~प्रा. डा. टङ्कप्रसाद न्यौपाने~
१. विषय प्रवेश
संसारका सबैजसो भाषाहरूमा क्रिया वा वाक्यसंरचनामा वाच्य (Voice) एउटा प्रमुख तत्व, घटक वा व्याकरणिक कोटि (Grammatical categories)का रूपमा रहेको हुन्छ । नेपालीमा वाच्यको अभिव्यक्ति क्रियापदका रूपायनबाट भएको देखिन्छ भने अङ्ग्रेजीमा वाक्यसंरचनाबाट अभिव्यक्त भएको पाइन्छ । व्याकरणका यही एउटा महत्वपूर्ण घटकसँग सम्बन्धित विषयलाई यस साना लेखमा संक्षिप्त रूपमा चिनाउने प्रयास गरिएको छ ।
२. वाच्यको अभिप्राय
वाच्य भन्ने शब्द संस्कृतको भन्नु अर्थ दिने वच् धातुमा य प्रत्यय लागेर बनेको हो जसको अर्थ वचन गरिने, भनिने, कथ्य, अभिधेय वा विशेष जोड दिएर बुझाइने भन्ने हुन्छ । वाक्यमा एकभन्दा बढी पदहरू (विशेषतः कर्ता, प्रत्यक्ष कर्म, अप्रत्यक्ष कर्म र क्रिया) हुन्छन् । वक्ताले तीमध्ये कुन पद (कर्ता, प्रत्यक्ष कर्म, अप्रत्यक्ष कर्म, क्रिया) लाई उक्त अथवा कथ्य बनाउन कस्ता किसिमको संरचना बनाएको छ भन्ने कुरालाई वाच्य भनिन्छ । जस्तै ः
(१) क. रामले मलाई कुट्यो । – राम ः वाच्य
ख. (रामबाट) म कुटिएँ । – म ः वाच्य
ग. मलाई कुटियो । – कुटाइ ः वाच्य
यी तीनवटै वाक्यहरूमा एउटै वाक्यात्मक अर्थ छ, भिन्नता तात्पर्य वा वक्ताका शैलीय आशयमा छ । भिन्न विवक्षा (वक्ताको इच्छा) का लागि वक्ताले एउटै कुराका लागि भिन्न भिन्न शैलीको प्रयोग गरेको छ ।
माथि (१)क. वाक्यमा क्रियापद कर्ता रामका र ख.मा कर्म म का नियन्त्रणमा छ भने ग. वाक्यमा कर्ता र कर्म कसैका नियन्त्रणमा छैन, अर्थात् स्वनियन्त्रणमा छ भन्ने कुरा क्रियापद र नामिक पदका संगति सामञ्जस्यबाट स्पष्ट हुन्छ ।
माथि (१)क. मा कर्ता रामको व्याकरणिक कोटि तृतीय पुरुष, एकवचन, अस्त्रीलिङ्ग र अनादर हो भने कुट्यो क्रियापदको ओ रूपले पनि यही अर्थ अभिव्यक्त गरेर सङ्गति जनाएको छ ।
(१) ख. मा कर्ता रहे पनि वा नरहे पनि वाक्यका व्याकरणिक संरचनामा फरक पर्दैन भनेर त्यसलाई कोष्ठकभित्र लेखिएको छ । यस वाक्यमा कर्म मका व्याकरणिक कोटि प्रथम पुरुष र एकवचन अनुसार कुटिएँ क्रियापदमा – एँ प्रत्यय आएर दुवैमा संगति भएको छ ।
ग.मा कर्ता छैन, भए पनि क्रियाका स्वरूपमा फरक पर्दैन, कर्म छ । त्यहाँ कर्मले क्रियापदका व्याकरणिक स्वरूपमा अधिकार राख्न सकेको छैन । यहाँ अर्थ भाव वा क्रिया आफैँ आफ्ना नियन्त्रणमा छ । यस कारण (१)क. मा राम, ख. मा म र ग. मा कुटाइ वाच्य भएका छन् । यस्तै स्थिति निम्नलिखित वाक्यहरूमा पनि देखिन्छ ः
