~यादव खरेल~
गैरी खेतको शिरै हान्यो वर्षा यामको दरौंदीले
नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो
उसको रुपको करौंतीले
उसको रुपको करौंतीले
मर्श्याँग्दीमा जालै हान्यो माझीदाईले आज
बिहानीमा देखे उसलाई मात लाग्यो साँझ
नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो
उसको रुपको करौंतीले
उसको रुपको करौंतीले
खोलापारी तारी दिने तुहिनको फन्को
पहिलो माया छुटाई हाल्यो कलेजीमा रन्को
नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो
उसको रुपको करौंतीले
उसको रुपको करौंतीले
उसको माया ऐरो पैरो साउनको भेल
माया भन्नु एस्तै रैछ मनै चोर्ने खेल मनै चोर्ने खेल
गैरी खेतको शिरै हान्यो वर्षा यामको दरौंदीले
नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पार्यो
उसको रुपको करौंतीले
उसको रुपको करौंतीले
शब्द : यादव खरेल
सङ्गीत : शम्भुजीत बास्कोटा
स्वर : आशा भोसले
चलचित्र : प्रेमपिण्ड