पुस्तक समीक्षा : गंगा लिगलका गोधूलिभित्रका रश्मीहरू

~सदानन्द अभागी~Sadananda Abhagi

‘संसारमा सबै मान्छेसँग कथा अवश्य हुन्छ । कथा जीवनको एक प्रतीक हो । कथा मान्छेको इतिहास हो । मानव जातिका उत्थान पतनको कलेवरहरू कथाको बिम्बबाट अभिव्यक्त हुन्छन् ।’ यी धारणाहरू साहित्यलार्ई आफ्नो प्राण र हृदयको स्पन्दन मान्ने गंगा लिगका हुन् जस्लार्ई कथाकार गंगा लिगलले गोधूलिमा ‘मेरो भन्नु’मा पस्कनु भएको छ । गोधूली लघुकथासङ्ग्रह हो यसको प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाज ह्युसटन च्याप्टरले गरेका छ र यसको मूल्य ने.रु.२५० र विदेशमा ५ डलर राखिएको छ । आवरण पृष्ठ बाहेक १००पृष्ठमा सुसज्जित यस कृतिमा ४५ओटा लघधुकथाहरू समावेश गरिएका छन् । गंगा लिगल एक भए पनि उनी वहुप्रतिभाकी धनी हुन् र उनका कविता, कथा, खण्डकाव्य, हाईकु, गजल, उपन्यास, नियात्रा आदि गरी करिव दुई दर्जन कृतिहरू प्रकाशनमा आएका छन् ।

प्रकाशकीयमा कमल पन्थीले गंगा लिगलको साहित्यिक सिर्जनामामात्र नभइ ‘ह्युस्टन चयाप्टरमार्फत नेपालबाट अमेरिका आएर बसोबास गरेका नेपालीका छोराछोरीले नेपाली भाषा, कला, संस्कृतिलार्ई भुल्दै गएको परिप्रेक्षमा नेपाली भाषा पाठशालाको स्थापना गरी नेपाली भाषा, साहित्यप्रति ठूलो योगदान गरेकी छन्’ भन्ने कुरा प्रकाशकीयमा लेख्नु भएको छ । गोधूली भनेको डाँडामाथिको अर्थात डुब्नै लागेका सूर्य भन्ने बुझाउँछ यी सन्ध्याकालिन सूर्यको आफ्नै सौन्दर्य हुन्छ आफ्नै गति त्यसो हुँदा यिनै सौन्दर्यमय नामकरण गरिएका कथाहरूले के कस्ता रश्मीहरू छरेका छन् कथाहरूको अध्ययन गर्दै भावसार निकाल्दै जाऊँ भन्दै अघि बढ्ने अनुमति चाहान्छु ।

लघुकथाहरूको कथासार – पहिलो कथाको शीर्षक ‘विश्वास घात’ छ । यसमा विपिनले र विपनालार्ई नयाँवर्षको रातमा उनको घर छाड्नु र विपिन घरआई मोवाइलबाट दुबै बीच कुराहुँदा विपिन सुहाग रातको कल्पनामा डुबेको भन्दै भोली पल्ट साथिको पार्टीमा बोलाएर विपनालार्ई बाटोमा अपहरण गराएर धोका दिएको धारणा आएको छ । आपूm सुरक्षित हुन आँफै जान्नु पर्ने शिक्षाप्रद छ कथा ।

फेसबुकको लीला – फेसबुकमा मग्न सरिनाले आपूmले चाहेजस्तो युवा पाएँ भनेर विवाह गर्न चर्चमा जाँदा एकजना बुढोले म तिम्रो जोन हो भनि खडा भएकोले सरिना छाँगाबाट खसे र फर्केको धारणा आएको छ । फेसबुकमा विश्वास गर्दा धोका खाइन्छ भन्ने सन्देश प्रवाह गरेको छ कथाले आजको जल्दोबल्दो समस्याको रूपमा देखिएको छ फेसबुक ।

लाहुरे – यस कथामा विवाह गरेर विदेश जानेहरूको बिम्बको रूपमा आएको छ । उमेर पुगेकी महिलाको चाहना पुरा गर्न पतिको आवश्यक पर्ने भएकोले अर्को पति बनाएको धारणा आएको छ । जैविक आवश्यक्तालार्ई पनि ध्यान दिनु पर्ने शिक्षाप्रद छ कथा ।

आफ्नो भनेको आफ्नै हुँदो रहेछ – मोहन गुरुङले अमेरिका गएर काम गर्ने ठाउँमा जर्जिया नामकी केटीसँग प्रेम विवाह गर्छ तर अमेरिकन दाम्पत्य जीवनमा रमाउन सक्दैन पछि जर्जियाले आफ्नै जाति जोन विलियमसँग विवाहगरेको पत्रिकामा पढ्न पाउँछ । उसको वैंकको व्यालेन्स पनि जीरो भएको मोवाइलमा जानकारी आउँछ । वैवाहिक सम्बन्भ आफ्नै जात धर्म र संस्कृतिमा गर्नु पर्छ भन्ने सन्देश छ कथामा ।

सपनामा बल्झिएको विपना – यस कथामा बाल्यकालमा देखेको सपना युवाअवस्थामा विपनामा बदल्ने प्रण गरिन् नीराले । ‘प्रणयको संसारलार्ई गुराँसै गुराँसले ढकमक्क पारी सजाउने रहरलार्ई मनभरी पालेकी थिइन् उनले’ । काठमाण्डौमा अध्ययनरतमा निरजसँग भेट हुन्छ । दुबै आकर्षक हुन्छन् । बालाजु, सुन्दरीीजल धरहराको मनोरम आल्हादमय यात्रामा जानु निरजले ‘बल्झिएको विपनालार्ई उकासौं र मेरो हृदय आकाशमा विलाऔं’ भन्दा नीराले आफ्नो सपनालार्ई विपनामै साकार बनाउन चाहने धारणा राख्दै गर्दा २०७२ सालको वैशाख १२ गतेको ठूलो भूकम्पले धरहरा ढल्नु र निरज मर्नु तर नीराको खुट्टा भाँचिएर वैशाखी टेकेर धराहराको भग्नावशेषको वरिपरि धुम्नु परेको भन्ने धारणा आएको छ । सपना साकार नहुन सक्छ भन्ने ज्ञान प्रदान गरेको छ कथाले ।