(२) क. म हिजो दिनभरि घरमैं बसेँ ।
ख. (आफू) हिजो दिनभरि घरमैं बसियो ।
यी वाक्यहरूमध्ये (२)क. मा कर्ता म र बसेँ क्रियापदमा सङ्गति छ तर (२)ख. मा कर्ता आफू भए वा नभए पनि क्रियापद बसियो तृतीय पुरुष, अस्त्रीलिङ्ग र एकवचनमा छ । यसको अर्थ यहाँ बसाई क्रिया आफैँ वाच्य भएको छ भन्ने हो ।
यसरी माथि (१)ग. र (२)ख. का क्रियामा एउटै ओ प्रत्यय आएकाले र दुवैमा वाच्य परिवर्तन इ प्रत्यय पनि भएकाले दुवै समान किसिमका वाक्य हुन् भन्ने स्पष्ट हुन्छ । सबैजसो वैयाकरण र भाषावैज्ञानिकहरूले यसै दृष्टिमा वाच्यलाई परिभाषित गरेको पाइन्छ । पोखरेल (२०६३ ः १९५) का दृष्टिमा वाच्य भनेको कुनै एक वाक्यको समापिका क्रियाउपर सो वाक्यका उद्देश्यले कायम गर्ने मूर्त वा अमूर्त अधिकार हो । पोखरेलका यस परिभाषामा नामिक पद र क्रियापदबीचका सङ्गतिलाई वाच्यको आधार मानिएको छ । पोखरेलले मूर्त अधिकार भनेर माथि (१)क. र ख. तथा (२)क. मा जस्तै नामिक पदका नियन्त्रणमा रहेको देखिने क्रियापदका स्वरूपलाई र अमूर्त अधिकार भनेर माथि (१)ग. र (२)ख. मा स्पष्टतः नदेखिएका क्रियापदका रूपायनलाई बुझिन्छ । अर्का पोखरेल (२०५४ः१) अनुसार क्रियाको अन्तिम प्रत्यय वाक्यमा वाचक हुन्छ, त्यससँग मेल राख्ने नाम नै वाच्य हो । यसै गरी खनाल (२०६४ः१८८) वाच्य शब्दलाई वाक्य, उपवाक्यको व्याकरणिक वर्णनमा प्रयोग हुने पद भन्दछन् । उनका विचारमा वाक्यरचनाका सहभागी उद्देश्य, कर्ता, कर्म, विधेय र क्रियापदको एकआपसी सम्बन्ध बदलिएको अवस्था वाच्य हो । वाक्यले जनाएको सांसारिक अर्थ वाच्य बदलिएमा पनि सामान्यतया उही रहन्छ । क्रिस्टल (१९९६ सन् ः ४१३)ले मूलतः क्रियाका सन्दर्भमा वाक्यको व्याकरणिक वर्णन गरिने एक व्याकरणिक कोटिका रूपमा वाच्यलाई लिँदै कर्ता, कर्म र क्रियाबीचको सम्बन्धगतपरिवर्तनलाई वाच्य भनेका छन् । वस्तुतः वाक्य भन्नाले क्रियापदका व्याकरणिक स्वरूपबाट कुनै पदलाई मुख्य बनाउने वचन प्रक्रिया नै वाच्य हो । यसर्थ वाच्य आन्तरिक अर्थ नभएर व्याकरणिक स्वरूपबाट बुझिने अर्थ विशेष हो भन्ने बुझिनु अपेक्षित छ ।
३. वाच्यका प्रकार
माथि २. मा गरिएका चर्चाबाट के स्पष्ट भएको छ भने वाच्यको निर्धारण क्रियापद र नामिक (कर्ता र कर्मः प्रत्यक्ष÷अप्रत्यक्ष) सँगका व्याकरणिक सम्बन्धबाट अर्थात् संगतिबाट हुन्छ । ग्रिसेली, ल्याटिनेली, संस्कृत र नेपाली भाषामा वाच्यको स्वरूप क्रियापदको रूपायनबाट हुन्छ (वास्र्ने १९९७–९८ सन् ः २२९) अर्थात् क्रियापदमा वाच्य र संगतिबोधक रूप लागेर वाच्यको निरूपण हुन्छ†
