~कविराज भट्ट ‘बिलौना’~
महाकाली मेची सलल गतिले बग्न नभुलेँ
हिमालैका डाँफे मनक नलगी अन्त नडुलेँ
तिमी नाँच्दै नाँच्दै मुजुर दिल चोर्नु हरघडी
मिठा भाखा हाल्दै रनबन डुले तैँ बनचरी
सधैँ पाक्दै गर्नु असल रसिला काफलहरु
म सोच्दै छु मेरा बिगत दिनका ती पलहरु
म गोठालो हुन्थे रमण बन मेरो तिरशुली
बनै रातो हुन्थ्यो डकमक गुराँसै फुलफुली
लुकामारी खेल्दै बनबिच बित्यो बालकपना
सबै साथी साथै भइकन घुमेको छ सपना
अहो क्या राम्रो थ्यो सबजन बसेथ्यौँ रहरमा
म एक्लो कैदी झैँ यसबखत लौ यो शहरमा
-देहिमाण्डैा ३ फैसलापुर, बैतडी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)