकेको एउटा ठूलो जमात आफ्नो जीवन प्रति नै वितृष्णाको कारण शिक्षा रोजगारी र व्यवसाय आदिको नाममा विदेश पलाएनले सामाजिक परिचय नैतिक आर्दश, सांस्कृतिक रीतिरिवाज, कला, साहित्य आदि विषयमा हाम्रो परिचय क्रमसः परिवर्तन भइ हराउने प्रकि्रयामा छन् । समय अनुसार सामाजिक आर्दश, सांस्कृतिक पहिचान जस्ता विषयमा परिवर्तन हुन नसक्दा जनमानस आफ्नोपन प्रति नै घृणा उत्पन्न भएको अवस्था छ । क्रान्तिको अर्थ आफु अनुकुल व्याख्या हुनुलेत झन समस्यालाई जटिलता प्रदान गरेको छ समग्र राष्ट्रले संचालन गरेको नीतिको कारण नै नवयुवावर्गको ठूलो समूह आफ्नो देश छाडि विदेश पलायनको अवस्थाले आगामि समयमा नेपालीपनमा नै गम्भीर धक्का आईपर्ने देखिन्छ ।
समस्या जीवनका संघर्ष अन्य देशमा गरेका नेपालीको ठूलो समूहबाट नेपालले हरेक दिन आफ्नो मौलिकता सामाजिक आर्दश दृष्टीकोण व्यापक रुपमा गुमाउदै जाने कुरा निश्चित छ । समस्या एउटा छोराले आफ्ना बुबा आमा चिन्न नसक्ने अवस्थाका कारण हाम्रा सांस्कृतिक रीतिरिवाजहरु पुस्ता हस्तारन्तरण हुन नसक्नुले सांस्कृतिक तथा सामाजिक संरचना नै भत्कने अवस्था छ । एक पुस्ताले अर्को पुस्तालाई नचिन्ने गरी भएको विदेश पलाएनले हाम्रा सामाजिक परिचय कला संस्कृती साहित्यले व्यहोर्नु पर्ने क्षतिको एउटा डरलाग्दो अवस्था सिर्जना भएको छ । त्यसैले यिनै खतरनाक पुस्ताअन्तर नै मुख्य समस्या हो ।
नवयुगमा मौलिकतालाई बचाई राख्ने र युग प्रवाहमा प्रवाहीकरण हुनु पर्ने महत्वत्तम चुनैतिहरु मानव जीवनमा देखिएका छन् । कला, साहित्य, जीवन जगत त्यसबाट प्राप्त अनुभूतिहरुको सिर्जनसील अभिव्यक्ती भएकाले यसमा पनि भूमण्डलीकरणको प्रभाव परिरहेको छ । नेपाली समाजमा देखिएको उतर आधुनिकतावाद यहि प्रकृयाको एउटा तपशिल पुस्ताअन्तर ! जीवनका सत्य अनेक छन् एकै ठाउँबाट एउटै कोणबाट देखिने सत्य सधै सत्य रहिरहदैन भन्ने दृष्टीकोणले मानिसको अभ्यास सत्यको खोजीमा हुन्छ । तर एउटा सत्य मेटाइ सक्दा अर्को सत्यको खाजीको आवाश्यकता खड्किसकेको हुन्छ । पुराना मूल्य मान्यताको जग उखेल्ने वितिकै नवीन सत्यको उदय हुन्छ । मानिसको निरन्तर प्रयास परिवर्तनको लागि हुन्छ । परिवर्तको अप्रेक्षा गर्ने मानवीय व्यवहारले निरप्रेक्ष सत्य भेटाउन असंभव छ ।
जयराम तिमल्सिना
ढुङ्खर्क काभ्रे
हालः बागबजार, काठमाडौं ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)