कथा : सपना

~इस्माली~

उनीहरू अर्थात् क्रान्ति, विप्लव, सङ्ग्राम र विकल पर्चापोस्टर लेख्न व्यस्त थिए क्रान्तिको कोठामा । विप्लवले यतिञ्जेलसम्म पाँच वटा चार्ट पेपरमा ‘नयाँ जनवादी क्रान्ति— जिन्दावाद’ लेखिसकेको थियो ,त्यो पनि पाँच किसिमको लिखतमा । कुनैमा देब्रे हातले लेख्थ्यो त कुनैमा दाहिने हातले त कुनैमा कुनै अक्षर देब्रेले त कुनै दाहिनेले । विकलको कुरो बेग्लै थियो,मार्करले लेख्दा र बलपेन वा डटपेनले लेख्दा अक्षरै बेग्लै हुन्थ्यो,कसैले भेउ नै पाउँदैनथ्यो । सङ्ग्रामको अक्षर छापाको जस्तो थियो ,कसैले शङ्कै गर्दैनथ्यो । क्रान्तिको अक्षर थियो कागले छेरेजस्तो,कापीमा पनि र चार्टपेपरमा पनि । लेख्न त उनीहरू सबले सब किसिमका नारा लेखे — नयाँ जनवादी क्रान्ति जिन्दावाद,यथास्थितिवाद मुर्दावाद,नव संशोधनवाद मुर्दावाद,साम्राज्यवाद मुर्दावाद,विस्तारवाद मुर्दावाद,जनताको शक्ति जिन्दावाद,देशका जनता एक होऔँ आदि । लेखेर सुकेकाजति चार्टपेपर उनीहरूले छ्यासमिस पारेर मिसाए अनि कसले लेखेको भनी चिन्ने प्रयास गरे । कुनै ठ्याक्कै चिनियो ,कुनैमा झुक्कियो तर क्रान्तिले लेखेको भने ठ्याक्कै चिनियो । क्रान्तिले खुशी हँुदै भन्यो,“ देख्यौ त, मेरो लिखत कति युनिक छ ! ”

“त्यो त हामीले मानेकै छौं नि, क्रान्ति कमरेड ।”अरुहरूले एकै स्वरमा भने । त्यसपछि उनीहरूले ती पोष्टरहरू सबै लिखत सबै पोकामा पर्नेगरी तीन भाग लगाएर बेग्लाबेग्लै मुठा पारे । अनि दराजको चेपमा लुकाए । त्यसपछि राति नौ बजे भेटने भनेर उनीहरू छुट्टिए । क्रान्ति भान्सामा गयो । भात पाकेको थिएन । फेरि कोठामा फक्र्यो । उसको आँखा दराजको चेपमा भर्खरैमात्र राखेको पोष्टरमा अडियो । ती पोष्टरको सम्झनासँगै उसको मनमस्तिष्कमा वर्षौ अघिको एउटा दिन सजिव भएर ओर्लियो — तिनताका  पनि उनीहरू चार जना थिए । ऊ, भवनाथ,बिन्देश्वर र कन्हैया । क्याम्पसमा पढथे र एउटै डेरामा बस्थे । उनीहरू एउटै सेल कमिटिमा आबद्ध थिए । सेल कमिटिका संयोजक थिए — पदम । तर पदम उनीहरूसँग बस्दैनथे,कक्षा लिने बेलामा टुप्लुक्क आइपुग्थे ,कक्षा लिन्थे र हिडिहाल्थे । ए

क दिन पदमले भने,‘ सबै कमिटिले आआफ्नो क्षेत्रमा प्रचारात्मक पोष्टरपर्चा गोप्य रुपमा छर्नेटाँस्ने काम साता दिनभित्र गर्नू भन्ने पार्टीको सर्कूलर छ ।’ यो काम नगर्ने समितिलाई पार्टीको सदस्यता नदिइने,सदस्य बनिसकेकालाई सस्पेण्ड गरिने उर्दी पनि उनले सुनाए । उनीहरू बडो उत्साहका साथ पोष्टर लेख्न लागे । चार्ट पेपरकोझैँ ठूलाठूला पाना भएका पुराना पत्रिकाहरूमा गाढा रातो रङले परैबाट पढन सकिने अक्षरमा पार्टीले तोकिदिएको नाराहरू लेखे —सामन्तवाद मुर्दावाद,राजतन्त्र मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ..आदि । तीनचार दिन लगाएर उनीहरूले तीस वटा जति पोष्टर तयार पारे । टाँस्न हिँडने भनी तोकिएको दिन आए पछि अचानक उसलाई ज्वरो आइदियो,कामजरो । हिँडनेबेलामा उसको अनुहार तामाझैँ रातो भएको र ओठमुख काँपिरहेको देखेर कन्हैयाले सोध्यो,‘क्रान्ति,तिमीलाई सञ्चो छैन कि क्या हो ?’