विमला – अति मार्मिक र आजका छोराबुहरीले बाबु आमप्रति गर्ने व्यवहारलार्ई समाएको छ कथाले । विमलाले गर्भे छोरालार्ई पाल्नु पढाउनु विदेश पठाउनु, विवाह गराउनु र विवाहपछि छोराले पशुपतिको दर्शन गराउन भनि काठमाण्डौ लगेर टेक्सि लिएर आउने बाहनामा छाडनु, दुई वर्षपछि छोरा बुहारी र एकवर्षे नातीलार्ई विमलाले पशुपतिमा देख्नु र सञ्चै छस् बाबु भन्नु, एकवर्षे नातीलार्ई सुमसुम्क्याउनु ‘‘मलार्ईजस्तै तेरो बाआमालार्ई छूरा नरोपेस् है’’ भन्दै आशीर्वाद दिनु र विमला बृद्धाश्रमतिर लम्कदा नाती चिच्याएर रोएको धारणा आएको छ कथामा । आजका बृद्धबृद्धाले भोग्न परेका यथार्थतालार्ई पस्केको छ कथाले । आमाबाबुप्रतिको दायित्वमा ह्रास आएको छ समाजमा ।

चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी – कथामा जागिरको सिलसिलामा अमेरिका पुग्नु ग्रीनकार्डको लागि गोरीसँग विवाह गर्नु, गोरीले विवाह भएको पत्ता लागेपछि झगडा हुनु र छुरा हान्छु भनि डराउन दिन्छु भन्दा छुरा छातीमा गढ्न जानु र जेल र नेलको भागी हुनु भन्ने सन्देश दिएको छकथाले । गलत कामको नतिजा पनि गलतै निस्कन्छ भन्ने शिक्षाप्रद छ कथा ।

कल्पना – यस कथामा कल्पना र करण सँगै पढेका एसएलसी पछि कल्पना दाजुहरूसँग वनारस पढ्न गएकी, माओवादीयुद्धताका कल्पना सिन्धुलीबाट काठमाण्डौ आउँदा रातको १० बजेको र जोरपाटी जान ट्याक्सीमा हिँडेकी हराएकी खोजी गर्दा प्राप्त नभएकी तर धेरै बर्षपछि १२ बजे राती करणलार्ई मोटर साइकल रोक्न लगाइ करणको घरमा जानु, भोली पल्ट पनि करणसँग भेट्नु तेस्रो दिन भेट्नु तर करणले ढोकामा छोड्दा विलाए पछि करणले काठमाडौंका किचकन्याको यादले डराएर मुर्छा परेको धारणा आएको छ । अन्धविश्वासमा आधारित कथाले किचकन्याको बारेमा ताजगी गराएको छ । किचकन्याको कथाहरू धेरै सुन्नमा आउँछन् ।यथार्थताको अनुसन्धान आवश्यक छ ।

गोधूलि – यसै कथाबाट यस कृतिको नामाकरण गरिएको छ । लक्ष्मीपूजाको दिन गोवर्धन र गीताको घरमा अत्यान्त सुन्दरी छोरीको जन्म हुन्छ र नाम गोधूलि राखिन्छ गोधूलि ३२सै लक्षणलेयुक्त भएकीले, सबैले मनपराउने उसले पनि एक युवकलार्ई मन पराएकी तर बाबुआमाको इच्छा अनुसार विवाह हुनु गोधूलिल आफ्नो कुरा राख्न नसक्नु विवाहको पर्सिपल्ट उसको प्रेमिकाले विवाह भएको केटालार्ई ढुङ्गाले हानेर। विहोस पारेर गोधूलिलार्ई लिएर भाग्नु र आमाबाबुले थाहापाए पछि रोएर बसेको धारणा आएको छ । छोरीको विवाह गर्नु अघि छोरीको मञ्जुरी लिएर मात्र विवाह गर्नु पर्छ भन्ने सन्देश दिएको छ कथाले ।

मिलन – सन्दीप स्टुडेन्ट भिसामा सदीक्षालार्ई घरमै छाडेर अध्ययनको लागि अमेरिका जानु , अमेरिका गएर पनि घरमा फोन गर्न नभ्याउनु, सुत्ने अवस्थामा सेलफोनमा घन्टि बज्नु ‘सन्दीप …. तिमीले ’मेरो जीवन त्यसै विगारौं तिमीले ।’ – ‘म अवश्य आउने छु सदीक्षा’ सन्दीपले मेहनत गरेर पढ्नु पैसा कमाउनु र नेपाल फर्केर सदीक्षासँगको मिलन सफल भएको धारण्ण आएको छ कथामा । अमेरिका जानेहरूले आफ्नो उद्दश्य हाँसिल गरेर स्वदेशमा फर्कनु पर्ने शिक्षा प्रदान गरेको छ कथाले ।

समयको विडम्बना – यस कथामा शङ्कर र सीमा बाल्यकालका साथी एकअर्कालार्ई बाल्यकालको पवित्र माया गर्ने युवा आस्थामा लुकीचोरी भेटमा परिणत तर शंकर पुलिसको जागिर खान गएको र २०७२ सालको भूकम्पले पु¥याएको धनजनको क्षतिमा सिन्धुपालचोकमा उद्धार गर्न जाँदा पराकम्पनको कारणले जिल्ला विकास समितिको भवन पल्टिएर उनको शरीर टुक्राटुक्रामा परिण भएकोले श्रद्धाञ्जलि दिँदै कथा समाप्त हुन्छ । समयको विडम्बनाले गर्दा दुबैको मायामा कुठरा घात हुन जान्छ । मृत्यु सत्य हो तर यो अनिश्चित छ र आँटेका काम पुराा नहुन पनि सक्छन् भन्ने सन्देश प्रदान गरेको छ कथाले ।

भाग्यको खेल – यस कथामा समिताको पहिलो पति मरेको हुन्छ । अमेरिकन निवासी समर नेपाल आउँछ । दुवैको सामीप्यता बढी विवाह गरी ,अमेरिका पुग्छन् तर लोकापवादको कारणाले अलग अलग बसेका हुन्छन् । छोरालार्ई बर्मिङ्घममा जागिरको व्यवस्था गरी समरसँग सँगै बस्न जाँदा समरले त्यही दिन सलिशलार्ई विवाह गरेको जानकारी पाएपछि उनी ढोकैमा मुर्छा परेको धारणा आएको छ कथामा । यस कथामा कथाकारको धारणा छ–‘जसले समयमा सहयो गरेको छ त्यसको मानवताको् मूल्याङ्कन मान्छेले गर्नुपर्छ ’ ।

