व्यङ्ग्य निबन्ध : अनुमानैत हो, बहुमत कताजाला

~राई चन्द्र दुमी~

बिहीबार हुने चुनाव ठुलोखाल्के भन्दाभन्दै पनि यो पहिलेकै रूपमा हुन लागिरहेको छ , की यो सरकार बनाउन जाँदैछ जसरी । दलहरूले आत्माबाट प्रचार्रगर्न पिटिक्कै सकेको छैनन् यो चुनौँ यसको लागि महत्वको छ, की यसले नयाँ नेपालको खाका कोर्दछ र।र इभन नेकपा माओवादीनैपनि कता कता बकुल्लाको बगालमा सुन्दर हाँस हुन नसकेको अङ्कललाई आभास मिल्दोछ । पछि काम जनमाग अनुसारनै गर्लान् अलग कुरा तर माहौलै परम्परावादी लाग्छ । हामी आफ्नो मान्छे मन्त्री बनाउन रौसी रौसी भोट हाल्दैछौँ, यस्तैलाग्छ ।

जस्तो खाले हो चुनाप हुँदैछ र यति बेला ढुलमुले लेखकहरु पर्खिसक्याछैनन कहिले चैत्र २८ सिद्धिन्छ र जित्नेको प्रशस्तै गाएर लेखौँ । अनि फिल्डमा देखा परेको हामी समर्थक तथा पार्टिकार्यकर्ताहरु अनुमान…..न,त भन्नेकी अज्ञानता – अहङ्कार या अनुशासनबिहिन भएर क्षणिक भ्रम दिन आफ्नै पार्टिबहुमत ल्याउने दाबी गरेर मुख मिट्ठयाउँदोछौँ । यसो गर्दा एक खाले सानो झुण्डलाई भने भ्रम हुन्छ । अङ्कल किन सानो झुण्डलाई मात्रै किटान गर्दो,छ भने अव जनता हामीले १०, ११ वर्षअगाडि हंगकंग आउँदा छाडी आएको जस्तो नेपाल छैन, जनचेतना बढेको छ । अति विकट दुर्गम भेकमामात्र ए होलिका गम्दछन् । नत्र गाउँघरमा घरैपिच्छे रेडियो टेलिभिजन राखिदिएपनि त्यसको कुरा पत्याउँदैनन् । माओवादीले मान्छे मार्‍यो भनेर त्यसले भनेको कुरा भन्नेलेचाही मारेछ भनेर उल्टो अर्थ लगाउँछन् । जनता अव पनि रेडियोमा बोल्नलाई त्यो भित्र सा सानो मान्छे होलान् भन्ने अशिक्षित जमानामा छैनन् र उनीहरू सरकारी पक्षको हरेक कुराहरू माओले भनेजस्तै ठिक उल्टो बुझ्नर्ुपर्दछ भनेर भेउ पाइसकेको छन् । किनभने जुन कुरा गर्छर्ुुन्छन त्यो गर्न त होइन ठिक उल्टो रोजगारको ठाउँमा बेरोजगार, महँगी घट्ने भनेको ठाउँमा बढ्ने, अस्पतालको ठाउँमा डम्पिङ, मोटर बाटोको ठाउँमा उनीहरूको घोडा हिँडाउने घोडेटो, महाकाली सन्धिबाट २० करोड कि कति फाइदा भनेको ठाउँमा ठिक उल्टो आफ्नै पानीको महँगो बिजुली किनिदिनुपर्ने, उचित शिक्षा उल्टो शिक्षा अथवा उपलब्धिमुलक शिक्षा भनेर संस्कृत, कि,त पचाउनै नसकिने पश्चिमा शैलीको महँगा बोर्डिङ । यस्ता उल्टोको संैयौँ रेकर्ड छन् जनताहरूसँग ।