भवनाथले निधार छाम्दै भन्यो, ‘ए , हो त ! साथी तिमी कोठैमा बस ।’

ऊ झनझन काँप्न लाग्यो । काँप्दै सोध्यो, ‘अनि मेरो सदस्यता ?’

‘त्यसको जिम्मा म भएँ । यस काममा तपाईँको पनि त योगदान छ नि ।’ समूह नेता पदमले भने । र ऊ थर्थरी काँप्दै कोठैमा बस्यो । त्यो रात पनि औँसीकै रात थियो । ढोका ढ्याम्म पा¥यो तर भित्रबाट छेस्किनी लगाएन, साथीहरू कतिखेर फर्कने हुन् ,मस्त निदाएको बेला प¥योभने के गर्नु साथीहरूलाई अप्ठ्यारो पर्छ भन्ठानेर । कोठामा त बस्यो तर निदाउन सकेन,घरिघरि काँप छुटिरहन्थ्यो ।

तिनताका देशमा पञ्चायती राज्यको अधिनायकी शासन थियो ,पढने कलेजमा मण्डले विद्यार्थीहरूको चकचकी थियो । पञ्च हुन नचाहनेहरू सबै अ.त.मा दरिन्थे । गाँउ शहर सबैतिर पञ्चहरूको दबदबा थियो । नहुनेहरू त त्यसै नहुने भैहाले ,कतिपय हुनेखानेहरूले पनि चैनको सास फेर्न पाएका थिएनन । समाजमा मुठ्ठीभर मान्छेलाई मात्र सुखचैन र ऐशोआराम मिलेको थियो । यस्तो विभेदले उसको मन भतभती पोल्थ्यो । त्यसैले ऊ बहुजन सुखाय बहुजन हितायको सपना देख्न थाल्यो । अनि ऊ आफूजस्तै सपना देख्ने साथीहरूको खोजीमा लाग्यो । बल्लतल्ल गोडा दुएक साथी भेट्यो । ती भन्थे — सर्वे भवन्तु सुखिन,सर्वे सन्तु निरामया । तर कोठामा न भात पकाउन अघि सर्थे न भाँडा माझ्न । श्रमै नगर्नेले कसरी सुख देलान र भन्ने लागेर तीसँग सहकार्य गर्न उसको मनले मानेन । ऊ मनमिल्दा साथीको खोजीमा फेरि पनि भौंतारिन थाल्यो र बल्लतल्ल भेट्यो भवनाथ र कन्हैयालाई । कन्हैयाले भेट्यो बिन्देश्वरलाई र भवनाथले फेला पा¥यो पदमलाई । र यसरी थालनी भयो उनीहरूको सहयात्रा । यो सहयात्राले उनीहरूलाई डो¥यायो पार्टी सङ्गठनसम्म । साथी र सङ्गठनको न्यानोमा कुन सड्को ऊ स्वप्नलोकमा विचरण गर्न थाल्यो पत्तै पाएन । यो स्वप्नलोकको यात्रा शुरुशुरुमा त उत्साहप्रद नै रह्यो ।

एक अँगालो पोष्टर बोकेर ऊ दिउँसै जण्ड घाममा किसान र श्रमिक बस्तीमा हिँडेको थियो पोष्टर टाँस्न । किसान मजदुरहरू निकै उत्साही भएर टाँसेको पोष्टर हेर्दै थिए । बाटामा एक जना प्रहरीसँग पनि भेट भयो उसको । प्रहरीले खुशी हँुदै हात मिलाउँदै सचेत गरायो,‘ गुप्तचरको फेला परिएला,होश गर्नू ।’

