गीत : गाउघरै रमाईलो

~थरेन्द्र बराल~

गाउघरै रमाईलो सारै मजा आउछ
रमाईलो गरि बिताउ कति बाॅचिन्छ ।
घरै बसे पनि,शहर पसे पनि
गीत गाए पनि, प्रीत लाए पनी
गाउघरै रमाईलो सारै भजा आउछ
रमाईलो गरि बिताउ कति बाचिन्छ ।

उधो जाने ठाडो खोला माथि ठूलो भिर
अॅधेरोछ तिम्रो शिर केमा पर्यो पिर
हाॅसि राख बोली राख मनका कुरा खोल
केलाई पिर मान्नु सानु मरि जाने चोला
गाउघरै——————
रमाईलो——————।।

बहत्तर सालको भुईचालो त त्रिहत्तरको पैरो
तिम्रो हाम्रो साईनो भन्दा माया बस्यो गहिरो
दाउरा बोक्ने दाउरेनीको पिठ्यू भरि डाम
नछेकि देउ पापी कुहिरो आङमा लाग्ने घाम

रचना- थरेन्द्र बराल
स्वर- थरेन्द्र बराल / बिशाल राई
रेकर्ड – रेडियो नेपाल ।

– राजगढ, झापा, हाल : कपन, काठमाडौँ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.