कविता : निलो सवारी रातोबत्ति र जीवनका झाँकीहरू

~नरेश सुनुवार~

स्नायुहरूले राग उचालेर
तन्तुहरू सलबलिदा
सनक रन्केर इडिपसग्रन्थि बौलाउँछ
मुर्तिलाई पनि मान्छे देख्छ आँखाको भ्रमले
होस गुमाउँछ दिमागले
र, नाच्दछ जङ्गली नाच आगोको रापहरूमा
निर्देशित बौलाहा झोलको फन्दाले
नत्र कुण्ठितर् इच्छाका मातहरू
अन्त कतै पोखिन्छ शक्ति बनेर/रोग बनेर
जसलाई हामीले चिन्न सकिन्छ
तर….. सैद्घान्तिक ज्ञान हुनुपर्दछु
यसै भन्दछन् सिग्मण्ड फ्रायड

क्षितिज निलो
समुन्द्र निलो
धर्ति निलो
तेहाँबाट निस्कने प्रकाश र बायु निलो
तेसैले वातावरण नै लाग्दछ निलो
आदर्श निलोर्
दर्शन निलो
विचार निलो
दृष्टि निलो
हरियो विचार बोकिने टैङ्क भित्र
रङ्ग मिसिएको छ निलो
तेसैले निलो मसि लत्पतिएर
निलो शब्दहरू कोरलेर
कविता लेखिन आईपुगेका छन्
निलो कलम र खाली पानाहरू
यो कविको हातमा
अब लेखिनेछन् निला कविताका हरफहरू,

बाइबलमा अक्षरहरू नलेखिदै
अदन बगैचामा फलेको फल खानु पहिल्यै
मानव सृष्टि भयो आदम र्रर् इभको नामले
एउटा बर्जित फल
जो खानको निम्ति निषेध गरिएको थियोर्
र्सपको बखानबाट प्रेरीत भईर्
इभ र आदमद्वारा बर्जितफललाई खाने काम भयो
तेहिबाट बोध भयो निलो जीवन र कामुकता
र, सुरु भयो निलोक्रिडा
तेही क्रिडाबाट उत्पादित प्रतिफलहरूले
यि मानव सागरहरू निर्मित भए
हामी त्यसैको एउटा अंश भयौं
बस, यही भन्दछ बाईबल
र, पुनः चेतावनि आदेश जारी गर्दछ
अपवित्र रास्लिला पाप हो,

महाभारतको कथा नलेखिंदै
जन्मिएका द्रौपदी-पाण्डव र कौरवहरू
राम-सिता र रावणहरू
राधा-कृष्ण र विष्णुहरू
महादेव-सतिदेवि र नारदहरू
यिनै हुन् महान पात्रहरू
जस्का अपवित्र यौनक्रिडा, मैथुन र रासलिलाकै लागि
भयानाक युद्घहरू भए
तिनै निला कुरालाई पवित्र कथा मानेर
तेसकै एउटा अंशियार हो
यो मानव जगत
यही बोल्दछन् हिन्दु पुराणहरू
र निषधाज्ञ जारी गर्दछन्
परस्त्री, परपुरुषसँगको रासलिला महापाप हो,

अब, ती निला कथाका परिदृश्यहरू
तथ्य बन्दै हाम्रो सामु उभिएका छन्
अनि देखिन्छन्
सुनिन्छन्
पढिन्छन्
प्रमुख शिर्शक बनेर
समाचारका पाना, पर्दा र माईकहरूमा
क्लीनन्ट्न-मोनिका र क्यमिलापार्करहरू
डायना-डोडी, माइकलज्याक्सन र मेडोनाहरू
नमिता, सुनिता र श्रीषाकार्कीहरू
एडिसनचान र गिलियन चानहरू
कतै दुःखका कतै सुखका
कतै घृणाका कतै मनोरन्जनका
यि निला जीवन र समाचारहरूकार्
दर्शक श्रोता बनि सकेका छौं हामी
साधक र पाठक भै सकेका छौं हामी
एउटा असल फेन भैसकेका छौं हामी,

म देख्दछु, सुन्दछु
र, महसुस गर्दछु
के दिन
के रात
चौविसै घण्टा
बलिरहने
सल्कीरहने
रातो बत्ति
निलो जीवन
अनि यो सभ्य सहर
आधुनिक सम्पन्न सहर
बेफर्ुसदिलो व्यस्त सहर
सडक किनार र पेटीहरूमा
कर्ुर्सर्ीी बसिरहेका बुढिमान्छेहरू
जो ग्राहकको ब्यग्र प्रतिक्षामा छन्
ओहोरदोहोर गर्ने प्रत्येक पुरुषसँग आग्रह गर्दछन्
लोर्साई ! ह्याउ लेङलोई, सिहा…..
हउ् फेङ्ती, यापलाई…….,

अलि पर
रङ्गीन पोशाकमा सजिएर सुन्दरीहरू
विज्ञापन गरेर स्वयं सडकहरूमा
अवैध घोषित निलो ब्यापार जो छ
बिना पसल
फिजाएर आफ्नो अर्ग्यान
सडकका गल्ली-गल्लीहरूमा
ग्रहाक बटुलेर
आँखा र हातकार् इशाराको भरमा
आफ्नो भाडा र मूल्य छिनोफानो गर्दछन्
र असुल्छन् इजी मनी
केही मिनेट र घण्टाको भरमा,

सडकका चौरस्ताहरूको मध्ये भागमा
ठिङ्ग उभिएका ट्राफिक सिग्नलहरूले
जसरी नियन्त्रण गर्दछन्
खचाचख सवारीहरू
सल्केर- हरीयो, पहेलो, रातो बत्तिहरूले
तेसरी नै यी शहरहरूमा
उत्तेजित इडिपसग्रन्थिका भिडहरू
जो आफैमा
असन्तुष्ट छन्
अतृप्त छन्
अनियन्त्रित छन्
एकाएक नियन्त्रण गरिदिन्छन्
रातो टयुवलाईटहरूले,

रातो टयुवलाईट
जो हार्दिक स्वागत गर्दछ प्रत्येक ग्राहकहरूलाई
कुनै दिन असन्दिग्ध ग्राहक वन्न पुग्दछन्
नदीम रजाक र महम्मद आलमहरू
उत्तेजित मैथुन हलालमा परिणत हुन्छन्
मुत्यु बरण गर्छन मिस चे मिङ लानहरू
र, मुख्य समाचार बन्नेछन् अखबारहरूमा
पुनः दर्शक, श्रोता, पाठक बन्नेछांै हामी
अशल साधक वा फेन भैसकेका हुनेछौं हामी
यी अपराधी तथ्य निला कथाहरूका,

तर… सवारीहरू रोकिनै छैनन्
यी सडकहरूमा
रातो ट्यूवलाईहरू निभ्ने छैनन्
यी सहरहरूमा
निरन्तर चलिरहनेछन्
निलो व्यापार
फस्र्टाई रहनेछन्
इजी मनीको ब्यापार
र, घटित भैरहनेछन्
अपराधका रोचक क्लाईमेक्स र झाँकीहरू ।

– नरेश सुनुवार, हङकङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.