हंगकंगबाट भित्ताको राष्ट्रपति सँग तर्सिने यौटा समूहले दावा गरेको यौटा अनुमान अङ्कलले गतांकको सनराईजमा सम्प्रेशन भएको देखेको थिएँ । त्याहा भनिएको छ “गएको चुनावमा सबै सिट जितेको मेची त्यो हाम्रो लाल किल्ला यथावत् छ, सूर्य पूर्वबाटै झुल्कन्छ, भविष्यको ठुलो पार्टर्ीीाम्रो आदी । समय परिवर्तनसँगै बढेको जनचेतना र बौद्धिक वर्गलाई संगेटेर हेर्दा नतिजा माथि भनेजस्तै ठिक उल्टो आउँछ अङ्कलको अड्डी, सबैभन्दा ठुलोको उल्टो सबैभन्दा सानो हुन्छ ।

अङ्कलको जिल्ला खोटाङ हो । त्याहा क्षेत्र नं १ -अङ्कलको क्षेत्र ) मा राम राई -पासाङ) र २ नं मा समिता बहिनी उठेको छन् माओवादीको तर्फाट । बहिनी सुनिश्चित छन् २ नम्बर क्षेत्रमा तर राम -पासाङ) हार्छन् १ नम्बरमा । समिताले जित्ने आधारहरू भनेको खोटांगका पुरानो माओवादी ठूल कुमार श्रेष्ठको एरिया हो त्यो र बहिनीको गाउँ र शहीद ठूल कुमारको गाउँ छिमेकी हो राम्रो जग छ माओवादीको । थप समिता बहिनीले आफ्नै अगाडि आफ्नो पति साहीसेनाका जल्लादहरुले नृसंश हत्या गरेर गुमाउनुपरेको रगतको ताजा कथा बोकेर आफ्नो घरमाईती रिझाएर गाउँले समस्तलाई हाँसाहाँसी बिदा मागेर क्रान्तिमा फर्केकी महिला योद्धा हुन । पर्ुण्ाकालिन पार्टर्ीीजवन बिताउन थालेपछि उनमा आएको अभुतपर्ुव प्रगति भनेको गहिरो अध्ययनबाट धाराप्रवाह सिलसिलेवर भाषण गर्ने क्षमता र जनमानसबिच मार्क्सवाद माओवादलाई बहर्ुधर्म संस्कृति समेटेको नेपाली माटोमा व्याख्या गर्नसक्ने आफ्नै कला हो । ने. का. र एमाले यौटै वर्गका भएको कारण माओवादीले १ नं क्षेत्र पनि जित्ने हो तर त्याहा माओवादीसँग सैद्धान्तिक बिचारमा केही नजिक जनमोर्चाको उम्मेदवार पनि छन् अम्बर कुमार राई । त्यसो गर्दा एमालेका पाँचकर्ण्र् राई त्याहाबाट निश्चित छन् । थोरै मतमा प्रतिव्दन्दी नेका होइन माओवादी रहनेछ एमालेको लागि । देवी -अङ्कलकी घरवाली) भन्दै थिई “एमाले, काँग्रेसबाट मात्र होइन जनमोर्चा समेतबाट आएको माओवादीको आफ्नै मत छ,, भनेर । तर त्यसो हुँदैन त्याहा । जनमोर्चा -भनेको एकता केन्द्र) को दुवै क्षेत्रमा धरौटी जफत त हुन्छनै, तर नन्द राई उठ्दा जति मत आएको थियो त्यसको आधा मात्र पाउन पनि गाह्रो छ अम्बरले । संयोग के छ भने एमालेको पिके. राई र अम्बर राई दुवै जना बुइपा गाउँबाट एकदिनभरी हिँडेर पुगेका हुन त्यो क्षेत्रमा उम्मेदवारी दिन ।