जस्तै ः(३). संस्कृत क. अहम् ओदनम् पचामि । ‘म भात पकाउँछु ।’
ख. मया ओदनम् पच्यते । ‘मबाट भात पकाइन्छ ।’
(४). नेपाली क. प्रधानमन्त्रीले उद्घाटन गरे ।
ख. प्रधानमन्त्रीबाट उद्घाटन गरियो ।
माथि (३) ख. मा य र (४) ख. मा इ प्रत्यय लाग्नाका साथै रेखाङ्कित नामिक पद र क्रियापदका बीच सङ्गति भएकाले ती ती रेखाङ्कित पद वाच्य भएका छन् । यसरी वाच्यको निर्धारण क्रियापदका व्याकरणिक स्वरूपबाट भएको देखिन्छ तर अर्कातिर अङ्ग्रेजी जस्ता भाषामा चाहिँ वाक्यसंरचनाबाट वाच्यको निर्धारण भएको पाइन्छ ।
जस्तै ः(५) अङ्ग्रेजी
क. एययवब यउभलभम तजभ मययच।
ख. त्जभ मययच धबक यउभलभम दथ एययवब।
यहाँ वाच्य परिवर्तनका क्रममा ख. मा अन्तिमको नाम पदावली कर्म सुरुमा आएको छ र सहायक क्रिया थपिनाका साथै क्रिया भूतकालिक कृदन्त ९एबकत एबचतष्अष्उभि० भएको छ ।
लिम्बू भाषाका वाच्यको निर्धारण पनि संगतिबाट नै गरिएको देखिन्छ ः
(६). लिम्बू क. मना पोगे । ‘मान्छे उठ्यो ।’
ख. आङ्गा पोगाङ् । ‘म उठें ।’
यहाँ अकर्मक क्रिया भएका परिस्थितिमा कर्ता र क्रियामा सङ्गति पाइन्छ । यसकारण क.मा मना र ख. मा आङ्गा वाच्य भएका छन् ।यसरी वाच्य निर्धारणमा दुई किसिमको रणनीति अपनाइएको पाइन्छ ः व्याकरणिक स्वरूप वा रूपायन र वाक्यसंरचना जे जस्तो भए पनि संसारमा भाषामा वाच्य प्रकारहरू चार किसिमका पाइएका छन् ः कर्तृवाच्य ९ब्अतष्खभ खयष्अभ०, अकर्तृवाच्य ९एबककष्खभ खयष्अभ०, कर्तृकर्मवाच्य ९ब्अतययदवभअतष्खभ खयष्अभ० र विलोमवाच्य ९ब्लतष्उबककष्खभ खयष्अभ० ।
३.१ कर्तृवाच्य
९ब्अतष्खभ ख्यष्अभ० कर्ता अर्थात् त्यो क्रिया सम्पन्न गर्न सक्षम छ भन्ने ठानिएका वस्तु बुझाउने नामिक पद क्रियापदका स्वरूप निर्धारणमा सक्रिय छ भने त्यसलाई कर्तृवाच्य भनिन्छ । यसको अर्थ के हो भने क्रियापद र कर्तृक÷साधककर्तृक जस्तो भए पनि उद्देश्यका बीच सङ्गति हुन्छ । 0जस्तै ः
(७) क. ढोका खुल्यो ।
ख. साँचाले ढोका खुल्यो ।
(८) क. मैले ढोका खोलेँ ।
ख. मैले साँचाले ढोका खोलेँ ।
ग. साँचाले ढोका खोल्यो ।
यहाँ (७) का क. र ख. दुवैमा खुल्नु क्रियामा ढोका आफैँ सक्षम वा स्वतन्त्र छ भनेर वक्ताले बताएको छ । यस अर्थमा ढोका व्याकरणिक कर्ता हो । यस ढोका नामिक पदले खुल् धातुका व्याकरणिक कोटिमा नियन्त्रण गरेर ढोका र खुल्यो वा कर्ता र क्रियाका बीचमा सङ्गति भएकाले (७) का दुवै वाक्यमा कर्तृवाच्य छ । यसै गरी (८) का क. र ख. मा म कर्ता हो र यसका व्याकरणिक नियन्त्रणमा खोल्यो क्रियापदको ढाँचा रहेको छ । यसै गरी (८)ग.मा साँचो र खोल्यो क्रियापदमा सङ्गति स्पष्ट छ । यसर्थ म र साँचो व्याकरणिक कर्ता भएका कारण यी तीनवटै वाक्य कर्तृवाच्यमा छन् । यस सिद्धान्तअनुसार निम्नलिखित किसिमका सबै वाक्य कर्तृवाची हुन्छन् ः
