~उमेश सामिप्य कान्छा~
म देख्छु मेरो देश…
एउटा खाडल बाट निस्केर…
अर्को खाडलमा फस्दैछ…
पहिले खाडल बाट निकाल्ने हरु…
कोही थला परेका छन्…
कोही बसाई सरेका छन्…
अनि जो रमिता हेर्दै थिए…
उनीहरु “ठुला” भएका छन्…
त्यसैले सायद मेरो देश…
आँसु बगाउँदै…
एउटा खाडल बाट निस्केर…
अर्को खाडलमा फस्दैछ…
मेरो देशको इतिहासमा…
युद्धको दाग लाग्यो…
सत्ताको लुछाचुडी…
कुर्सीको भाग लाग्यो…
पिडा सहन नसकेरै सायद…
आलो चोट समाउँदै मेरो देश…
एउटा खाडल बाट निस्केर…
अर्को खाडलमा फस्दैछ…
(स्रोत : रचनाकारको ब्लगबाट सभार)