‘हवस ’भन्दै ऊ अगाडि गयो । एक ठाउँमा पोष्टर टाँस्दाटाँस्दै टोलका मान्छेहरू उसका वरिपरि जम्मा भए र सोधे,‘ यो के टाँसेको ? के लेखेको छ यसमा ? हामी त अक्षर जान्दैनौँ ,तपाईँले नै अथ्र्याइदिनुस ।’ त्यसो भनेपछि ऊ अथ्र्याउन थाल्यो — आज देशमा जताततै अन्यायअत्याचार बढिरहेको छ । गरिबदुःखीको थाप्लोमा झनझन दुःखको पोको थपिँदो छ ,मुठ्ठीभर धनीमानी र राजारजौटाहरू हामी गरिबदुःखीका रगत पसिनामा पौडि खेलेर हामी उपर नै रजाइँ गरिरहेका छन् …भन्दै अथ्र्याउँदै थियो एउटा भुसतिघ्रे पाखुरा सुर्कँदै उसको अघिल्तिर आयो र सोध्न थाल्यो ‘ए के भनिस् ? बडो नेता हुन खोज्दो र छ । कसलाई भनिस पौडि खेल्ने ?’ त्यो भुसतिघ्रेले उसको कठालोमा समाउन खोज्यो । सहयोगका लागि उसले आफ्नो वरिपरि उभिएकाहरूतिर हे¥यो । सबका सब छिनैमा नदारद भइसकेका थिए । उसले प्रतिरोधमा सफाइ दिन खोज्यो तर बोली नै निस्केन । भाग्न खोज्यो, खुट्टै सरेन । गुहार माग्दै चिच्यायो ।र आफ्नै चिच्याइले उ तर्सिँदै ब्यँुझियो ।

पसिनाले लथपथ भएको रहेछ ऊ । ‘छिः के सपना देखियो !’ स्वगत भन्यो । ओछ्यानबाट उठ्यो । वल्लोपल्लो खाटमा हे¥यो । साथीहरू अझै आइपुगेका थिएनन । समयको भेउ पाउन नाडीको घडी हे¥यो । अँध्यारोले घडीको सुई ठम्याउन सकेन । बत्ति बाल्यो । फेरि घडी हे¥यो । बाह्र बजेको रहेछ । ‘कि समातिए त ?’ यो शङ्काले फेरि कम्प छुटन खोजेजस्तो भयो उसलाई । साहस बटुलेर बाहिर निस्क्यो ऊ । न आउँदै पो छन् कि भनेर वरपर ,यताउति हे¥यो । थिएनन । बाथरुम गयो । फक्र्यो र फेरि ओछ्यानमा पल्ट्यो । उसको मनमस्तिष्कमा भर्खरै देखेको सपना रिङिरह्यो । त्यसैमा रिङदारिङदै ऊ फेरि त्यही लोकमा विचरण गर्न थाल्यो ।…ऊ कोठामा बसिरहेको थियो । अचानक ढोकामा कसैले ढ्याकढ्याक ग¥यो । त्यसपछि त्यो मान्छेले आफैं ढोका खोल्यो । पल्लो घरमा बस्ने युवक रहेछ । ‘आउनुस न भित्रै ।’ स्वागत गर्दै भन्यो उसले । युवकले ढोकैबाट भन्यो ,‘तपाईँसँग सानो काम छ । एकैछिन आउनुस त ।’ ऊ बाहिर निस्क्यो । तर बाहिर निस्कँदा त्यो युवक थिएन । ऊ अझ बाहिर निस्क्यो । बाहिर गल्लीमा धेरै जना मिलेर त्यसैलाई कुटिरहेका थिए । साइरन बजाउँदै प्रहरीको गस्ती गाडी आयो र त्यसलाई समाएर तान्दै भ्यानमा हाल्न खोज्यो । त्यसले कराउँदै प्रतिवाद ग¥यो ,‘ म होइन ,म होइन ।’ र ऊ झस्किँदै बिउँझियो । हेर्छ त साथीहरू मस्त निदाइरहेका छन् । ऊ हत्तपत्त उठ्यो । बिहानीकर्मबाट निवृत्त भएर हातमुख धोयो । साथीहरूलाई मिठो चिया ख्वाउँछु भनी चिया बनाउने तरखरमा लाग्न खोज्यो । चिनी रहेन छ । चिनी लिन पसल जान भनी बाहिर निस्क्यो । बाहिर गल्लीमा हल्लीखल्ली रहेछ । मन्दिरमा आएकी श्रद्धालु महिलाको गलाको सिक्री लुछदै गर्दा समातिएको केटालाई मान्छेले कुटेर थङथिलो पारेका रहेछन् र प्रहरीको भ्यान पनि आएको रहेछ । अभियुक्त केटो जोडजोडले चिच्याउँदै प्रतिवाद गर्दै ऊ अझै पनि म होइन म होइन भन्दै रहेछ । सपनाको यो सँगतिले ऊ एक छिनसम्म जिल्ल परेर त्यहीँ उभिइरह्यो ।

