समीक्षा : अनेक आयाम छन् किराँत चाडका

~अमर तुम्याहाङ~

अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न जातजातिले आफ्नो राज्यसँगै आˆनो भूमि, शासन व्यवस्था, सभ्यता र संस्कृति पनि चढाए । तत्कालीन नेपाल अर्थात् काठमाडौँ उपत्यका पूर्वका वल्लो किरात, माझ किरात र पल्लो किरातमा स्वराज्य सञ्चालन गरिरहेका किरात जातिले पनि क्रमशः वि.सं. १८३१ सम्ममा आफूलाई नेपाल राज्यमा समाहित गरे । पल्लो किरात लिम्बुवान नेपाल राज्यमा समाहित हुँदा पृथ्वीनारायण शाहले “… आपैँ आँप आपुङ्गी बसी आए बमोजिम त्यो मुलुक सम्भार गरी जिमी भूमि रहुन्जेल … भोग गर्नु…” भनी सम्झौता गरे । तर त्यसपछि एकपछि अर्को गर्दै सबै अधिकार क्रमशः खोसिँदै गए । यही चक्रब्यूहमा पर्‍यो किरात जातिको चाड पनि । अहिले आएर किरात जातिले मनाउने चाडको मौलिक नाम चोसोवा, शाँदार, चासोक तङ्नाम र सेमुना साक्केन्वा बदलिएर ‘किरात चाड’ नामले नयाँ पहिचानका साथ चिनिन थालेको छ । अढाइसय वर्षसम्मको एकात्मक शासनको थिचाइ र मिचाइमा परेर यो चाडको घिडघिडो मात्र बाँकी रहेको अवस्थामा पुनस्र्थापित भएको छ, किरात चाड ।

आदिबासी जनजातिको स्वपहिचान गर्ने आत्मनिर्णयको आधारमा याक्खा, सुनुवार, लिम्बू र राई जातिले आफूहरू किरात वंशको भएकाले आफूहरूले मान्ने चाड किरात चाडको हो भनी मान्ने गरेका छन् । प्रकृति पूजक किरात जातिको यो चाड मुन्धुममा आधारित छ ।

मुन्धुममा किरात चाड

किरात वंशभित्रका याक्खा, सुनुवार -कोइँच), लिम्बू -याक्थुङ) र राई जातिको बसोबासको पृथक् भूगोल, फरकफरक भाषा आदिको कारणले किरात चाडको नाम, मुन्धुमी प्रसङ्गहरू, पूजा गर्ने देवीदेवता, पूजा विधि, पूजारीका नाम आदि पनि फरकफरक रहेको पाइन्छ । हुन पनि मुन्धुममा ‘किरात चाड’ शब्द कतै भेटिँदैन । यसर्थ ‘किरात’ र ‘चाड’ शब्द यी समुदायमा अन्य समुदायबाट सापटी लिइएका शब्द हुन् भन्ने प्रष्ट हुन्छ ।

याक्खा जातिले मान्ने चाड ‘चोसोवा’, सुनुवार जातिले मान्ने चाड ‘शाँदार’, लिम्बू जातिले मान्ने चाड ‘चासोक तङ्नाम’ र राई जातिले मान्ने चाड ‘साकेन्वा या साकेला’ भन्ने शब्द भने अद्यावधिक लोकप्रचलित छन् ।

याक्खा र सुनुवार जातिले पाकेको नयाँ अन्न पितृलाई चढाउने गर्दछन् । लिम्बू जातिको विश्वासअनुसार सर्वशक्तिमान माङ तागेरा निङ्वाभुलाई अन्नका बीउहरू दिएर ती बीउहरू याम मिलाएर रोप्न, गोडमेल गर्न, फलाउन र आगोमा पकाइतुल्याई खान सिकाउने कार्य सावा येहाङ चेली सिबेरा एक्थुम्मा सिरेरा येभुङ्गेम्माले सिकाइन् । त्यसैले लिम्बू जातिले यिनै पात्रहरूलाई मूल रूपमा पूजा गर्ने वा नयाँ अन्न चढाउने गर्दछ । यीबाहेक पनि लिम्बूहरूले युमा, थेबा, काप्पोबा, थुङ्धाङ्बा आदि घरभित्र पूजिने देवताहरूलाई न्वाँगी चढाउने गर्दछन् । शुभकार्यमा विघ्नबाँधा ल्याउने मिसेक, कुइकुदाको पनि पूजा गरिन्छ । राई जातिले भने आˆनो आदि पुर्खा पारुहाङ र सुम्मिनाको प्रतीक सेतो र कालो शिला गाडी पूजा गर्नेगर्दछन् । पूजापछि जङ्गलमा सिकार खेल्ने, भस्मे फाँड्ने, बस्ती बसाउने, अन्नबालीको बीउ पत्ता लगाउने, खेती गर्नेजस्ता सीप नृत्यको माध्यमबाट राईहरूले प्रस्तुत गर्ने गर्दछन् ।

