संगीत ईतिहास : होङकोङमा नेपाली संगीतको गर्विलो इतिहास

~निरज राई~

बृटिश सेनामा भर्ना भएर यहाँ (सेकोङ्ग क्याम्प) आएका नेपाली युवाहरूले ब्यान्ड नै खोलेर नेपाली गीत बनाई सेनाकै रेडियो च्यानल BFBS मार्फत प्रसारण गर्थे।ती ब्यान्ड हरू मध्ये होङ्गकोङ्गको प्रथम नेपाली साङ्गीतिक ब्यान्ड बृटिश गोर्खा सैनिकका clerks हरूको Chequers Band रहेछ। ठ्याक्कै मिती तोक्न नसके पनि मैले मेरो गाउले दाई (जो बृटिश गोर्खा सैनिकमा हुदा साङ्गीतिक गतिबिधीहरूमा सकृय हुन्थे, हाल यु के को Veteran band मा आबद्द हुनुहुन्छ) किरण कुमार सुब्बाबाट प्राप्त गरेको Chequers Band को फोटोमा (तलको) सन 1967 को मिती लेखिएको ले यो ब्यान्ड 60 को दशकमा स्थापना भएको भन्न सकिन्छ। यो ब्यान्ड पछिका ब्यान्डहरू स्थापना भएको मिति अनुसार क्रमै सङ्ग Himalayans band , sangam band, भान्जाहरूको Nayans band (प्रसिद्द सङ्गीत कर्मी दिपक थापा आवद्ध भएको) ,सिग्नलसको sunakhari band र 10 GR को Diyalo band हुन।

दार्जिलिङगे क्लर्कहरूको बाहुल्यता रहेको Chequers band को सदस्यहरूमा नरेन्द्र मोहन क्षेत्री (फोटोमा एकर्डियन बजाउने), लगायत कुलदीप योन्जन, कृश शर्मा, बिष्णु श्रेष्ठ, ॐ गुरुङ्ग, बि के गुरुङ्ग, नन्द राई अल्फ्रेड लेप्चा र निरेन्द्र मोहन क्षेत्री हुन।

होङ्गकोङ्गको प्रथम नेपाली साङ्गीतिक ब्यान्ड The Chequers को नाम कसरी जुर्यो त?
उनीहरूको पल्टन 2nd GR को रेजिमेन्टल कलर रातो र हरियो रङ्गको चेक हुन्छ( तल फोटो हेर्नुहोस)।
त्यही भएर उनीहरुले आफ्नो ब्यान्डको नाम The Chequers राखेको रहेछ।

The Chequers band

यो ब्यान्डको चलेको गीतहरूमा कुर्कुरे बैसले आँखा देखेन,आज कसरी उन्माद बोकी, यी मेरा निन्दा गर्ने हरू, यी लोभी आखाले धेरै आदि हुन । र यी मध्ये कुर्कुरे बैसले आँखा देखेन बोलको गीत मात्रै यु ट्यूबमा राखिएको पाइन्छ।

The Chequers पछि बृटिश गोर्खा आर्मीको 7th GR का लाहुरेहरूले The himalayan Band शुरु गरे। यो ब्यान्डले गाएका गीतहरू प्राय सबै हिट थिए र The himalayans नामको यो ब्यान्डको गीति एल्बम कुनै समय निकै चलेको थियो। वास्तबमा होङ्गकोङ्गेली नेपाली सङगीतलाई बेग्लै उचाईमा पूर्याउनु यो ब्यान्ड अनि यसका गीतहरूले महत्वपूर्ण भुमिका निभाएको छ। र लोकपप लयमा बुनिएका यसका गीतहरू अहिले पनि उतिनै लोकप्रीय छन।हिमालयन ब्यान्डका सद्स्यहरू,
1/नोर्देन तेन्जीङ्ग भुटिया (गायन)
2/नवीन कुमार (गिटार+ गायन)
3/दिपक चन्द्र राई(ड्रम)
4/ सोनम छिइरिङ्ग शेर्पा( ड्रम,replaced)
5/फ्र्यान्कलिन मुखिया ( बेस गिटार)