पश्चताप – झक्कले भन्ने केटो हिरो बनेर हिड्ने केटीहरूका पछि लाग्ने, एउटी केटीसँग प्रेम पनि गरेको तर घरकाले थाहै नपाएका र एउटी सुशील केटी मिनुसँग विवाह गरिदिनु छोरा जन्मनु १० वर्षको छोरा भए पछि झक्कलेले नीलालार्ई भित्र्याएपछि मिनुले आफूले आफैलार्ई जलाएर मर्नु,नीलाले पनि छाडिदिनु र उस्ले पश्चताप गर्छ भन्ने धारण्ण पोखिएको छ कथामा । नराम्र कामको नतिजा पनि नराम्रै हुन्छ र पश्चतापमा परिन्छ भन्ने शिक्षा प्रदान गरेको छ कथाले ।

समयको पारो – ‘‘समयले कति छिटो फड्को मार्छ थाहै ्हुँदैन तर संस्कृति परिवर्तन गर्न मान्छेलार्ई धेरै समय लाग्छ र गाह्रो पनि हुन्छ ।’’ यही अभिव्यक्तिलार्ई प्रमाणित गर्न शरण र सुशिलाको प्रसङ्ग जोड्नु भएको छ गंगाजीले । शरण र सुशिलाको बाल्यकालदेखि गाढा प्रेम बसेको हुन्छ , यो कुरा सुशिलाले आमाबाबुलार्ई नभनेकोले बाबुले उनको विवाह धुमधामसँग गरिदिनु सुहागरातमा पतिपत्नी बीच झगडा भएर घरबाट निस्केर पीपलको बोटमा शरण लिनु भोलीपल्ट माइत गएर ‘‘पढेर आफ्नो खु्ट्टामा टेकेर समाज र देशको सेवा गर्छु ’’ भन्ने अठोट लिनुपछि शरणसँग नै मन्दिरमा गै विवाहगर्नु, बाबुआमासँग आर्शीवाद लिन जानु र बाबु आमाले अङ्गालोमा बाँध्दै खुसी व्यक्त गर्नु । प्रेम गरेर आफ्नो अभिभावकसँग कुरा लुकाउनु हुन्न । लुकउँदा वैवाहिक जीवन असफल हुन्छ भन्ने सन्देश दिएको छ कथाले ।

अमर प्रेम –‘‘श्यामलार्ई सेतो कोटमा सजिएर बिरामीको उपचार गरिरहेको अभिलाषा बोकेकी राधाले श्यामलार्ई ओढाइएको सेतो कात्रोभित्र समाहित भई श्यामको चितामा सदाका लागि समाधी लिइन् । सारा मानिसहरू यो दृश्यले भावविह्वल भए ।’’ श्याम र राधाबीच बालक कालदेखि प्रेम थियो तर श्यामका बाबुले उनको विवाह जबरजस्ती रितासँग गरिदिंदा पनि राधा र श्यामबीचको प्रेम टुट्न सकेको थिएन । श्याम एम.डी सकेर नेपाल फर्केनेसमयमा त्रिभुवन विमानस्थलमाा भएको जहाज दुर्घटनामा मृृत्यु भए पछि उनी सती गएको धारणा आएको छ । अमर प्रेम गर्नेवालाले देह समेत त्याग गर्न सक्छन् । भन्ने ज्ञान प्रदान गरेको छ कथाले ।

एकादेशकी राजकुमारी – यस कथामा उच्च खानदानी धनी ज्यापूकी छोरी नीरू अति सुन्दरी सबैले मन पराउनेलार्ई एक दिन एउटा युवकसँग झ्यालबाट हेर्दा आँखा जुध्नु र युवक आकर्षक हुनु,युवक दिनहुँजसो त्यही आएर उभिन थाल्नु एक दिन चिठी लेखेर ढुङ्गामा बाँधेर फाल्दा दाजुको टाउकोमा लाग्नु केटा भागेको धारणा आएको छ । केटाले चिठीमा यसप्रकार लेखेको छ–

‘‘राजमति कुमति जिकेवसा पिरति
राजमति मविल धासा कासी वेन तेल वुवा है विउ राजमति चा । ’’

विश्वास अनि प्रतिक्षा – ‘‘यो सानो मुटु टाँसिएको आमाको माया , धर्तिको आनन्दित वक्षस्थलमा लडी बुडी खेलेका दिनले स्तब्ध गरार्यो । उसलार्ई कता कता रोउँ रोउँजस्तो पनि लाग्यो ।’’ आमा र जन्मभूमिप्रति यति अगाध माया गर्ने सुशील डि.भी. परेर अमेरिका जान्छ , सेण्डीसँग विवाह गर्छ । एक छोरा र छोरी पनि जन्मिन्छन् । बच्चाहहरू ८÷१० वर्षका भएपछि सेण्डीले तँ र तेरो गरिब देशलार्ई म मनपराउन्न भन्दै बच्चा समेत लिएर हिड्छे । बच्चा शनिबार शनिबार आएर बाबुसँग बस्छन् । घरकाले नेपाली केटीसँग विवाहको प्रस्ताव राख्दा ‘उनी एक दिन अवश्य आउँछिन्’ भन्दै ऊ उनको प्रतिक्षा र विश्वासमा अटल रहेको धारणा आएको छ । यस कथामा विदेशीलार्ई विविहा गर्दा जातीय विभेद र देशको आर्थिक स्तरको पनि ख्यालगर्नु पछ भन्र्ने सन्देश दिएको छ ।