अङ्कल जस्तो अप्ठेरो मान्छे किन सान्सानो कुरा गर्थेँ र – राष्ट्रकै कुरा गरुँन होइन – जति उफे्रपाफ्रेपनि अङ्कलको अनुमानमा अन्तर्राष्ट्रिय तत्त्व माओवादीहरू बहुमतमा आउँछन् । यदि चुनाव फियर भयो भने चमत्कारिक ढङ्गले उनीहरू अगाडी आउँछन् । कान रातो नपारौँ न एक छिन धर्ेय गरेर सुनौँ ………., आधारहरुपनित छन् । सबैले मुख मिठ्याउँनु हुने अङ्कलले सही कुरामा अड्डी लिन किन नपाउने – अझ म जस्ता फुच्चे लेखकहरुलेत आफूलाई सही कुरा लेख्ने भनेर मार्केट पनि बढाउनेछ । साईवावा देखि लिएर कथित कलियुग अवतार राम बहादुर वमजन, रामायण, बाइबल, गौतम बुद्ध ,सुनुवारलाई ब्रम्हाणहरुले सुन कमाउने भनेको ढड्डाको बारेमा, लखन मगर ढड्डा अनेक परीक्षा दिइसकेँ पास भए,पो – यस्पालीपनि अङ्कल अन्दाजमा असफल भयो भने आइन्दा आउनेछैन आफूलाई लेखक भनेर, माओवादीहरू बहुमतमा आउँछन् ।

यसको आधार भनेको र्सवसाधरणमा प्रचण्डले भनेजस्तै काँग्रेस एमाले सबैलाई हेरियो एक पटक माओवादीलाई हेरौँ नत ……….यो एक लहर शब्द सुन्नलाई सिम्पल भए पनि पहिलो र गहिरो पोईन्ट हो भोट झर्ने । अङ्कल यति बेला आफूलाई कट मेरो राजनीति बुझेको फोपो हौ डे , ध्रुव क्षमाहरू भएर बोलिरहेको छु । एक सर्को सर्ुर्ति तानिसकेर उता वाट अक्कलमान किकी थप्छन “हाम्रो पहिलाको राज दिने, राजालाई खुवाउने पैसा लुटेर गाडीको बाटो खन्ने, हामी .जोत्नेलाई जमिन दिने भनेर निकै डंका पिटछ, दिउँनत कतिको र,छ माउवादी,, । आफै पुस्टि गर्छन “बैंक लुटेर उनिहरुले खर्च खाएको, कृषि बैंक फोरेर गरिवको तमसुक फिर्ता गरेको हिसावलेत होलापुनि हौ नाना कान्छी …………,,। गाउँको खाँटि्ट सवाल भनेको यो हो ।

माओवादीहरू बहुमत सिट ल्याउनलाई अर्को आधार भनेको बौद्धिक बर्गमा हुने तर्कहरु । उनिहरुले औँला भाँचि भाँचि गनिरहेको छन् खुनी राजा ज्ञानेन्द्रलाई दाम चढाएको, महाकाली सन्धिमा खरवको फाइदा देखाउँदै नदीनाला बेचेको, हिजोसम्म सम्विधान सभाको चुनावभन्दा राजाको डरले छेरभालु हुने, टाउकोको मुल्य तोक्ने र आज जनताको चाहना बिपरित जान नसकेर माओवादीको एजेण्डामा आएर गफ्फा लडाउने सम्विधानसभा हाम्रो अथक परिश्रम हो माओवादीहरुत आतंककारी भन्ने, हो औँला भाँचेर एक एक हिसाव लाउँदैछन । राजाले ठिक पार्छनकी भनेर १० बर्षम्म एकोहोरो बिक्षिप्त पागल प्रेमी -यलभ कष्मभ यिखभच० जस्तो हुँदै ढुलमुले नीतिमा जनता झुक्याएको एकएक हिसाव किताव छ । हुवहु माओवादीको घोषणापत्र सारेको त्यस्मा ठिक्क राजालाई स्पेस दिने ठाउँ मात्र फरक पारेकोे, राष्ट्रपतिलाई कम अधिकार तोकेको पनि हिसाव छ । घोषणापत्रमा कृषिप्रधान मुलुकका जनतासंग प्रतक्ष्य जोडिएर आउने सामन्तहरुको जग्गा कब्जागर्ने कुराहरू नभएको , दलित, पिडित जाति जनजातिहरुको कुराहरू नभएको मुल कुरात अन्य पार्टि घोषणा पत्रमा नयाँ नेपालको कुनै खाकानै नभएको सवैको हिसाव चुस्त दुरुस्त छ । माओवादीको नक्कल गर्दै संघीय साशन प्रणालीत भन्दैछन तर कस्तो – मोडेल कस्तो हुने – त्यो छैन । तर माओवादीहरुको प्रतिबद्धतापत्र नेपालका बहुधर्मी संस्कृति सुहाउँदो छ । यसैले उनीहरु बहुमतमा छन् ।

