नेपाली प्यारोडी गीत : फुलेको जवानी

~चट्याङ मास्टर~

लय : बाइरोडको बाटैमा धुलो उडाउँदै

तीर्थ जाने ए ठूली नानी
फर्कि हेर फुलेको जवानी
जम्का भेटैंमा, जम्काभेटैमा
पिरती लाग्ला है मन्दिर गेटैमा ।

जागिर खाइयो, क्या हण्डर पाइयो,
छोरा छोरी विदेशै पठाइयो,
दुःखै गरेर, दुःखै गरेर
अब त हाँसौं न सँगै बसेर ।

ठिटाठिटी डिस्कोमा मस्त छन्,
केटाकेटी पढ्नमै व्यस्त छन्,
फुर्सद पाइया छ, फुर्सद पाइया छ
छमछमी नाच्नलाई साथी चाहिया छ ।

जिन्दगीमा धेरै थोक कमाइयो
कति पाइयो, कति चैं गुमाइयो
रहर बाँकी छ, रहर बाँकी छ
खुइलेको तालुमा कपाल बाँकी छ ।

सारा जीवन अरुकै लागि भो,
अब भने आनन्द लिनी हो,
थाक्नु थाकियो, थाक्नु थाकियो
काँचो थ्यो यो जीवन बल्ल पाकियो ।

– बत्तिसपुतली, काठमाडौं

(स्रोत : फित्कौली डट कम)

This entry was posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.