मीरा – “अव म कहिल्यै विवाह गर्ने छैन । मेरो जीवन आफ्नो तरिकाले जिउँछु मलार्ई कसैले हस्तक्षेप नगर्नु”। यी धारणा हुन् किशोरी मीराका जो डिग्री हाँसिल गरेर एक जना गुरुङ युवकसँग प्रेम गर्दथिन् । थकालीको गुरुङसँग विवाह हुँदैन भने पछि दुबै जना भाग्छन् र बाबुले तिघ्रे लगाएर छोरीलार्ई अलग्याउँछ । यस्तो घटना परेपछि उनी निकै विमारी पर्छिन् र दिदीले उपचारएपछि उनी क्यानाडामा पुगेर पैसा काएर आनन्दमय जीवन विताउन सफल भएकी छन् । यस कथाले छोराछोरीले जीवन साथी चयन गर्नको लागि स्वतन्त्रता पाउनु पर्छ भन्ने सन्देश दिएको छ ।

निद्रित तराना – “हाम्रो संस्कारको जातीय विभेद अत्यान्त कष्टकर भएकोले मानिसले आफ्नो चोखो मनस्थितिलार्ई पनि बिटुल्याउन बाध्य बनाउँछ”। कथाकारले जातीय विभेदलार्ई सवी गुरुङ्को रञ्जनासँगको प्रेममा बाबुले निलमसँग विवाह बन्धनमा बााँधिदिए , निलमबाट पनि छोराछोरी भै सक्दा पनि सवीले रञ्जनालार्ई भुल्न सक्दैन एक दिन न्युयोर्कमा ट्रेनमा रञ्जनालार्ई देख्छ तर दुबैले देखे पनि बोलचाल हुँदैन र एक दिन आइरहेको रेलमा चढ्न जाँदा खुट्टा अल्झिएर रञ्जना रेलको लिकमा बजारिन पुग्दा । ऊ आतिन्छ र रञ्जना भन्दै वेहास् हुन्छ भन्ने धारणा आएको छ कथामा । प्रेमले स्थान लिएपछि मेटाउन सकिदैन भन्ने सन्देश दिएको छ कथाले । ।

सूर्यमाया – जीवनका उथलपुथललार्ई सामना गर्दै ,गम्भीर, धैर्यशाली, शान्त स्वभावकी सूर्यमाया कट्टर नेवारकी छोरी, देब्रै खुट्टाको दुखाइले गर्दा हिड्दा खोच्च्याउनुको कारणले विवाह हुन नसकेको, सूर्यलार्ई जल चढाउँदै गर्दा एउटा बुढोलार्ई देख्नु र बुढाले पनि सूर्यमायालार्ई हेर्नु , त्यसपछि दुबैले भेट्नेक्रम जारी हुनु र एक दिन सूर्यमायालार्ई त्यही बुढाले घरमा भित्र्याउनु, बुढा गाउँको मुखिया, धनी, काम गर्ने मानिस पनि राखेको तीन छोरी र एक छोरा पनि भएको, केटाकेटीलार्ई हेरचाह गर्ने मानिस पनि चाहिएको, छोरा छोरीले आमाको व्यवहार गर्दा र सूर्यमायाको आगमनले घर स्वर्गतुल्य बनेको धारणा आएको छ । सौताका छोरा छोरीलार्ई माया दिनु र सौताका छोराछोरीले आमा स्वीकार्नु भनेको एउटा महान कार्य हो । हालसम्म पनि नेपाली समाजमा बहुविवाहको चलन छ । यस्तो अवस्थामा सौताने प्रवृति नअपनाएमा आनन्दता छाउने सन्देश बोकेको छ कथाले ।

धनको घमण्ड –‘‘पैसा र जात नै सबै कुरा होइन ।’’ यो अभिव्यक्तिलार्ई धनसँग मातेका र जातीय विभेदमा देखिएको ्नेपाली समाजको अहम्तालार्ई बाल गोपाल शर्मा र राधिकाका जूम्ल्याहा छोरी जो अध्ययन गरेर प्रस्स्त धन कमाई नमनसँग प्रेममा अन्धो बनी दिदी र बहिनी दुबैले घरमा थाहै नदिई एउटै केटासँग विवाह गर्नु पैसा र जातमा घमण्ड गर्ने बाल गोपाल र राधिका विष सेवन गरेर मरेको धारणा आएको छ । माथि भनिए जस्तै धनको धमण्डहुनु हुन्न भन्ने र जातीय विभेदको अन्त्य चाहेको छ कथाले ।

शिवानी – यस कथाले नेपाल भाारतको वैवाहिक सम्बनध प्राचिनकालदेखि हुँदै आएको र शिवाानीका बाबुले पनि पञ्जावी केटी विवाह गरेको । शिवानी पढाइमा तेज रुपवती भएकोले सबैले मनपराउने, शरण गुरुङसँग आकर्षक, बाबुले जात नमिलेकोले विवाह नगरिदिने, बाबु व्यपार विग्रेर जागिरको थालनी, जागिरमाा सहर गएपछि शिवानीलार्ई भाग्न सहज भएकोले शरणसँग भगिन् भन्ने धारणा आएको छ । यौवनमत्त भएका छोराछारीलार्ई बाबु आमाको संरक्षकत्व बढी चाहिन्छ भन्ने शिक्षा प्रदान गरेको छ कथाले ।

म आउँदैछु तिम्रो शहरमा – ‘‘उनीविनाको मेरो जिन्दगी पानीविनाको माछाजस्तै भएको छ ।’’ यी उद्गार मीलनले त्यतिवेला बोल्छन् जतिवेला श्रीमतीलार्ई गाली गरेपछि रिसाएर हिडेपछि मिलन पागल जस्तै हुन्छ म आउँदै छु तिम्रो शहरमा भन्ने गीत गाईरहेको हुन्छ । मीराको बारेमा सोचिरहेको हुन्छ । यही समयमा पछिल्तिरबाट मीठो स्वरमा मिलन भन्दै मीरा आउनु र पुनर्मिलन हुनु दुबैले अंक माल गर्नु हर्षका आँसु बग्नु, सबैले तालि बजाउनु र मीरा लाजले घुम्टी ओढेर घरभित्र पसिन् भन्ने धारणा आएको छ कथामा । झगडा गर्नु राम्रो होइन भन्ने सन्देश दिएको छ कथाले ।

