~थरेन्द्र बराल~
यो सरकार नि उई उई यो सरकार नि उई
बिरालाको डडाल्नामा मुसाहरू बुई
सिरक ओछ्याई गुन्द्रि ओड्छ जनतालाई उकसाउनेको
घण्टाघरको टुप्पाॅ बसि आफ्नै ईजार खुस्काउनेको
आईज डाक्टर आईज ईन्जेक्शन लियेर आईज
(ब्रेन खराब छ पिडूलामा)2 घोच्तै घोच्तै लैजा
साॅच्चै देशको माया गर्ने भिर पाखामा सालिक भए
साच्चै सालिक हुनेहरू फेरि देशका मालिक भए
आईज बोल्डुजर आईजब्रेकफेल भएर आईज
(सालिक न छो मालिकलाई)2 ठेल्दै ठेल्दै लैजा ।
– राजगढ, झापा, हाल : कपन, काठमाडौँ
– थरेन्द्र बराल 2073 गाईजात्रा ।