कविता : रहर

~राज अनुराग~

मलाइ पनि रहर थियो
कोपिलालाइ फुल बनाउने,
सप्तरङ्गी रङ्गहरुबाट रातो चुनेर
तिम्रो सिउँदो सजाउने ।

मेरो दोष गुलाफसँग नजिक हुने
तर सुगन्धमा रमाउन नजान्ने,
मेरो बाध्यता यात्रामा रमाउने
तर गन्तब्यमा पुग्न नसक्ने ।
तर मलाइ पनि रहर थियो
गुलाफको सुगन्धमा रमाउने,
यात्राको प्रत्येक संस्करणलाइ लेखेर
गन्तव्यमा पुगि छपाउने ।

म बाध्यतामा तिम्रो साथ नहुँदा
तिमीले बुझ्ने कोशिस गरिनौ,
विगतका मिलनका क्षणहरु
एकपल पनि सम्झने कोशिस गरिनौ ।
मलाइ पनि त रहर थियो
तिम्रो भावनासँग भावना साट्ने,
जीवनको सौन्दर्यलाइ सम्हालेर
दुइ मुटुको सन्देश बाँढ्ने ।

म त गर्छु तिमीलाइ माया
तिम्रो भावनासँग खेलेको होइन,
जीवनको सौन्दर्यमा रमाउन सक्छु
म प्रेममा पागल पनि भएको छैन ।
मलाइ मात्र रहर थियो
साँचो प्रेमलाइ सफल बनाउने,
सप्तरङ्गी रङ्गहरुबाट रातो चुनेर
तिम्रो सिउँदो सजाउने ।

राजकुमार बास्तोला “राज अनुराग”
इनरुवा न पा ५ सुनसरी
हालः जुवा, साउथ सुडान ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.