प्रहरीले त्यो केटोलाई समातेर लगेपछि चिनी लिएर ऊ कोठामा फक्र्यो र चिया बनाउन लाग्यो । चिया खाँदैखुवाउँदै उसले साथीहरूलाई रातिका दुबै सपना सुनायो । साथीहरूमा दुई जना त अझै पनि उठेका थिएनन्,कन्हैया र भवनाथले पनि पोष्टर टाँस्दै गर्दा पुलिसले खेदेको सपना देखेछन् । उनीहरूको कुरो सुनेर उठदै गरेको पदमले भने ‘यो मनोवैज्ञानिक प्रभाव हो । हामी निषेधित कामकुरो गरिरहेका छौं,कसैले देख्छ कि पकडाउ परिन्छ कि भन्ने एक किसिमको चर्को डर पनि छ हाम्रो मनभित्र । त्यसैले त्यस्तो सपना देखिन्छ । हाम्रो सबभन्दा ठूलो शत्रु डर हो ,मनको डर । हामीले त्यसलाई नियन्त्रण गर्नसक्यौं भने यस्ताखाले समस्या स्वतः कम हुँदै जान्छ ।’

पदमको मुखमा एक छिनसम्म हेरिरह्यो क्रान्ति ।

पछिपछिको त्यस्तो कार्यक्रममा जाँदा क्रान्तिलाई पहिलेजस्तो डर लागेन । मनको डरलाई उसले विभेदरहित समाज बनाउने र बहूजन हिताय बहूजन सुखायको सपनाले जित्यो । यही सपनालाई विपना बनाउन ऊ निरन्तर लागिरहेको छ । यो अभियानमा उसले बुर्जुवा पढाइ पनि त्यागिदियो,हँुदाखाँदाको जागिर पनि राजिनामा ग¥यो र सङ्गठनको पूर्णकालीन कार्यकर्ता बन्यो । जनयुद्धमा पनि होमियो । उसका कतिपय साथीकमरेडहरूले शहादत प्राप्त गरे त्यही युद्धमा । ज्वाला र वामिका त उसको आँखामा अहिले पनि झलझली नाचिरहन्छन् । घरिघरि उनीहरूले सोधिरहेझै लाग्दछ,‘क्रान्ति कमरेड, के हामीले थालेको क्रान्ति पूरा भयो ? के हामीले देखेको सपना विपना बन्दै गरेको अवस्था हो अहिले ?’ ऊ निरुत्तर हुन्छ । के जवाफ देवोस..शहिद आत्मालाई कसरी भनोस कि हाम्रा अगुवा कमरेडहरूले जनवादी क्रान्तिप्रति विश्वासघात गरेका छन् र पूँजीवादी क्रान्तिसँग आत्मसमर्पण गरेका छन् ..। निम्नमध्यमवर्गीय परिबार ,सीमित आयस्ता, आमाबाबुले आश गरेको छोरो ऊ ! आमाबाबुको मनमा क्रान्तिप्रति मोह भएरै त उसको नाम क्रान्ति राखिदिएका होलान । यस अर्थमा उसले तिनको भावनाप्रति न्याय नै गरेकोजस्तो लाग्छ उसलाई । लागेकै हो आन्दोलनमा तर नेताहरूले पटकपटक धोखा दिएर उसको सपनालाई गोलपोष्टबाट आउटपोष्टतिर हुत्याइरहेका छन् र पार्टीमा पटकपटक विभाजन आइरहेको छ । तर हरेक विभाजनमा ऊ अपेक्षाकृत क्रान्तिकारी पार्टीमै लागेको छ ।

अहिले पनि ऊ क्रान्तिकारी पार्टीमै छ । उसको पार्टीलाई अरुहरू जडवादी पार्टी भन्ने गर्दछन् ,कोहीकोहीले उग्रवादी पार्टी पनि भनेका छन् । समय धेरै अगाडि बढिसक्यो । अब सयडेढसय वर्ष अगाडि स्थापित भएको विचारले क्रान्ति सम्भव छैन भन्छन् जानिफकारहरू । तर उसको पार्टीका नेताहरूले त्यस्तो विचारलाई खारेज गरिरहेका छन् । क्रान्तिको सम्बल भनेकै वर्ग संघर्ष,द्वन्द्वात्मकता र सर्वहारा नायकत्व हो भन्नेमा पार्टीका अरु साथीझैँ ऊ पनि विश्वस्त छ । तर सारथीहरूको आचारव्यवहारले जनताको मन रामरी जित्न नसकेको उसलाई लागिरहेको छ । त्यसैले क्रान्तिको सपना पनि परपर हँुदै गइरहेको छ ।

