कथा : शुन्य कथा : जीवनको

~अन्वेश राई थुलुङ्ग~

के हुन्छ वास्तविक जीवनको अर्थ ? कुन शास्त्रमा छ यसको अर्थ ? छ कोहि दार्शनिक जो बताउन सक्छ कि जीवन वास्तवमा यो नै हो भनेर । तर वास्तविक अर्थमा जीवन जहिल्यै व्यक्तिगत हुँदोरहेछ । जे तपाई बाँच्नुहुन्छ त्यहि हो जीवन । जसरी बाँच्नुस, जीवन यो भन्दा बेसि सत्य होइन । एकप्रकारले मान्नुस् जीवन साम्यवाद हुनै सक्दैन । भन्छन् मृत्यु चाहिँ शाश्वत सत्य र साम्यवाद पनि हो । मान्नुस् या नमान्नुस् मृत्यु पनि साम्यवाद हुन सकिरहेको छैन, वास्तविक साम्यवाद भएर पनि । यो कथा त्यस्तै एक पात्रको हो ।

यो पेटि त्यहि हो जहाँ उ हररात आफ्ना दिनको अन्त्य गथ्र्यो, पिएर मस्त निदाउदै । खोइ कस्तो सपना देख्थ्यो उसले यो ओछ्यानमा, थाहा छैन । कसैले नसोधेसम्म उसले भनोस् पनि कसरी । तर आकाशका ताराहरु भने हामीजस्तै नै देख्दो हो । हर साँझ आफ्नो दिनभरको भारी बोकेको कमाईको पैसा फेरी अर्को दिन बाँच्नलाई खाना र रक्सीमा सक्थ्यो । यहि थियो उसको दिनचर्या ।

आज म यहि पेटिमा शुन्यता देखिरहेछु । जस्तो कि छोरीले माइताबाट विवाह गरेर गएपश्चायतको उसको कोठा । मैले धेरै दिनदेखि भरिया माईलालाई देख्या छैन । कहिलेकाहिँ रातको शितलता जब म धुमपानको लागि छतमा निस्कन्थे तब मस्त निदाएको भरिया माईलालाई देख्थे । कति शान्त हुन्छ मान्छेको निन्द्रा । मान्छे जति ठुलो भएपनि उसको निन्द्रा जहिल्यै नाबालाक हुँदोरैछ यस्तै आभाष हुन्थ्यो । भरिया माईला निदाएको म घन्टौँसम्म हेर्थे । कहिले यताउता गर्थे । कहिले थुक निल्थे, कहिले लामो निश्वास लिन्थ्यो कहिले दुइ घुँडाबिच आफ्नो दुवै हात च्यापेर त कहिले दुबै हात एकदम टाउकाले च्यापेर सुत्थ्यो । एकदिन निदाउदाँ निदाउदै भरिया माईला अचानक चिच्याउँदै ब्युँझिए । सायद नराम्रो सपना देखेको हुनुपर्छ लगत्तै उ रुन पो थाल्योे । कुकुरहरु भुक्न थाले तर पनि उ नतर्सि रोइरहेको थियो । मलाई पनि नराम्रो लाग्यो । तर मलाई नराम्रो मात्र लाग्यो । छेउमा गएर न त मैले रुनको कारण बुझ्न महत्वपुर्ण सम्झे न उसलाई फकाउन नै । मैले त्यहि गरे जो यो शहरका अधिकांस मानिसहरु गर्छन्, तमासा हेर्ने । त्यहि रातको भोलिपल्टका रातहरुबाट उ अभाव छ । पुरै एक हप्ता भयो मैले उसलाई कहिँ देखेको छैन ।

मंगोलियन जीउडाल, वर्ण, जातको भरिया माईला सायद साठी वर्ष जत्तिको हुनुपर्छ उसका गालाका चाउरीका मुजाहरु हेर्दा । ननुहाएको, कपाल नकोरेको, मुख नधोएको, कपडा नफेरेको र जुत्ताचप्पल नलगाएको हर्दा लाग्थ्यो सायद हरेक वसन्तहरुमा उ मैलोको पत्रमा ढाकिन्थ्यो जस्तो कि बोटबिरुवाको पालुवाहरु । तर यहि त थियो नी उसको सम्झना, हाम्रा मनमस्तिष्कमा । ढिलो, एकोहोरो, अलि गोथेजस्तो देखिएपनि उसको मुस्कानमा भने साँच्चै देउता बसेको हुनुपर्छ । हाँस्दा एकदम नाबालाक जस्तो हाँस्थ्यो र जसको अगाडि हाँस्थ्यो जस्तै रिसाएकाहरु पनि हासिँदिन्थे तब त उरन्ठेउलाहरु उसलाई हसाँएर हैरान पार्थे आफुलाई हाँस्नलाई भनेर । तर पनि उ हाँसिदिन्थ्यो । आफ्ना गोथे तालमा…हुँम….हुँम….हुँम….।