नोर्देन तेन्जिङ्ग भुटियाको स्वरमा हिमालयन ब्यान्डका गीतहरू,
1/ गाजलुले आँखा छोप्ने,
2/ कहाँ तिम्रो मायालुलाई छाडी
3/ चाप गुरास जब फुल्दछ
4/चिसो बतासले मलाई
5/ मुसुमुसु हासी देउ न लैलै
6/मायाले माया गासी देउ
7/मलाई धेरै धेरै माया
8/ ती रमाइला यादहरू

यी मध्ये ती रमाइला यादहरू पारस गजमेरको गीत हो भनेर भर्खरै गुरु दिनेश सुब्बा दाइले टिप्पणी गर्नु भएकोछ।

नवीन कुमार राइले गाउनु भएको हिमालयन ब्यान्डका गीतहरू,
1/ टाढा टाढा जानू छ मैले बिर्सिएर घर मेरा
2/मेरा गुनासोका रोदनहरू
.
हिमालयन पछि 1982 मा सुनाखरी ब्यान्डको जन्म भयो। त्यति बेला यसका सदस्यहरू,
1/ हेम गुरुङ् (गायन)
2/टासी लामा(गायन)
3/नवीन थेबे (गायन )
4/प्रेम थकाली (गायन, तबला, बासुरी)
5/रोशन गुरुङ्ग (कि बोर्ड, तबला)
6/ कृष्ण गुरुङ्ग (बेस गिटार)
7/ बेनु सुब्बा (लिड गिटार)

यसले 1982 मा रेकर्ड गरेका गीतहरू यी हुन,
1/ हासोमा खेल्ने जीवन आसुमा डुबी दिन्छ
2/किन यति दूर भयौ
3/दाउरामा जान्थे सल्लेरी बनैमा
4/ए मैले माया गर्छु भन्ने हरू
5/मन परेको मायालाई
6/टुक्राटुक्रा पारी जलायौ मायालु

नोट: मन परेको मायालाई बोलको गीत आश बहादुर गुरुङ् र हेम गुरुङले गाएका हुन।आश बहादुर गुरुङ मादल बजाउथे र दार्जिलिङकि नामी गायिका दावा ग्याल्मो सङ्ग थुप्रै गीतहरू रेकर्ड गरेका थिए।
यो ब्यान्डमा 1983 मा बेस गिटारबादक कृष्ण गुरुङ को बदलामा किरण कुमार सुब्बाले प्रबेश गरे।

अनि 1985 तिर यो ब्यान्डले रेकर्ड गरेका गीतहरू,
1/ धेरै धेरै सम्झेर होला तिम्रो मात्रै माया लाग्छ
2/ ती साईली हास्थी गुरासको लाली
3/जिवनको बाटो खोज्दै (कुशल बस्नेत)
(*सुनाखरी ब्यान्डमा 1983 मा क्लर्क कुशल बस्नेत अतिथी गायकको रूपमा छोटो समयको लागि आएका थिए।)

सुनाखरी जन्मेको एक बर्ष पछि 1983 मा 10GR को दियालो ब्यान्ड जन्मियो। यसमा पनि क्लर्कहरूकै बाहुल्यता थियो। जसका सदस्यहरूको नाम यस प्रकार थियो,
1/बिसन तामाङ्ग (गिटार / गायन)
2/ खगेन राई (लीड गिटार/ गायन)
3/बिमल सुब्बा( बेस गिटार)
4/ मनोहर तामाङ ( ड्रम)
5/सुबाश प्रधान (गायन)
6/ नगेश राई ( गायन)
यो ब्यान्डको रेकर्डेड गीतहरू,
1/मेरा पाइलाहरू दोहोराउछ मलाई
2/ हासी देउ बोली देउ दुई दिनको छोटो जिवनमा
3/ आउछौ कि भनी गोरेटोमा