कुनैपनि साधरण जनतालाई थाहा छ घर बनाउनुअघि त्यो सँग सम्वन्धितर् इन्जिनियरलाई नक्शा बनाउन लगाउनर्ुपर्छ जस्तो डा. बाबुराम भट्टराई । बिना नक्शा थालियो भने घर सुर न पुर, छेउ न भेउको हुन्छ, प्रतिकृयावादी कित्तामा उभिई सकेको तर कम्युस्टि पार्टर्ीीन्न नछाडेजस्तो । अङ्कललाई लाग्छ, माओवादीसँग भएको त्यो सुन्दर नक्शामा आफ्नै घर बनाउन आतुर भएको छन् नेपाली जनता, त्यसैले…….।

म्ााओवादीहरुले देशभक्त लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्दै, भिमदत्त पन्त, क्या. यज्ञ बहादुर थापा, राम प्रसाद राई, सिरिजङ्गालाई त सम्मान गर्योनै, स्विकार्योनै यता आँटै गरेर पार्टिपरिबेश गर्नेहरुको धर्ुइरो छ । जस्तो कलाकारहरुमा ब्यापारी लाईनमा खुम्चीसकेको शम्भु राईमात्र नभएरसम्पु्र्ण जीवन जनताको गितमा र्समर्पण गरेका आदरणीय रामेश, जनमोर्चासंग नजिक रायण, एमालेसंग नजिक मनोज गजुरेल, रेडियो नेपालका जितेन राईहरु ब्रि्रोह गरेर, घोषणा गरेर आफुसुहाउँदो औपचारिकता पुरा गरेर माओवादीमा प्रवेश गरेर गाउँ गाउँ गीत गाउँदै हिडनु मत झर्ने माध्यम हो । अत्यन्तै चर्चित मदनकृष्ण हरिवंशले आफ्नो सिरियलमा प्रचण्ड बावुराम भनेको पापलाई भस्म खरानी पार्ने, ध्वंस गरेर नयाँ निर्माण गर्ने यो कलि युगको बामन अवतार हुन भन्ने खालका सन्देशत धेरै पहिले आईसकेको हो । पार्टिपरिबेशको लहरमा अन्य पार्टिमाथिल्लोर् इकाईका कार्यकर्ता विना हिचकिचाहट विना लघुतावोध हजारौँ हजारको संख्यामा माओवादीमा प्रवेश गर्नु माओवादीको आमसभामा लाखौँ जनता उर्लेर सडक रातै पार्नु अन्य पार्टिमान्छे फकाउनुपर्ने अवश्था हुनु यिनैत होलाननी आधारहरू हैन र …. ………….

थुप्रै छ गन्गन तर आज अंकलर् इति , आगे रिसानी माफ गरेस , यी भए बिचारको कुरा कुनै सम्पादकीय होइन, यौटा कम्युनिस्ट जिवनभर कम्युनिस्ट रहिरहन्छ भनेर यथास्थितिवादी सोचाई राख्ने संकिर्ण्र्ाानोकरशाही भाईभतिजा, विचार होइन ब्यक्तिभक्तिवादी भाईभतिजाले कमसेकम सम्पादक, पत्रिका र लेखक अलग अलग हुन भन्ने कुरा बुझेस ।

अस्तु !

(हंगकंगका एकमात्र हास्यव्यङ्ग्यकार लेखक, हंगकंगको अंकल भनेर चिनिन्छन । बिभिन्न पत्रपत्रिकामा व्यङ्ग्यलेख लेख्दै आएका पुरानो पत्रकार पनि हुन उनि ।)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.