~बिपना ढुङ्गाना~
नदेखेका ध्रुवतारा प्रति
विश्वास नै किन गरोस र ऊ?
आखिर,
जे भोग्नु नपरोस् भनेर
चाहना गर्यो त्यही भोगाई
बारम्बार भोग्नु परेपछि।
समयले समेत मान्छेलाई
हेर्ने दृष्टिमा परिवर्तन
गरी दिँदोरहेछ यहाँ,
दुखमा आफ्नाले
साथ छोडेपछि।
आलङ्कारीक यो
सम्पूर्ण समाजको तौल
त्यो एक्ली केटीको तौलसँग
जोखिन खोज्छ,
तर जोखिम? किन नजोखिम?
दोधारमा द्दे ऊ
नजोखिदाँ हार्द्दे अनि ,
जोखिदाँ बिग्रन्छे।
यसैले सायद एकातिर
त्यो बिचरी रमाउँदै द्दे भने
अर्कोतिर डराउँदै द्दे ऊ।
मिठो र नमिठो त केवल
भावनाका कुरा हुन तर
समाजले त्यो बिचरीको कुरा
बुझेन कहिल्यै,
हे दैव अब त
यस्तो सृष्टि रचिदे
जहाँ बेच्नै परे,
इज्जत र खुशी हैन
त्यो चेलीको दुख बेचिदे l
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )