~कुसुम गजमेर~
नयाँ नयाँ सजाउ है संसार
सुख दुख बाँडौ है मिलेर
घामको पहिलो किरण
छुन्छ गरा गरा
आफ्नै डाँडा काँडा
आफ्नै गाउँ सारा)२
नयाँ नयाँ सजाउ है संसार
सुख दुख बाँडौ है मिलेर |
(हाम्रो मायाले बोलायो
दाजु र भाउजु घर आयो )२
(यो पहाडको ढुंगा माटो
ती सब हुन् माया बसेको )२
सबै साथै हाँस्छ्न्
सबै साथै खेल्छन्
पीर खुसि जति छन्
बाँड्दछन् सारा |
नयाँ नयाँ सजाउ है संसार
सुख दुख बाँडौ है मिलेर ।
(हाम्रो आफ्नै सानो संसार
मायाको फूल जिउनलाई सार )२
तिम्रो मेरो माया जीवन सजाउँला
हाम्रो पछि रहनेछ निशानी भइ सारा |
(नयाँ नयाँ सझाऊ है संसार
सुख दुख बाडौ हौ मिलेर
घामको पहिलो किरण
छुन्छ गारा गारा
आफ्नै डाँडा काँडा
आफ्नै गाउँ सारा)२
नयाँ नयाँ सझाऊ है संसार
सुख दुख बाँडौ हौ मिलेर ||
शब्द : कुसुम गजमेर
स्वर : उदित नारायण झा / आशा भोस्ले
सङ्गीत : रञ्जित गजमेर
चलचित्र : साईनो