~अज्ञात~
एकचोटी काँडालाई म्वाइँ खाने धोको बाँकी छ
जिन्दगीको अँधेरोमा हराउने धोको बाँकी छ
संसारमा म यती सस्तो कि म आफै मलाई किन्दिन
कस्तो हुन्छ मान्छेको रूप मानिस नै हेरेर चिन्दिन
एकचोटी मुर्दासँग मित लाउने धोको बाँकी छ
जिन्दगीको अँधेरोमा हराउने धोको बाँकी छ
एकचोटी काँडालाई म्वाइँ खाने धोको बाँकी छ
जिन्दगीको अँधेरोमा हराउने धोको बाँकी छ
शब्द :
स्वर / सङ्गीत : नातिकाजी श्रेष्ठ