व्यङ्ग्य गीत : बुहारी गीत

~थरेन्द्र बराल~

बिए पास गरि बिहे एसै साल गरियो
कस्को कुरा मानौ मैले अलमल परियो ।

सासू भन्छिन सारी चोलो लाउन बुहारी छाटेर
स्वामी ज्यू ले जीनको पाईण्ट ल्याईदे साटेर

सासू भन्छीन घर धन्दा जानि राखे लाग्छ काम
स्वामी मोटरसाईकल चढ्दै भन्छन घुम्न जाउ ।

सासू भन्छिन जाउन मन्दिर आउला भजन चर्काउदै
स्वामी भन्छन हिड डिस्को कम्मर मर्काउदै ।

शब्द – थरेन्द्र बराल
स्वर- सुगीता

– राजगढ, झापा, हाल : कपन, काठमाडौँ

This entry was posted in नेपाली गीत, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.