टोलका बुढापाकाहरुले सुनाउँथे । उसको गाउँको एकदमै धनी मान्छे रे भरिया माईला । परिवारमा उ मात्रै एक्लो छोरा रे । उसको बाउ, हजुरबाउ, जिजुबाउसम्म एकैजना मात्र सन्तान थिए रे । धन हुनेलाई जनमा दैवले ठग्छ भन्थे त्यस्तै थियो रे माईलाको जीवन । माइला जन्मै अलि मन्दबुद्धिको थियो रे । तर पनि खोइ कसरी हो प्रेम विवाह भयो रे । तर माईला विवाहको लामो समयसम्म पनि निःसन्तान । आफ्नो जहानलाई साह«ै माया गर्थे रे माइलाले । एकदिन आफ्नो प्राणभन्दा पनि प्यारो स्वास्नीलाई पनि क्यान्सर लागेपछि बचाउनलाई अनेक ग¥यो रे । घर खेत सबै बेचेर पनि उसको प्राणप्यारो स्वास्नी बाँचिन अरे । स्वास्नी मरेपछि त माईला त्यो ठाउँबाट सदाको लागि त्यहाँबाट आयो रे । त्यसपछि यस्तै थियो उसको जीवन । हर एकदिन बाँच्ने, कालको पर्खाइमा ।

‘माईला मरेछ ।’ टोलमा हल्ला फिजियो । धेरैजना थिए रमिता हेर्ने । भरिया माईला सडकमा लडिरहेको थियो । एकाबिहानैको चिसो सायद उसको शरिरभित्र पनि होला तर पनि उ शान्त थियो र लगातार आकाशलाई हेरिरहेको थियो आँखै नझिम्काई । तर पनि लाग्थ्यो उ हाँसिरहेछ र लाग्थ्यो अहिल्यै बहुरिनेछ । जीवनमा पहिलोपटक कसैको मृत्युमा कोहि आत्मा तरल बगेको देखिन तर पनि हेर्नेहरु भन्दै थिए ।

‘कति हँसिलो थिइस्, सारै नजातीले तेरो मरन भो । अर्कोपटक चैँ अलि राम…….रो गरि जन्मी है माईला ।’ बृद्धाहरु लासमा फुल राखिदिँदै भन्दै थिए ।

‘कहिल्यै रिसाउथेन । सारै गुनी थियो । विचरा बिजोग भएर म¥यो ।’ अधबैँसेहरु गफिदै थिए ।

‘बुढो त अहिले पनि हाँस्दै मरेछ त यार ।’ युवाहरुलाई फेरी मृत माईलाले हँसायो । तमासा चलिरहेको थियो त्यतिकैमा नगरपालिकाको फोहोर उठाउने ट्रक आयो र माईलालाई उठाएर लग्यो । लासमा चढाएको फूल सडकमा झ¥यो ।

माईला एकदमै गरिब र अनाथ भएर म¥यो । न उसको कोहि मलामी आए न शंख बजे । जीवनभर माईलाले ककसलाई गुन लायो ती तिनीहरु नै जानुन् । जनताको लागि राजनिति गर्नेहरुबिच उ जनता पनि हुन सकेन न मानव बनेर मानवतामा कसैको महत्वको विषय भयो । माईला साँच्चै गरिब भएर म¥यो सडकमा तमासा बनेर । आखिर रुने आखाँहरु पनि हुनेखानेका आफन्तहरु रुदाँ मात्र त साथ दिदाँ रैछन् नी । मैले पनि तमासा हेरेँ र कथा लेखेको छु । तर लेखेपश्चायत म सोचिरहेछु आखिर के हो वास्तवमा जीवन ?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.