कविता : गुराँस

~शोभा शर्मा~

सपनामा,
लालीगुराँसको थुँगा
हाँगासहित झरेर मेरो हातैमा खसेको थियो
के हुन्छ अब
सपना पुरा हुन्छ प्रिय?

पाखातिर गुँरास फूलेको होला
जाउ हाँगालाई गएर सुनाउ सपना
आएर बसिदिन्छ कि तिम्रो हातमा !

एक्लै जाँदा त
हाँगाले सोध्यो भने
खै तिम्रो प्रिय मान्छे भनेर?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.