मेरिया– नेपालमा रोजगार नपाएका शिव कुमार थापा डि.भी. परेपछि अमेरिका पुग्छन् । अमेरिकन केटीसँग विवाह गर्छन् , उनीहरूबाट दुई छोरााको जन्म पनि हुन्छ । नेपाल आउने जाने पनि गर्छन् तर एक दिन कुरा मिलेन र अचानक डिभोर्स भयो । उनी एक्लै भए । दुई वर्ष सम्मकुरे तर आशा निराशामा परिणत भयो । ‘‘बाँकी जीवन जिन्दगी खुशी साथ बिताउँछु भन्ने दृढ प्रतिज्ञा गरे’’ धारणाको साथमा कथा समाप्त हुन्छ । एकोहोरो प्रेमको नतिजा सुखद हुँदैन भन्ने सन्देश दिएको छ कथाले ।

अधुरो प्रेम – यस कथामा सविता र सुजित एउटै टोलमा बस्ने सँगै पढ्ने गर्दा बाल्यकालदेखिको प्रेमले गाढारूप लिएको र दुबै विवाह गर्ने तयारीमा लाग्दा प्रेमको गीत गाउँदै बाटोमा हिड्दा ट्र«कको हर्न बजेको नसुनी ट्रकले कुचेर मृत्यु हुनु र यो खबर सुनेर सविताले पनि झुण्डिएर देह त्याग भएको र दुबैको लास एउटै चितामा जलाईएको र चिताको धुवाँ आकाशमा विलिन भएको धारणा आएको छ । प्रेममा अन्धो र बहिरो हुँदा दुर्घटना हुन सक्छ भन्ने ज्ञान दिएको छ कथाले ।

जननी जन्म भूमिश्चः स्वर्गा दपि गरियसी – यस कथामा अनिल पढ्न गाउँबाट काठमाडौ अनि डिभी परेर अमेरिका पुग्नु अमेरिकामा विना भन्ने नेपाली केटीसँग विवाह गर्नु, घर किन्नु छोरो जन्मनु छोराको नाम जोन वीलियम राख्नु अमेरिकामा परिपूर्ण भएपछि नेपाल र आमा बाबुलार्ई भुल्नु, यस्तो अवस्थामा असक्त बाबु आमाले छोराले पढ्दा कण्ठपारेको शब्द ‘जननी जन्म भूमिश्चः स्वर्गा दपि गरियसी’ कानमा गुञ्जिरहेको धारणा आएको छ । धनी÷सम्पन्नशाली भएँ भनेर बाबुआमा र जन्मभूमिलार्ई भूल्न हुँदैन भन्ने शिक्षा प्रदान गरेको छ कथाले ।

विश्रान्ती – कविरले छोडेर गएको धेरै वर्षपछि पनि उसँगको चोखो मायाले नयाँ जोश थपेको अनुभूति गर्दै फर्केको हेर्न चाहान्छु भन्ने गीत गाउँदै कविता अघि बढदै गर्दा बुढानीलकण्ठमा ठूलो भिड देख्नु, त्यसतर्फ मोडिदा कविरको लास उत्तानो परेर लडि रहेको देख्नु र कविर भन्दै कविता लासमाथि ढलेको धारणा आएको छ कथामा । नियतिको खेलले आशा अभिलाषा पुरा हुन दिंदैन, कालको चक्रबाट कोही उम्कन पाउँदैन मार्मिक सन्देश छ कथामा ।

कुपुत्र – अनिता र उनका दुई भाइ छोरा विदेशमा बसेर व्यवसायमा व्यस्त रहेर धन कमाएका र आफ्नो व्यवसायमा व्यस्त रहेकी आमाले छोराको विवाहमा त्यति चासो नलिँदाा जेठा छोराले ७० वर्षकी हब्सिनी बुढी र नातिनातिनी स््यहारेको र कान्छाले अमेरिकन आइमाई एउटा छोरा र एउटी छोरी सहित सबै पाल्ने गरि स्याहारेका जानकारीमा आउनु, अनिता होशमा आउनु र पछुतो मानेको धारणा आएको छ कथामा । यस कथाले बाबुआमाले गर्नु पर्ने आफ्नो दायित्वलार्ई समयमै पूरा गर्नु पर्छ र यौनउन्मुत्त भएर जहाँ भयो त्यहीं हामफाल्न हुन्न भन्ने धारणा सन्देश दिएको छ कथाले ।

प्रतिबिम्ब – रमा ६महिनाकी हुँदा आमा मरेकी, सौतेनी आमाले पालेकी, कठोर परिश्रममा डिग्रीसम्म पढेकी, यौवनताले छोएपछि केही आफूमा फरकपन आएको अनुभूति, गरेकी वैंकमा जागिरकोृ लागि एप्लार्ई गर्न जाँदा अचानक जम्का भेटमा रोशसँग आँखा जुध्नु र एक अर्कामा अलगिन नमान्नु कसैले ‘‘खै बाटो छोड्नुस्’’ भने पछि झसङ्ग भएर आफ्नो बाटो लाग्नु तर रोशनको तस्वीर भने रमामा प्रतिबिम्बको रूपमा बसिसकेको थियो भन्ने धारणा आएको छ । मानव शरीरका प्रत्येक अवस्थाले समय अनुकुलको परिवर्तन र चाहनालार्ई प्रकट गर्छ भन्ने सन्देश दिएको छ कथाले ।

अनन्त प्रेम – बालक कालमै आमा गुमाएको विरु, भाउजुले कुरा सुनाउँदै तल्लोस्तरको दिएका खाना खाएर अध्ययन थर्न नपाई सानै उमेरमा जागिर खाएर अलग्गै बसेर विनासँग प्रेम गाँसे पनि विनाका बाबाले धन्यढ्यका छो्रासँग विनाको विवाह गरिदिनु, दुबै मर्माहत हुनु, वीरुले पनि विवाह गर्नु तर दुबैको मन एक अर्कामा भेट भएर मनको कुरा गर्दा आनन्द हुने थियो भन्ने धारणा राख्दै गर्दा एक दिन वीरु र विना भेट हुनु र वीरुले विनालार्ई अँगालोमा बाँध्यो भन्दै कथाको समाप्ति हुन्छ । बसिसकेको अनन्त प्रेमलार्ई मेटाएर पनि मेटिदैन भन्ने सन्देश दिएको छ कथाले ।