यो ब्यान्ड पनि 1986/87 तिर तितरबितर भयो। पल्टनको पोस्टिङ आदिले गर्दा समुहका सदस्यहरू बिछोडिनु ती ब्यान्डहरू तितरबितर हुनु को प्रमुख कारण थियो। त्यसपछी होङ्गकोङ्गमा लाहुरेहरूको नया ब्यान्ड जन्मिएन। तर छिट्पुट मात्रामा सोलो गायक हरूले BFBS रेडियोमा गाएर गीतहरू रेकर्ड गर्थे।

कुनै बेला सुनाखरी ब्यान्डका बेस गिटारिस्ट अहिले यु के मा VETERANS ब्यान्डका सकृय सदस्य किरण कुमार सुब्बा भन्नू हुन्छ, “BFBS मा मात्र नभएर एक पल्ट हामीले 1988/89 तिर tsim sha tsui को kimberly road मा (जहाँ प्राइभेट रेकोर्डिङ्ग स्टुडियो थियो ) 2 पटक गीतहरू रेकर्ड गरेका थियौ।त्यो बेला हामी सित महिला गायकहरूमा दावा ग्याल्मो,सुसनबाला राई, बिष्णु गुरुङ्ग आदि थिए ।जसले एउटा एलबम निकालेर च्यारिटिको लागि बृगेडमा बेचेको थियौ।”  तर उक्त एल्बमको नाम उहाले सम्झनु सक्नु भएन।

नोट: माथी उल्लेखित प्रायः सबै गीत यु ट्यूबमा सुन्न सकिन्छ।

Nayans band भान्जाहरू अर्थात होङ्गकोङ्गमा बृटिश गोर्खा सैनिकका छोराहरू मिलेर बनेको ब्यान्ड जसको नेतृत्व प्रसिद्द गिटारबादक दीपक थापाले गरेका थिए।जसको सदस्यहरू निम्न थिए,
1/दीपक थापा( गायन,लीड गिटार,पियानो)
2/बिष्णु राई(बेस गिटार,)
3/नेत्र लिम्बू(रिदम गिटार)
4/ लुम्बिराज खान(गिटार)
5/सचिन राई (ड्रम)

Nayans का रेकर्डेड गीतहरू,
1/तिमी मेरी माया बनी आइदिनु( पछि ॐ बिक्रम बिष्टले गाएको गीत)
2/मेरा नयनका सागरहरू
3/फूल भित्र तरेका आँसु
4/सपनीको सन्सारमा भेटौला तिमीलाई
5/ मन्दिर गई धर्म गरे नभन
6/ जलमा थलमा तिमीलाई सम्झे
7/ जब आयौ तिमी नजिक
8/ धेरै आँसु पिएर आज मैले
9/नयनको इशाराले साथ दियौ( दीपक थापा+ माया गुरुङ्गको युगल गीत)
10/ आखामा तिम्रो सम्झना छ नीद मलाई( माया गुरुङ्ग)
11/ मलाई खुशी दिने मायालु (माया गुरुङ )

यो ब्यान्ड पनि 1979 मा दिपक थापाहरू पेन्सन आए पछि टुट्यो। तर सचिन र दिपक थापा दार्जिलिङमा र नेपालमा सङीतमै जमे। दिपक थापा अझै सकृय छन नेपाली सङ्गीतमा।

(सचिन राई नेपाल फर्के पछि दार्जिलिङ्गको यु एस ब्यान्डमा ड्रमर भएर निकै चर्चित भए। काठमान्डौको भृकुटीमण्डपमा यु एस ब्यान्डले गरेको लाइब कन्सर्टमा सचिनले डबल बेस ड्रम सायद पहिलो चोटि होला नेपालमा बजाएका थिए। )

Queens gorkha signals र GTR का बाबूजीहरू मिलेर sangam band को स्थापना भएको थियो।
यसका सदस्यहरू निम्न थिए,
1/ सान्डुप छिरिङ्ग भुटिया (GTRगायन)
2/ मदन भुषाल(Signals)
3/सोग्याल लामा
4/ कृष्ण गुरुङ्ग
5/ चन्द्र कुमार शाक्य

