~विवेक घिमिरे~
लगभग आधा उमेर जिन्दगीको
खाई भ्याइसक्दै गर्दा
आज एउटा उद्दण्ड मनोवाद
ढ्याङ्ग्रो पिटेर होहल्ला गर्दै
मन अनि मस्तिष्कमा
बितण्डा मच्चाउँदै छ ।
एकपल्ट चिच्याउँछ
मानवीय संवेदना साटासाट गराउने
शब्दहरूको एकाई अक्षर हो ठूलो
अर्को पल्ट आफै तर्क गर्छ
ढुगेँ युगबाट घस्रदैँ गरेको सभ्यतालाई
बेजोडले धकेली विज्ञानको चरमविन्दुसम्म
ल्याइपुर्याउने अङ्कहरू हुन्
महान आदीम मानवीय आविष्कार ।
अक्षरहरूको संयोजन शब्दकोषभित्र सीमित छ
अङ्कहरू अनन्त छन् ।
एउटा भावनाका, अर्को परिमाणका निमित्त !
दुबैको उद्देश्य बेमेलकारी छन्
अनि आज अनायासै
तँभन्दा म गजबभन्दै
दुवै पक्षधर युद्धमैदानमा होमिएर
वार कि पार अन्तिम लडाई
लडी मर्छु भन्दै छन् ।
अकँका पछिल्तिर साससासमा दगुरी
जिन्दगी रित्याउने मानिस म
मान्छु एक मन
अकँ हो सर्वोच्च ।
तर फेरी सोच्छु
ब्रह्माणडको कल्पनामा आविष्कारित
सम्पूर्ण अङ्कहरूका उद्गम विन्दु
र एउटै सत्य अङ्क शून्य
जसभित्रको मपाईराजमा लिप्त
भ्रमकारी अनेकौँ र अनन्त,
विल्कुल विशेषणमात्र ती अङ्कहरू
होइनन् सबथोक ।
म सोच्छु
र म सोच्छु शब्दहरूमा-
नामपदमा, क्रियापदमा
र व्याकरणका सम्पूर्ण पदहरूमा
त्यसैले हार्छन् अकँटोली
र जित्छन् अक्षर
आज अनि भोली
आह् ! आह् !!
सधैँभरी ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)