यस्तो पनि हुँदो रैछ – पुतली तिमल्सिना समय अनुकुल आफ्नो श्रीसम्पत्तीलार्ई व्यवस्थित गर्न सिपालु, उनका तीन बहिनी छोरीमात्र भएका गहना सबै छोरीलार्ई राख्न दिएकी केही गहना कन्छी छोरीलार्ई राख्न दिएकी र कान्छी छोरीसँगै बसेकी , गहना हत्याउन छोरी र जुवाइँले राती घनले हानेर मार्नु र भोली पल्ट हल्ला खल्ला भएर पुलिसले पकडेर लगे गाउँलेले यस्तो पनि हरँदो रै’छ भन्दै कथा समाप्त हुन्छ । श्रीसम्पत्ती हत्याउन मानिसले आफ्नै आमाको ज्यानसम्म मार्न सक्छन् भन्ने सन्देश दिएको छ कथाले ।

विश्वास – मेरी ख्रिष्टमसका दिनको रमाइलो दिनमा अनुलार्ई नेपालका साथकिो यादले सताउँछ । गरिमाको हृदयमा आस्था र विश्वासले ठूलो स्थान लिएको थियो उनले भन्ने गर्थिन्–‘‘काटमार मात्र हिंसा होइन अर्काको मन मार्नु पनि हिंसा हो’’ । उनले कसैको मन दुखाइनन् र उनी नेपाल फर्किन्छिन् । घरकाले एयरपोर्टमा स्वागत गरेर र उनको आस्था र विश्वासले साकाररूप लियो भन्दै कथा समाप्त हुन्छ । सत्यपथ अवलम्बन गर्ने मानिस कहिल्यै असफल हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ कथाले ।

चुलिएको अहम् – अमेरिकामा गएर अथाह सम्पत्ती आर्जन गर्ने शिवकी पत्नीको नाम सावित्री थियो । उनी पैसाको कारणले अति घमण्डी थिइन् । उनका जुम्ल्याहा छोरी जन्मन्छन् । बच्चीहरूलार्ई हेर्न सिर्जना नामकी धाईआमा ल्याइन्छ । सावित्रीलार्ई सिर्जनाले चित्त बुझाउन सकिनन् र उनी विदा भइन् । उनी हिंडेपछि एउटी छोरी आँखा बन्द भयो भने अर्किको खुट्टामा धेरै चोट लागे पछि सावित्रीलार्ई सिर्जनाको याद आयो र सिर्जना बोलाउन भन्दा शिवले ‘‘ अब म बोलाउँदिन बल्लतल्ल खोजेर ल्याएकी धाईआमालार्ई अपमान ग¥यौ’’ भनेपछि उनी चुपलागेको धारणा आउको छ कथामा । घसमण्डले अरुलार्ई नभै आफैलार्ई हानी गर्छ भन्ने सन्देश दिएको छ कथाले ।

प्रियतमको आगमन – यस कथामा दिपेश र दीपा बीच प्रेम भएको र दिपेश विद्यार्थी भिसामा यू.एस.ए.गएको तर ग्रिनकार्ड पाउन नसके पनि १० वर्षको दौरानमा धेरै कमाएको, दिपेश र दीपाबीचको प्रेमलाप कायममै रहेकोले दिपेश प्रियतमको आगनमा फर्किए भन्ने धारणा आएको छ । शुद्ध प्रेम गरिन्छ भने लामो समयसम्म पनि पर्खन सकिन्छ भन्ने सन्देश दिएको छ कथाले ।

नीलु – नीलुकी आमा दुई वर्षमा मरेकी, ठूलीआमाको काखमा हुकिएकी, आमाको ममताले बञ्चित भए पनि सानोमा खुसीसाथ हुर्किकी, यौवनकाल लागे पछि भाउजुहरूबाट अपहेलित भएकी, बाबुले श्रीमती बितेकी तर दुई बच्चा भएको केटोसँग विवाह गरिएिका, बच्चालार्ई राम्रो रेखदेख गरेर आमाको मायासरह माया दिएर हुर्काएकी, पतिलार्ई रोगलागेर औषधी उपचारमा पैसा सकिएपछि डेरामा बस्न लाग्नु र सौताने छोराहरूले दुख दिए पछि बृद्धाश्रममा बसेर हरिनाम लिएर जीवन बिताउन थालेको धारणा आएको छ कथामा । मानिले लगानी गरेको त्याग र माया ममताको कदर गर्नु पर्छ र आफू सक्षम भएँ भनेर अरूलार्ई पीडा बोकाउन दिनु हुँदैन भन्ने सन्देश बोकेको छ कथाले ।

समयको महत्त्व –‘अतः समयको महत्त्व बुझ्न नसक्दा मानिसले दुःख पाउनु पर्दो रहेछ ।’ कथाकारले यस अभिव्यक्तिलार्ई रीता क्यानाडा जानु ५वषर््ापछि श्रीमानलार्ई बोलाउनु, र पछि दुईटी छोरीलार्ई पनि क्यानाडा बोलाउनु, छोरीहरू मस्त जवान भएका, नेपाली भाषालार्ई पनि भुल्न थालेका र जेठी छोरीले मेक्सिकन केटासँग विवाह गर्नु २ वर्षभित्र छोरीको जन्म हुनु र मेक्सिकन केटोले डिभोर्स गरेर माइतै बस्नु परेको र कान्छीले पनि हब्सी केटासँग हिड्नु । यसरी छोरी हिडे पछि आमाबाबु चिन्ताले जल्न थाले । उमेरमै विवाह गराइदिन नसक्नुको नतिजा यस्तो निक्लेको सन्देश आएको छ कथामा ।

मेघराजको मन – यस कथामा मेघराज शर्माले दुई विवाह गरेका र दुबै परिवारबाट जन्मेका दुइ छोरा सहित सबै आननदले बसेका थिए । ठूलो छोराले अमेरिकनले पालेकी नेपाली केटीसँग विवाह गर्नु, पहिला समबन्ध राम्रो भए पनि पछि सम्बन्ध विग्रेर डिभोर्स गरेर हिडेको, अर्को विवाह भए पछि बच्चा जन्मन थाले , घर थाम्न धौ धौ भयो अमेरिका आएको ४० वर्ष हुँदा पनि नेपाल फर्केनन् । बाबुको क्रियागर्न पनि फर्केनन् । अचेल उनी विरामी परेर थला परेको धारणा आएको छ । समयलार्ई चिनेर आफ्नो व्यवस्थापन गर्न नसक्दा धर्म र संस्कारको पालना गर्न पनि सकिदैन र बृद्धपामा दुःख पाइन्छ भन्ने सन्देश दिएको छ कथाले ।

रमिला – यस कथामा मणीकाको बाल्यकाल आमाको मृत्युले साह्रै दुखभय भएर वितेको बाबुले अर्को विवाह गरेको, सँैतेनी आमाले घरको सम्पत्ती सक्न थालेको र एक दिन मन बहलाउनका लागि टहल्दा रात परेको, अँधेरोमा गुण्डाले अपहरण गरेर वेश्यालयमा पु¥याएको, छुटकारा पाउन नसकी वेश्याको जीवन बिताउन परेको धारणा राखिएको छ कथामा ।यात्रामा समयको ख्याल गर्न नसके दुर्घटनामा पर्न सकिन्छ भन्ने सन्देश दिएको छ कथाले ।

वेली चमेली – १० वर्ष पहिला समीरले गाउँकी केटी विवाह गरेको थियो र छोरी पनि जन्मिएकी तर माइतबाट घर फर्कदाँ बाटोमा गाडी दर्घटनामा परेर मरेका थिए । समीरले समीरालार्ई दोस्रो विवाह गरेपछि एकै पटक तीनवटी छोरीको जन्म हुनु समीर साह्रै खुसी हुँदै घरमा रौनक आएको धारणा राख्नु तर एक दिन पिकनिक खान जाँदा खोलामा नानीहरूलार्ई हातखुट्टा धुन लाग्दा बाडीले बगाएर लानु । बच्चालार्ई माछा मार्दै गरेको माझिले जालमा पारेर बचाउनु र समीरले नदी किनारमा खोजी गर्दा माझिले उसलार्ई घरमा लगि बच्चा देखाउनु, समीरले माझिलाई आफ्नो घरमा लगि एक लाख रुपियाँ पुरस्कार दिएको र् समीरको घरमा बेली चमेलीको महक फैलिन थाल्यो भन्दै कथा समाप्त भएको छ ।

नयाँ वर्ष – परिता र प्रभावको बीचमा नयाँ वर्षको उपलक्ष्मा इङ्गेजमेन्ट हुने थियो तर परितालार्ई प्रभावको बुबाबाटै एउटा मुसलमान केटा लगाएर पाकिस्तान लान लगाउँदा पुलिसले पकडेको र प्रभावले आफ्नो घरको बेइज्जति नहोस् भन्दै घटनालार्ई मिलाएर परितालार्ई मन्दिरमा विवाह गरी लण्डन लिएर गएको धारणा आएको छ कथामा । दुष्प्रवृत्तिले आफ्नै घरलार्ई पनि छाड्दैन, आफ्नो घरको परिवारको इज्जत बचाउन खोज्दा जघन्य अपराधी पनि बाँच्न सक्छन् भन्ने सन्देश दिएको छ कथाले ।

चोट –‘‘जहाँ भगवानले पाइला टेक्छन् त्यो स्थान नै तीर्थ हो’’ । यस्तो वाणी पस्कने कथाकारले यहाँ देवीप्रसादका पुत्र करण अमेरिका गएका, घर किनेका, त्यहींको नागरिक बनेका, बाबु आमालार्ई र नेपाललार्ई भुलेका, बाबाआमाका बुढेसकालका सहारा बन्न नसकेकाका छोराहरू कुलतमा फसेका र पुलिसले समातेर लागु औषध कारोवारमा ५बर्ष जेल र २ लाख जरिवाना तोकेकोले आफूले कमाएको पैसा र घर बेचेर जरिवाना बुझाएर सधैंका लागि नेपाल फर्किए । ‘‘सन्तानविनाको हृदय कस्तो हुँदोरहेछ ’’ भन्ने आभास भयो भन्ने धारणा सहित समाप्त भएको छ कथा । आजका छोराछोरीले आमाबाबुप्रति गर्ने व्यवहारको सजीव चित्र उतारेको छ कथाले ।

परिश्रम – यस कथामा विवेकले एकलाख रुपियाँ सहित धनकमाउने उद्दे्श्य बोकेर काठमाडौ जानु, आफ्नै मिल्ने साथी श्यामले वेहोस हुने औषधी खुवाएर वेहास् पारी पैसा लिएर भाग्यो, होसमा आए पछि होटेलमा काम गरि केही पैसा जोडेर घर फर्कि घरको काम गरी १० विघा जमिन जोड्न सफल भयो , श्राम र विवेकलगाएर काम गर्दा ३ करोडको मालिक बनेर । समाज क्षेत्रमा पनि काम गरेर कारखानाहरू खोलेर सबै परिवार, गाउँ समाजका सबै मानिसलार्ई रोजगारी दिलाएर सुख समृद्धि दिन सक्यो भन्ने धारणा आएको छ कथामा । परिश्रम र विवेक लगायो भने मानिस सम्पन्न बन्न सक्छ भन्ने सन्देश दिएको छ कथाले ।

समुद्री लहर – सीमा र शरण बाल्यकालदेखिका साथी मात्र नभएर अनन्य प्रेमका पात्र नै बन्न पुगेका र डिभी परेर अमेरिका पुगेका थिए । छुट्टीको दिन पारेर समुद्र सैर गर्न समुद्रमा पुगेका र समुद्रमा आएको आँधीले तिनीहरूलार्ई विलिन गराएको थियो धेरै दिनको प्रयासपछि लास भेटियो र त्यो लास त्रिभुवन अन्तराष्ट्रियविमानस्थलमा रातो बाकसमा आएकोलार्ई देखेर आमा बाबु मूर्छित भएको धारण आएको छ । कुनै पनि नदी, सागर आदिमा सैर गर्दा जानकारी लिएर मात्र गर्नु पर्छ भन्ने संदेश दिएको छ कथाले ।

मनमाया – ‘‘मनमाया र मनोहरको जीवन अत्यान्त आनन्दमय थियो’’ यस प्रकारको खुसी छोरो रुसमा डाक्टर पढ्न गएको र छोरी जर्मनमा इन्जिनियरिङ पढ्न गएकीले भएको थियो । पढेर नेपाल आएर दुबै जनाले विवाह गरी फेरि आफ्नै ठाउँमा गए र आमा बाबुको साथै मातृभूमिलार्ई पनि भूले । मनमायाले पनि सम्पत्ति अरूलार्ई जिम्मा लगाई चारधाम गर्न हिडेंका र तीर्थ यात्राको क्रममा अचानक बमकाण्डमा परी दुबै जना मरेको धारणा आएको छ कथामा ।

