कविता : दुई गीत

~नारायण अधिकारी~Narayan Adhikari

तिमी हुँदा

आकाशको बादल फाट्यो धर्ती उज्यालो
तिमी साथ भयौ मेरो जीवन उज्यालो ।

जिन्दगीको यात्रा मेरो साथ तिमी छौ
बीचबाटै छाडी मलाई एक्लो नबनाऊ ।

कोपिला त्यो फक्रिगयो फूलै उज्यालो
दिलको जून झुल्किगयो दिलै उज्यालो ।

पँधेरामा पानी भर्थ्यौ साँझ बिहानी
तिमीलाई पाउनु मेरो भाग्य जिन्दगानी ।

तुँवालोले छाड्यो सगर दिनै उज्यालो
जून टल्क्यो आकाशमा रातै उज्यालो

एकान्तमा भेट हुँदा गला मिलाउँछ्यौ
आँखासँग आँखा मिलाई मलाई बोलाउँछ्यौ ।

बनको चरी बनमा फिर्यो बनै उज्यालो
ज्योती बन्यौ आँखाभित्र दृष्टि उज्यालो ।

००
तिमी नहुँदा

आकाशमा बादल लाग्यो धर्ती अँधेरो
तिमी टाढा गयौ मेरो जीवन अँधेरो ।

जिन्दगीको यात्रा मेरो साथ तिमी थ्यौ
छाडी गयौ बीचबाटै एक्लो बनायौ ।

फूलको बोट ओइलाई गयो फूल अँधेरो
दिलको जून अस्ताई गयो दिलै अँधेरो ।

पँधेरामा पानी भथ्र्यौ साँझ बिहानी
तिमीलाई पर्खी बसें गयो जिन्दगानी ।

तुँवालोले ढाक्यो सगर दिनै अँधेरो
चन्द्रबिना पूर्णिमाको रातै अँधेरो ।

एकान्तमा भेट हुँदा गला मिलाउँथ्यौ
आँखासँग आँखा मिलाई मलाई बोलाउँथ्यौ ।

बनको चरी उडिगयो बनै अँधेरो
छिपी गयौ आँखाबाट दृष्टि अँधेरो ।

००

उडब्रिज, भर्जिनिया
फरवरी २७ २००८

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.