गजल : राती सपनीमा

~रेखा पन्त~

मन्द मन्द प्रकाश छायो राती सपनीमा
हिस्सी काले केटो आयो राती सपनीमा

अपरिचित अनुहारले चिने जस्तै गरी
मेरै नामले बोलायो राती सपनीमा

सिपालु पो रैछ मोरो हाँसो ठट्टा गर्न
निन्द्रामा नै हँसायो राती सपनीमा

स्मरण छ केहि मात्र भुलि सकें धेरै
के कहानी सुनायो राती सपनीमा

स्वीकारी देउ प्रेम भनि दुइटा घुँडा टेकी
गुलावको फूल उठायो राती सपनीमा

-रेखा पन्त, गोरखा
हाल:ईजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.