रमावती – रमावती काममा सक्रिय, मनकी सुन्दरी, हेर्दा कुरूप भएकोले विवाह हुन नसकेको, काठमाडौ गएर सीपमूलक तालिम सिक्न लाग्दा एकजना गुरुङ केटासँग नजिकिनु, उनीहरूको विवाह हुन्छ तर केटाले पहिला नै विवाह गरि सकेकोले अदालतमा मु्द्दा परेर दुबै जनालार्ई ३ वर्षको सजाएँ सुनायो भन्दै कथा समाप्त हुन्छ । जीवन साथी चुन्दा उसको र घरपरिवारको जानकारी लिएर सोच बिचार गरेरमात्र चुन्नु पर्छ नत्र कानुनको भागी भइन्छ भन्ने सन्देश प्रवाह गरेको छ कथाले ।

गोधूलि कथासङ्ग्रहभित्र भएका सबै कथाको सारभाव र कथाले दिन खोजेको सन्देश तथा शिक्षलार्ई मैले अध्ययनको क्रममा बुझेसम्मको पस्कने प्रयास गरेको छु । कथा ÷ लघुकथा भन्दा कथातत्त्वले पूर्ण भएका कथाहरू सम्झिन्छ । यिनै कथातत्त्वको आधारमा कथाको समालोचना गर्ने गरिन्छ । कथाकार लघुकथामा स्वछन्दरूपमा प्रस्तुत भएकी छन् । कथाहरू काल्पनिक भन्दा बढी यथार्थता झल्किने खालका छन् । कथाकारका कथा पढ्दा सत्यतामा आधारित छन् भन्ने आभास मिल्छ । कथामा पात्रहरूको भूमिका गहन हुन्छ । पात्रहरूको प्रस्तुति, कार्यक्रम, घटनाक्रम, आदिको वर्णनले कथामा मिठास भर्छ । यसकथामा समावेश गरिएका पात्रहरू पनि विविध प्रकारका छन् । उमरले रााष्ट्रिताले, जातियताले, धर्मले, कर्मले, कतै विषम त कतै सम भएका, अधिकाम्स पात्रहरू अध्ययनको सिलसिलामा जाने पात्रहरू अध्ययनशील, कर्मठ, धन आर्जनशील, राष्ट्र र आमाबुबाको मायाममताले भरिएका, यस कथासङ्ग्रहमा समावेश गरिएका छन् । कुनै पात्रहरूले आमाबाबुप्रति तिरस्कार गरी बृद्ध आश्रममा लगेर भाग्ने खालका, आदि पात्रहरूले यथास्थानमा आफ्नो काममा लागेका देखिन्छन् । साहित्य समाजको दर्पण हो । जसरी दर्पणलाई हेरो भने आकृतिलाई जस्ताकोत्यस्तै दर्शाउँछ त्यसरी यस कथामा कथाकारले समाजमा जे देखेकी छन् त्यसलाई उतार्ने प्रयास गरेकी छन् घटनाक्रम र कथा अनुकुलका पात्रहरूले भूमिका ख।ेलेका छन् । सकेसम्म एक कथामा आएका पात्र नदोहोरिउन् भन्ने सोच कथाकारको छ । कथा कस्तो परिवेशमा लेखिएको छ भन्ने कुरा कथाकारले ध्यान दिनु पर्ने हुन्छ । परिवेशको हिसावले अध्ययन गर्दा, प्राय धेरै जसो कथा नेपाल र अमेरिकाका विविध स्थान र त्यहाँको भूगोल, पर्यावरण, प्राकृतिक सौन्दर्यता ,आदीमा लेखिएका छन् भने, भारत, क्यानाडा, युरोपको परिवेशका कथाहरू पनि फाटफुट पाइन्छन् । भाषाशैलीको हिसावमा अध्ययन गर्दा भाषा सरल छ । सबै किसिमका पाठकलार्ई पाच्य छ । प्रस्तुति पनि सहज देखिन्छ । कथाहरूले दिन खोजेका सन्देशहरू प्रष्ट छन् । कतै कतै दार्शनिक अभिव्यक्तिले पनि कथाहालार्ई उच्चाइमा पु¥याएका छन् । कतै कतै कारुणिक अभिव्यक्तिले पाठकको मनमा कौतुहलता जन्माएको छ र अश्रुधारा पनि बगाएको छ । कथामा गीत पनि समावेश गरिएका छन् । यी गीतको प्रसतुतिले कथामा मिठास भरेकाछन् । कथालार्ई अध्ययन गर्दा लघुकथा भए पनि विवरणात्मकरूपमा लेखिएका छन् कथाहरू ।

निष्कर्ष – हरेक कथामा पारिवारिक पृष्ठभूमिलार्ई समेट्ने प्रयास भएको छ । राष्ट्र राट्रियता, मातृभूमि नेपाली संस्कृति, संस्कार, धमर्, माता पिता, नारीवादी चिन्तन, आमाबाबुको छोरा छोरीप्रतिको दायित्व र छोराछोरीले बाबुआमाप्रति गर्नुपर्ने दायित्व, मानवले मानवप्रति गर्नुपर्ने मानविय व्यवहार, जातिवादी विभेदको अन्त्य, धनी गरिबप्रति देखिने विभेदको अन्त्य, यौवन उन्मत्ततामा आउने विवेकहीन विकृति ,फेसबुकले निम्त्याएको विकृति, विसङ्गति, समाजिक, आर्थिक, धार्मिकध, राजनीतिक आदि पक्षलार्ई समेटेर समाजमा एउटा मार्गदर्शनको रूपमा दर्शिएको छ कथा र सक्षम छन् कथाकार भन्दै गंगाजीको भावी साहित्यिक एवम् हरेक क्षेत्रमा सफलताको कामना गर्दै विदा चाहान्छु ।

धन्यवाद
मिति २०७५ साल भदौ २७ गते हरितालिका तीज

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.