कविता : गणतन्त्र बबुरो !!

~प्रेम ओली~

देशलाई हरण गर्दै, धरण गर्दै, मरण गर्दै
जनताको खिल्ली उडाउदै
अट्टाहास गर्दैछन रावणहरु
बहादुरी छैन रामको जस्तो
प्रजातन्त्र बबुरो !

लोकलाई ललकार्दै, जनतालाई कायल पार्दै
हायल पार्दै, घायल पार्दै
बिष वमन गराउदैछन कंशहरु
चमत्कारी छैन कृष्ण जस्तो
लोकतन्त्र बबुरो !!

देशलाई बन्दी बनाइ
मन्दी बनाइ, गन्दी बनाइ
जनताको नाममा, जनताको दाममा
जुवा खेल्दैछन कौरबहरु
धनुषकारी छैन अर्जुन जस्तो
गणतन्त्र बबुरो !!!

बन्डापत्र
बिचरा बाउले छोराकै लागि
बनेर अभागी नखाइ नलाई
लोभ र लाभले गरेर काइकाइ
नवलोक झरे न पुन्य गरे
न पाप गरे बिचरा बाउ
स्वर्ग परे कि नर्क झरे
उनको मृत्‍यु पछी कोही भिरमा परे
कोही छिरमा परे कोही तिरमा परे
कोही खिरमा परे तर म पिरमा परे
बन्डापत्रको सहमतीमा
बढे पछी झन गलफत्ती ।
जेठा बमक्क बम्किए
माइला आगो भई दन्किए
साइला सनक्क सन्किए
काइला झन झन्किए
राइला रनक्क रन्किए
ठुला कान्छा फन्किए
मिलौ मिलाउ भन्दा
कोही घण्टा झै घन्किए
कोही जुका झै तन्किए
भुत्रै सित! आफु पनि
के कम!भनक्क भन्किए
के यो सम्पत्ति
तिनका बाउको बिर्ता हो र?
यत्रै सित ! म पनि
अन्तैतिर दनक्क दन्किए।

प्रेम ओली, कुवेत
(२६ जुलाई २०१०)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.