सङ्गमका रेकर्डेड गीतहरू,
1/ सोल्टिनी भनेर बोलाको
2/ तिम्रो मायामा होइन आफ्नो भूलमा बाचेको छु
3/आखाको भाका यो बुझिदेउ
4/ पिरतीको पूरानो मेरो कथा
5/ मलाई भुलिदेउ तिम्रा आँसुहरु शीत
6/हिजो राती मैले पिए तिमी रिसाइ दियौ
7/कर्के आखाले नहेर मोहनी लगाई

1988 /1989 तिर पनि एउटा ‘कुसुम’ भन्ने सानो सांगीतिक ब्याण्ड जन्मेको थियो। तर यो चाही फुल स्केलको ब्याण्ड थिएन, उनीहरुले पल्टनको सानो तिनो जमघट अथवा दशैं, तिहार तिर हल्का सांगीतिक कार्यक्रम गर्ने गर्थे।यो ब्यान्डले पनि BFBS मा २,४ वटा गीतहरु रेकोर्ड गरेको थियो। यसमा चाही मुख्य लागि पर्ने असिम शिकारी (मुखिया) थियो, जसले पछि नेपालमा शम्भु राई सित मिलेर सङ्गम डिजिटल रेकर्डिङ्ग स्टुडियो खोलेको थियो।

नोट: यी माथी उल्लेखीत ब्यान्डहरूका गीतहरू यु ट्युबमा सुन्न सकिनेछ।

कुनै समय होङ्गकोङ्गमा सुनाखरी ब्यान्डमा आबद्द रहेर चर्चाको शिखर छुने दाइहरू (Kiran Kmr Subba),Khagen Lmb अहिले यु केमा veterans band मा आबद्ध छन।

कुनै समय होङ्गकोङ्गेली नेपाली साङ्गीतिक ब्यान्ड सुनाखरीका बेस गिटारबादक र हाल यु केमा veterans band मा आबद्द मेरो टोल धरान,शिवमार्ग को अग्रज दाइ किरण कुमार सुब्बा वास्तबमै होङ्गकोङ्गेली नेपाली सङ्गीतको ईतिहास बोकेको मान्छे रहेछ। मैले लेख्दै गरेको होङ्गकोङ्गको BFBS कालिन संक्षिप्त्त साङ्गीतिक ईतिहासमा उहाँले जुन स्तरको सहयोग गर्नु भयो त्यस्को लागी नेपाली सङ्गीत उहाँ प्रती सदा अनुग्रहित रहनेछ। आफ्नो स्मरणलाई थप पुष्टि गर्न सम्बन्धितहरूलाई सम्पर्क गर्ने उहाको शैलीले श्रोतको बिस्वास्नियता लाई बढाएको छ।

बृटिशकालिन नेपाली साङ्गीतिक ब्यान्डको बाहेक अन्य थुप्रै खुद्रा नेपाली सङ्गीत सम्बन्धी कामहरू BFBS रेडियो सेवा मार्फत भएको र ती मध्ये किरण दाईको स्मरणमा आएका रोचक प्रसङ्ग अनि कामहरूको डायरी-

1/जोगाई राख माया मेरो,,, यो गीत हामी 1981 मा भर्ती हुदा ज्यादै फेमस थियो।BFBS बाट दिनहु बज्ने गर्थ्यो। गायक: ध्रुब लामा ,गायिका: रेणु थापा( ॐ बिक्रम सङ्ग याद गर ती दिनहरु गाउने)।ध्रुब लामाले 1982 मा यो गीत रेडियो नेपालमा रेकर्ड गरिराखेर बृटिश सेनामा भर्ती भएका हुन।उनी 2/7 GR मा परे पछि सोलो रूपमा 6/7 वटा सुगम सङीत टाइपका गीतहरू गाएको थियो जुन खासै चलेन।