(९) क. भाँडो खनियो ।
ख. हुलाकले चिठीपत्र घरमा पु¥याइदिन्छ ।
ग. बाख्राको पाठो तर्सिएछ ।
घ. गोडा सुन्नियो ।
ङ. मलाई टाउको दुख्यो ।
च. तिमीलाई यो टोपी सुहायो ।
छ. फूल वैलियो ।
ज. पछ्यौरी अल्झिएछ ।
झ. म थलिएँ ।
ञ. घर भत्कियो । लिम्बू भाषामा पनि यस किसिमका कर्तृवाच्य पाइएका छन् । जस्तै ः
(१०) क. आन्सा पोगे । ‘मेरो भाइ उठ्यो ।’
ख. आसीक् पोगे । ‘मलाई रिस उठ्यो । ’
यहाँका क.मा मानवीय र ख.मा मानवेतर भाववाचक नाम व्याकरणिक कर्ता भएकाले दुवैमा कर्तृवाच्य पाइन्छ । लिम्बू भाषामा अकर्मक क्रियामा मात्र कर्तृवाच्य हुन्छ । जुनसुकै भाषामा कर्तृवाच्य आधार वाच्य हुन्छ । यस कारण अकर्मक, सकर्मक सबै किसिमका क्रिया (धातु) बाट कर्तृवाच्य बनेको पाइन्छ ।
३.२ अकर्तृवाच्य
९एबककष्खभ ख्यष्अभ० जुन कर्तृवाच्य होइन अर्थात् क्रियापदका स्वरूपको निर्धारणमा कर्ता सक्रिय ९ब्अतष्खभ० नभएमा वा कर्ताअनुसार क्रियापदको व्याकरणिक कोटि नरहेमा त्यसलाई अकर्तृवाच्य भनिन्छ, जस्तै ः
(११) क. यहाँबाट हिमाल देखिँदैन ।
ख. आज रातभर सुतिँदैन । यी दुवै उदाहरणमा कर्ता छैन र क्रियापद पनि कर्ता अनुसार रहेको छैन । कर्ता भए पनि अकर्तृवाच्यमा त्यो मुख्य देखिँदैन, जस्तै ः
(१२) क. बगरेबाट आज सत्रवटा राँगाहरू ढालिएका छन् ।
ख. आफू त मस्तसँग सुतिन्छ ।
यी दुवै उदाहरणमध्ये क. मा बगरे एकवचनको कर्ता भए पनि र ख. मा आफू प्रथम पुरुष कर्ता भए पनि यिनीहरूको नियन्त्रण क्रियामा छैन । यसर्थ यी सबै अकर्तृवाच्य हुन् । यस्ता अकर्तृवाच्य दुई किसिमका हुन्छन् ः कर्मवाच्य र भाववाच्य ।
३.२.१ कर्मवाच्य
९इदवभअतष्खभ उबककष्खभ खयष्अभ० कर्मलाई वाच्य बनाइएमा त्यो कर्मवाच्य हुन्छ । खास गरेर नामिक पद कर्मका व्याकरणिक कोटि (लिङ्ग, वचन, पुरुष, आदर)का निर्देशनमा क्रियापदको व्याकरणिक कोटि रहेमा कर्मवाच्य हुन्छ । यो अकर्तृक (कर्ता नभएको) र सकर्र्तृक (कर्ता भएको) गरी दुई किसिमको हुन्छ । जस्तै ः
क. सकर्तृक कर्मवाच्य जुन कर्मवाची वाक्यमा कर्ता भए पनि त्यसले क्रियापदलाई नियन्त्रण गर्दैन त्यसलाई सकर्तृक कर्मवाच्य भनिन्छ ।
(१३) क. साथीहरूबाट परीक्षा बहिष्कार गरिएन ।
ख. नेताहरूबाट भ्रष्टाचार रोकिएन ।
