नेपाली प्यारोडी गीत : आँखा छोपी रोको हैन भन्नु पर्‍याछ

~माधव सिग्देल माइला~

आँखा छोपी रोको हैन भन्नु पर्‍याछ
PM को भोको छैन भन्नु पर्‍याछ ।

मासिने पो हो कि फेरि केहि थाहा छैन
भासिने पो हो कि अझ त्यो नि थाहा छैन
बालुवाटार मेरो घर भन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।

सिलाइ राख्या दौरा सुरवाल लाउन पा’को छैन
धेरै भयो विदेश पनि घुम्न गा’को छैन
लौन फोरम सघाइदेऊ भन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।

सुद प्रभु मलाई पनि PM बनाइदेऊ
जसो तसो संसदमा बहुमत पुर्‍याइदेऊ
जसरी नि PM मलाई बन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।

This entry was posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.