कविता : भड़ास

~शिवकुमार चौलागाई~

दे एउटा समय दे जसलाई राख्न सकु
दे ठाउ दे जसलाई आफ्नै सम्झी टेकन सकु
दे संसार दे जसमा हराउन बिलाउन सकु
दे जवाफ दे म कॉहा छु र कॉहा हुन पर्ने हो

मैले देख्न थालेको छु यो हार हो भनेर
जुन मौक़ाहरु अतितमा थिए/देखीए
ओहो त्यो दिन, हो त्यो दिन….. छुट्यो
अनी दियों यो शुन्य कल्पनै कल्पना गर्ने ठाउ

अब मलाई तेरा शब्दहरू सुन्नु छ
यी बर्षौ लामा प्रेरणात्मक छलहरुका

मलाइ सुन्न मन छ
फेरी भन तलाई म चॉहीएको छ
भन तलाई म चॉहीएको छ
हो फेरी भन्न तलाई म चॉहीएको छ
भन तलाई म चॉहीएको छ

दे साथी दे जसको हात समाएर हिडन सकु
दे एक टुक्रा सल्लाह दे जसलाई अगाल्न सकु
दे त्यो रोलमोडल जस द्वारा बडन बॉच्न सकु
दे सबैथोक दे, जसको म हक़दार हु

एैना पछाड़ी गएर हेर्ने कोशीश गरे
जे देख्नु थियो त्यो नै देखे निश्चल पवित्र
मैले सुनेको थिए त अत्यन्त सुन्दर छस रे
केवल तेरो गुड मूँड़ले चाहेको बेला
खैर
मलाई तेरा शब्दहरू सुन्नु छ
यी बर्षौ लामा प्रेरणात्मक छलहरुका

मलाइ सुन्न मन छ
फेरी भन तलाई म चॉहीएको छ
भन तलाई म चॉहीएको छ
हो फेरी भन्न तलाई म चॉहीएको छ
भन न भन तलाई म चॉहीएको छ

मलाइ तेरा शब्दहरू सुन्नु छ |

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.