ग. रेडियो नेपालबाट दिनमा बीसपल्ट समाचार प्रसारित गरिन्छ ।
यी तीनवटै कर्मवाच्यका वाच्यमा कर्ताहरू भएर पनि तिनीहरूले क्रियापदका व्याकरणिक स्वरूपमा नियन्त्रण गरेका छैनन् ।
ख. अकर्तृक कर्मवाच्य कर्मवाच्यका वाक्यमा कर्ता नभएमा त्यसलाई अकर्तृक कर्मवाच्य भनिन्छ । यसका लागि धातुमा इ प्रत्यय लाग्दछ । खास गरेर गरेर कर्ता अज्ञात, स्वतःबोध्य वा अनुमेय छ वा महत्वपूर्ण छैन भन्ने अवस्थामा अकर्तृक कर्मवाच्यको प्रयोग हुन्छ । जस्तै ः
(१४) क. बसमा पैसा चोरिएछ । – कर्ता अज्ञात
ख. आज मासु खुब खाइयो । – खाने म ः अनुमेय
ग. भ्रष्टाचार कहिल्यै रोकिएन । – नरोक्ने कर्ता ः कम महत्वपूर्ण ।
३.२.२ भाववाच्य
९क्ष्mउभचकयलब,ि mष्ममभि यच ःष्मष्यउबककष्खभ० यहाँ भाव भनेर क्रिया (क्रियाको अर्थ) लाई लिइएको छ । अङ्ग्रेजीमा सकर्मक क्रियाको मात्र अकर्तृवाच्य ९एबककष्खभ ख्यष्अभ० हुने हुँदा संस्कृत र नेपालीमा पाइने भाववाच्यलाई अङ्ग्रेजीमा ९क्ष्mउभचकयलब,ि mष्ममभि वा ःष्मष्यउबककष्खभ ख्यष्अभ० भनिएको पाइन्छ । वस्तुतः भाव वा क्रियाले कर्ता र कर्म कसैको नियन्त्रण स्वीकार नगरी आफ्नै स्वरूप लिएमा भाव वा क्रिया प्रधान भई भाववाच्य हुन्छ । भाव वा क्रिया भनेको अमूर्त धारणा हो, यसर्थ यो तृतीय पुरुष, अस्त्रीलिङ्ग, एकवचन र अनादर स्वरूपको हुन्छ । यसमा कर्म हुन पनि सक्छ, नहुन पनि सक्छ । धातुहरू सकर्मक पनि हन सक्छन्, अकर्मक पनि हुन सक्छन् । कर्म छ कि छैन अथवा धातु सकर्मक हो कि अकर्मक भन्ने आधारमा भाववाच्यको स्वरूप बन्दैन, यो त क्रियापदका संरचनामा निर्भर हुन्छ । यसरी भाववाच्य दुई किसिमको देखिन्छ ः सकर्मक भाववाच्य र अकर्मक भाववाच्य ।
३.२.२.१ सकर्मक भाववाच्य
जुन वाक्यमा कर्ता भए वा नभए पनि कर्म चाहिँ छ तर कर्मका व्याकरणिक कोटिअनुसार नभएर भाव वा क्रियाका आफ्नै व्याकरणिक स्वरूपअनुसार क्रियापद तृतीय पुरुष, एकवचन, अस्त्रीलिङ्ग र अनादर स्वरूपको भएमा त्यसलाई सकर्मक भाववाच्य भनिन्छ । यो पनि दुई किसिमको देखिन्छ ः कर्मिक भाववाच्य र अविवक्षितकर्मक भाववाच्य ।
क. कर्मिक भाववाच्य कर्ता भए वा नभए पनि कर्मसहित आएका क्रियाले कर्मलाई वाच्य नबनाएमा चाहिँ त्यसलाई कर्मिक भाववाच्य भन्न सकिन्छ । जस्तै ः
(१५) क. हाम्रा साथीहरूलाई विनाकारण थुनिएको छ ।
ख. मलाई निम्तामा बोलाइएन ।
ग. चौतारीमा रानी भेटियो ।
घ. यहाँ सबै किसिमका सामानहरू पाइन्छ ।
ङ. आफूले त पाँचवटा टपरीहरू गाँसियो ।
च. तँ जाबोेबाट यस्ती दुलही के पालिएला र ?