साथीहरू आइपुगेका छन् । साथीहरूको उपस्थितिले ऊ फेरि पनि विगतबाट बर्तमानमा ओल्र्यो । भान्सामा पसेर माडिको डेक्ची लिएर आयो । हालैको विभाजनले कार्यकर्ता र आम जनतामा झुल्किन लागेको निराशालाई हटाउन पार्टीले केही कार्यक्रम ःल्याएको थियो । पोष्टरिङको यो कार्यक्रम त्यसको पहिलो सृङ्खला थियो ।

उनीहरू तीतीनजनाको तीन समूहमा बाँडिए । तीन वटा पोलिथिन झोलामा माडि पनि बोके । तीन वटै समूह बेग्लाबेग्लै क्षेत्रतिर लागे । औँसीको अँधेरी रात थियो । सडकमा कतैकति मात्र बत्ती बलेको थियो । त्यसैले यो अँध्यारो उनीहरूका लागि सहयोगी नै थियो । कतैकति भुस्याहा कुकुरहरूले झम्टिन खोज्थे । क्रान्तिसँग थिए अग्नि र जीवन । निर्दिष्ट क्षेत्रमा पुगेपछि क्रान्तिले साउतीको स्वरमा भन्यो,“लु यहीँबाट टाँस्न थालौँ ।” र ,पहिलो पोष्टर ऊ आफैँले टाँस्यो । टर्च बालेर हे¥यो । राम्ररी र सुल्टै टाँसिएको रहेछ । उसले पोष्टरको लिखत पनि पढ्यो — नयाँ जनवादी क्रान्ति जिन्दावाद । “मैले नै लेखेको पोष्टर पो परेछ ! ” पुलकित हँुदै क्रान्तिले भन्यो र उनीहरू अँध्यारामा अगाडि लम्के ।

हिँडदाहिँडदै जीवनले रहस्यात्मक शैलीमा भन्यो,“अहिलेको यो प्रचार अभियानका लागि प्रत्येक टोलीलाई पपन्द्र हजार दिएको छ रे पार्टीले,विप्लवले लिएको छ रे पैसा त ।”

“तर विप्लवले त त्यस्तो केही भनेन । कागज, मसी,कलम सबै मैले नै चन्दा उठाएको पैसाले किनेको हँु । उब्रेको दुई हजार अझ मैसँग छ । ” भन्दै क्रान्तिले सोध्यो,“तिमीले कसरी थाहा पायौ ?”

“किसन कमरेडले पाँच वटै टोलीको नेतालाई आफ्नै हातले दिएको । मेरो काका पनि त्यहीँ हुनुहुन्थ्यो ।” जीवनले भन्यो ।

क्रान्तिको मनमा चिसो पस्यो,‘पन्द्र हजार जाबोमा त साथीहरू बेइमान बन्न शरम मान्दैननभने..यस्ता साथीहरूको जमातले के को क्रान्ति गर्छ ?’उसले विप्लवलाई सबै साथीका मुखेञ्जी ¥याख¥याख्ती पा¥यो ।

“पैसा विभिन्न काममा खर्च भएको छ ,त्यसको हिसाब भाृेलि दिन्छु म ।” विप्लवले भन्यो ।

भोलिपल्ट अर्को समुहको पत्रिकामा वक्तव्य छापियो — विप्लव कमरेड पुरानो पार्टीमा फर्कनु भयो ।

पत्रिकाको समाचार पढेर क्रान्ति र अरु साथीहरूले सन्तोष मान्दै भने,“पार्टीमा क्रान्तिको सपना बिथोल्ने त्यस्तो साथी रहेकोभन्दा गएकै जाति । ”

“सपना बिथोल्नेहरू ”आक्रोशवश क्रान्तिले भट्यायो ।

साथीहरूले स्वर दिए — मुर्दावाद ।

क्रान्ति जोस्सिँदै करायो ,“हाम्रो सपना …

साथीहरूले स्वर दिए, “ जारी छ ।”

क्रान्ति जोस्सिँदै करायो ,“हामी सपना …

साथीहरूले स्वर दिए, “ साकार पार्छौं ।”

०००

(स्रोत : कथाकार इस्मालीको कथासंग्रह “श्रीको खोजि”बाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.