~विक्रम पवन परियार~
विप्लव दाइ !
किन डराउछ प्रचण्ड माअाेवादी भन्न ?
किन डर बाेकेर हिँडिरहेको छ प्रचण्ड ?
किन बाङ्गाे देखिन्छ प्रचण्डको पुच्छर ?
मलाई संका छ विप्लव दाइ !
प्रचण्डले देश बेच्याे भने
केबल म रहुँला, हामी रहाैँला
तर देश रहँदैन
देश नरहेपछि हाम्राे नागरिकता रहँदैन
नागरिकता नभएपछि हाम्राे अस्तित्व रहँदैन ।
विप्लव दाइ !
सहिदहरूकाे रगत पिएर बाँचेकाे प्रचण्ड
किन छाेराे मर्दा पनि साहसकाे अभिनय गर्छ ?
निमुखाहरूकाे गाँस खाेसेर हुर्केको प्रचण्ड
अचेल किन स्वतन्त्रताको गीत गाइरहेकाे छ सरकार
मलाई प्रचण्डमाथि ठूलै संका छ अाहुती दाइ !
बादल स्वयम् डराएकाे छ अाकाशसँग ।
विप्लव दाइ !
केही त साेचाैँ हामीले साेच्ने दिन यहि हाे ।
कहाँ के गरिरहेका हाेलान् अयाेग्य लडाकुहरू ?
कहाँ कसरी बाँचिरहेका हाेलान् जीवन भर घाइते भएका याेद्धाहरू ?
वैद्य बा ! खै कहाँ हरायाै सहिदहरूकाे सपना ?
अझै किन बचाउन प्रयत्न गर्छ अाेली प्रचण्डकाे प्रचण्डवाद ?
नेत्र विक्रम दाइ !
तपाईंको समाजवादमा याे देश छ कि छैन ?
किन यसरी फेरि युद्धको तयारी गर्दै हुनुहुन्छ ?
भाे अब क्रान्ति बन्दुकले नगर्नुस्
कलमले तपाईंलाई पर्खिरहेको छ ।
मलाई भनेँ सेनाकाे बर्दी लगाएर पनि
किन मन पर्छ माअाेवादी ?
विप्लव दाइ भन्नाेस् त !
कस्ताे थियाे सडकमा बगिरहेको दिल बहादुर रम्तेलकाे रगत ?
सबै बादलहरू बादल जस्ता नहुँदाे रहेछन्
सबै माअाेवादी माअाेवादी जस्ता नहुँदा रहेछन् ।
म त्यहि मान्छे हुँ जसका कलिला काँधहरूले मेसिन गण बाेकेर हिँडेकाे थियाे देश खाेज्न ।
कुनै दिन मैले पनि तिम्रै छातीमा बन्दुक ताकेकाे थिएँ
तरपनि मलाई त्यहि माअाेवादी मन पर्छ ।
जसले सँगै ड्युटी बसेकाे जाेडालाई मारेकाे थियाे ।
विप्लव दाइ !
मलाई मन पर्ने पार्टी किन मन पराउँदैन प्रचण्ड ?
जनताहरूकाे याेगदानबाट चिनिएकाे प्रचण्ड
किन जनताहरूकै पसिना बेचिरहन्छ ?
केही रहस्य छ विप्लव दाइ !
अचेल प्रचण्ड जाेडजाेडले भाषण गरिरहेकाे छ ।
विप्लव दाइ !
तपाईं नयाँ याेजना बनाउनुस
मसँग नयाँ नयाँ परिकल्पनाहरू छन्
तपाईंले केही लेख्नाेस् जनताहरूकाे लागि
तपाईंले केही बाेल्नुस् जनताहरूकाे लागि
जनताहरू मान्छे भएर बाँच्न चाहन्छन् ।
****
– रसुवा
विप्लव – वीर याेद्धाकाे नाम जनयुद्धको प्रतिनिधित्व नाम
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)