यी सबै वाक्यमा कर्म भए पनि तिनीहरूले क्रियापदमा व्याकरणिक स्वरूपमा नियन्त्रण गर्न नसकेकाले यी कर्मिक भाववाच्य हुन् ।
ख. अविवक्षितकर्मक भाववाच्य क्रियापद सकर्मक अर्थात् कर्म लिन सक्ने किसिमको भए पनि कर्म नलिएमा र क्रियापदको स्वरूप अकर्मक भाववाच्यको जस्तै भएमा त्यसलाई अविवक्षितकर्मक भनिन्छ । जस्तै ः
(१६) क. खानसम्म खाइयो ।
ख. रातभरि पढियो ।
ग. वरपर देखिएन, के गर्नु त ?
घ. बेहुलाबेहुली अगाडि ल्याइन्छ ।
ङ. आफूले त जितियो ।
यी सबै उदाहरणका खा, पढ्, देख्, जित्, ल्याउ सकर्मक धातु हुन् तर यहाँ यिनीहरूको अकर्मक प्रयोग छ किनभने कर्मको विवक्षा छैन । कर्म नभए पनि वाक्यार्थबोध राम्ररी हुन्छ । यी पूर्ण वाक्य हुन् । यी सबै किसिमका भाववाच्यहरू पनि अकर्तृक र सकर्तृक हुन्छन् । माथि (१३)क.देखि घ. सम्म र (१४)का क. देखि घ. सम्मका अकर्तृक भाववाच्य हुन् भने बाँकी सकर्तृक भाववाच्य हुन् । लिम्बू भाषामा कर्मवाच्य र भाववाच्यको पहिचान गर्न सकिएको छैन । यो सार्वनामिक भाषा भएकाले पनि यस्तो भएको देखिन्छ ।
३.३ कर्तृकर्मवाच्य
९ब्अतय(यदवभअतष्खभ खयष्अभ०कर्ता र कर्म दुवैका व्याकरणिक कोटि लिएर क्रियापदले दुवैलाई समान महत्व दिएमा त्यसलाई कर्तृकर्मवाच्य भनिन्छ । नेपालका किरात समूहका भाषाहरुमा यस्ता वाच्य पाइन्छन् । उदाहरणका निम्ति लिम्बू भाषाको एउटा वाक्य हेरौं ः
(१७) क. आन्सारे आङ्गा हिप्ताङ् । ‘मेरो भाइले मलाई कुट््यो ।’
ख. कुसाहारे आङ्गा मेहिप्ताङ् । ‘उसका छोराहरुले मलाई कुटे ।’
यी (१७) का वाक्यमध्ये क.मा कर्ता आन्सा ‘मेरो भाइ’ र कर्म आङ्गा ‘म’ दुवै छन् र दुवैका वचन तथा पुरुषसङ्केतक रूप पनि भएकाले यसमा कर्तृकर्मवाच्य देखिएको छ । यसै गरी ख. वाक्यमा कर्ता कुसाहा ‘उसका छोराहरु’ बहुवचनमा भएकाल उसका छोराहरु त्यसलाई सङ्केत गर्ने मे र कर्म आङ्गा ‘म’ लाई जनाउने ‘ङ्’ दुवै आएकाले यहाँ कर्तृकर्मवाच्य देखिन्छ ।
३.४ विलोमवाच्य