2/एकजना निमा लामा भन्ने सिग्नल्स कै भान्जा थियो र उसले पनि २,३ वटा गीतहरु गाएको थियो त्यो बेला। म 1981 सालमा भर्ति भएर हंगकंग जाँदा ‘सुनचादी भन्दा महँगो यो ज्यानलाई’ भन्ने गीत BFBS बाट पहिलो पल्ट सुनेको थिए। त्यो गीत निमा लामा र सुजनबाला राईले गाएको थियो र निकै लोकप्रिय पनि थियो त्यो बेला। त्यसको १,२ बर्ष पछि मात्र यो गीत नेपालमा ओमविक्रम बिष्ट र सुक्मित अधिकारीको स्वरमा रेकर्ड भएको हो। त्यस्तै निमा लामाले अर्को गीत ‘छाडी जाने मायालुलाई बिर्सी दिने प्रेयसीलाई सम्झी भाव बन्दछु तिमीलाई मायालु’ भन्ने पनि गाएको थियो र त्यो पनि निकै लोकप्रिय थियो। त्यसपछि १९८० तिर दीपकहरु संगै निमा पनि नेपाल फर्क्यो र अहिले त्यति कै काठमाडौँ मा डुली हिड्छ रे तर उ राम्रो गायन प्रतिभा भएको मान्छे थियो।

3/ 1983/84 तिर दीप श्रेष्ठ दाई जापानको टुर सकेर होङ्गकोङ्गमा स्टप ओभरमा बसेको बेला सुनाखरी ब्याण्ड सित मिलेर – “कहिले पनि लेखिनु चिठी आफ्नो भनेर, बिर्सेर पनि सोधिनौ मलाई कस्तो भनेर “भन्ने गीत रेकर्ड गरेको थियो।BFBS मा यो गीत निकै लोकप्रिय भएको थियो त्यो बेलाको समयमा।

4/ Gorkha signals को सुनाखरी ब्याण्ड टुटेपछि signals कै निर्मल भट्टचनले २,४ वटा गीतहरु रेकर्ड गराएका थिए ।.जसमा “कसै कसैको याद बोकेर बाचीरहेको छु” र “गण्डकीको तिरैमा लुकी छिपी खेलेको” भन्ने गीतहरु थिए। यो गण्डकीको तिरै भन्ने गीत पछि गएर 1992 सालतिर स्थापना भएको नेपथ्य ब्याण्डले उनीहरुको मीन पचास भन्ने अलबममा समाबेश गरेको थियो ।तर यो गीत निर्मलले 1988/1989 तिरै गाइसकेको थियो।

5/ “वारी खोला पारीमा खोला बिचैमा पापी दोभान”
यो गीत उहिले जमानामा (म भर्ति हुनु अघि लगभग1979/1980) लुम्बिराज खान र अर्को एक जना भान्जा मिलेर BFBS होङ्गकोङ्गमा रेकर्ड गरेका थिए। हामी कक्षा10 तिर हुदै धराने बृटिश क्याम्पको BFBS मा सुनेको यो गीत। अनि धेरै बर्ष पछि लगभग 2005 साल तिर उदय/मनिलाले उनीहरुको अल्बममा यो गीत राखे।

6/ आकाशैमा चील उड्यो धरतीमा छाँया,
यो गीत सुनिल पराजुलीले अम्बर गुरुङ्का छोरा किशोर गुरुङ्ले निकालेको “सुनसान रातमा” एलबमको लागि 1987 तिर नेपालमा रेकर्ड गरेको हो।
तर यो गीत सुनिल भन्दा अघाडी नै1985 तिर खगेन लिम्बू र रबिन लिम्बुले BFBS मा रेकर्ड गरिसकेका थिए।

7/ बृटिश गोर्खा आर्मीको रेडियो सेवा BFBS मा छिर्न क्लर्क हुनु पर्ने अघोषित नियम थियो। त्यै भएर साङ्गीतिक ब्यान्ड हरूमा क्लर्क्स कै बाहुल्यता थियो।

अन्तमा मेरो कुरा-, गीत रेकर्ड देखि प्रोडक्ट मा एक पैसा खर्च नहुने लाहुरे ब्यान्डहरूलाई ठूलो सहुलियत थिएछ गीत रेकर्ड गर्न।

(स्रोत : हेत्तेरी डट कम)

This entry was posted in ईतिहास and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.