९ब्लतष्उबककष्खभ खयष्अभ०विलोमवाच्य साधककर्तृक भाषाको विशेषता मानिएको छ । यसमा साधककर्तृकता समाप्त भएर कर्तृकर्मक रचना ९ल्यmष्लबतष्खभ ब्दकयगितष्खभ० हुन्छ । यस किसिमका वाच्यमा क्रियाको सङ्गति कर्तासँग हुन्छ तर क्रिया अकर्मकजस्तै हुनपुग्छ अर्थात् क्रियामा कर्मसङ्केतक रूप हुँदैनन् । नेपालका राई समूह र लिम्बू भाषामा यस्ता वाच्य पाइन्छन् । जस्तै ः
(१८) लिम्बू
क. आ—न् —सा—रे साङ्वेत् चेप्त् —आ —उ म— सम्बन्ध — सन्तान—कर्तृविभक्ति भैंसी काट्नु—भूत—तृ.पु.कर्म ‘मेरा भाइले भैसी काट्यो ।’
ख. आ—न् —सा साङ्वेत् चेप् । म— सम्बन्ध — सन्तान भैंसी काट्नु ।‘मेरो भाइ भैसी काट्ने ।’
ग. आ—न् —सा — हा साङ्वेत् मे — चेप् । म— सम्बन्ध — सन्तान—बहुवचन भैंसी बहु — काट्नु । ‘मेरा भाइहरु भैसी काट्ने ।’
घ. आ—न् —सा साङ्वेत्हा चेप् । म— सम्बन्ध — सन्तान—बहुवचन भैंसी — बहु काट्नु । ‘मेरा भाइहरु भैसी काट्ने ।’
यहाँ (१८) क.मा रहेको साधक कर्ता आन्सारे ख. मा निर्विभक्तिक भई आन्सा निरपेक्षकर्तृक भएको छ भने क.का क्रियामा रहेको कर्मसङ्केतक —उ पनि हटेको छ । यस्तै ग.मा कर्ता बहुवचनमा हुँदा क्रिया पनि बहुवचनमा आएको छ यस्ता रचनालाई विलोमवाच्य भन्ने गरिन्छ । यस्ता विलोमवाच्यमा क्रिया सकर्मक हुन्छ, ख., ग. र घ.मा जस्तै साधककर्ता बनाउने विभक्तिको लोप हुन्छ र क्रियामा संगति चाहिं ग. र घ.मा जस्तै कर्तासँग हुन्छ ।
सन्दर्भसूची :
अधिकारी, हेमाङ्गराज २०४९, समसामयिक नेपाली व्याकरण, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।
खनाल, चक्रपाणि २०६४, भाषाविज्ञान कोश, विराटनगर ः सरस्वती प्रकाशन ।
न्यौपाने, टङ्कप्रसाद २०६२, मानक नेपाली व्याकरण र कार्यमूलक लेखन, विराटनगर ः श्याम पुस्तक भण्डार ।
पोखरेल, बालकृष्ण २०६३, नेपाली व्याकरण शारदा, विराटनगर ः शान्तादेवी पोखरेल ।
पोखरेल, माधवप्रसाद २०५४, नेपाली वाक्य व्याकरण, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
Varshney, R.L. 1997—98. An Introductory Text Book of Linguistics and phonetics.
Barailly : Student Store.Whaley, Lindsay J.1997. Introduction to Typology. London :SAGE Publication .
(स्रोत : लाइक जर्नल, वर्ष-४, अङ्क-३, वि.सं.२०६८ माघ, पृष्ठ ४१-४७ बाट साभार)