यी सबै विधिविधानका आख्यान मुन्धुमसँग जोडिएका छन् । यी विधिविधानहरू सजातीय पूजारीहरू जस्तै फेदाङ्मा, साम्बा, नाक्छोङ, ना?सोद्वारा सम्पन्न गरिन्छन् ।

किरात चाड प्रकृतिपूजाको रूपमा

पृथ्वी -भूमि), आकाश, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपक्षी, वनस्पति आदिको पूजा अर्चना पनि हो किरात चाड । मानव समुदायले आˆनो प्राण धान्नका लागि खाने सबै प्रकारका अन्न बाली, फलफूल उत्पादनमा यी तत्वहरूको भूमिका अनिवार्य रहेको हुन्छ । खेतीपातीमा उपरोक्त तìवहरूको त्यही अहं भूमिकालाई मनन गर्नु र आभारी हुनु किरात जातिको स्वजातीय विशेषता हो र त्यही विशेषताको अभिव्यक्ति यो चाडमा हुने गर्दछ ।

राई जातिले सुम्निमा र पारुहाङलाई आˆनो आदिम पुर्खा मात्रै होइन धरती र आकाशको प्रतीकको रूपमा पनि पूजा गर्दछन् । याक्खाहरूले चोसोवालाई भूमि पूजाको रूपमा पनि मान्ने गर्दछन् । भूमिको उर्वरतामा उम्री फलेको बालीनाली आफूले खानुभन्दा पहिला स्वयं अन्नदाता भूमिलाई नै चढाई आभार व्यक्त गर्ने चाड हो किरात चाड । किरात वंशको एउटा शाखा लिम्बू जातिले पनि बालीनाली लगाउनुपूर्व यक्वा सेवा -वैशाखे पूणिर्माको दिन गरिने -पूजा) गर्दछ । सोही दिन रोपिएको नयाँ बीउ बिजन राम्रो उमि्रयोस्, बढोस्, चरामुसा नलागोस्, फुलोस्, फलोस् भनेर प्रकृति र आफूले मानीपुजी ल्याएको देवताहरूसँग भाकल गर्ने प्रचलन छ । यही भाकलमुताविक अन्नबाली पाकेपछि सकुसल अन्नबाली फल्न, पाक्न सहयोग पुर्‍याउने प्रकृति, पशुपक्षी आदिलाई धन्यवाद ज्ञापन गर्ने अवसरको रूपमा लिम्बूहरूले यो पर्वलाई लिने गर्दछन् ।

किरात चाडको सामाजिक पक्ष

किरात चाडमा किरात जाति पूजापाठ गर्नुका साथै एकआपसमा भेटघाट गर्ने, शुभकामना आदाप्रदान गर्ने, परम्परागत नाचगान गरी मनोरञ्जन गर्ने, मौलिक भेषभूषा लगाउने र आफन्तजनसँग मीठोमीठो खाने गर्दछन् ।

राई जातिमा सासुबुहारी, बाबुछोरादेखि नातिनातिनासम्म एकै ठाउँमा भेला भई सेमुना साकेन्वा धक फुकाएर नाच्ने गर्दछन् । यसरी नै सुनुवार जातिमा पनि शाँदार पूजाआजा सकिएपछि ढोल र झ्याम्टा बजाएर विभिन्न सिलिहरू नाच्दै मनोरञ्जन गर्दछन् । यता लिम्बूहरू भने उनीहरूको जातिको आदिम खेलाडी पोरोक्मी यम्भामिबालाई स्मरण गर्दै पक्लुङ लेप्मा -छेलो हान्ने) खेल खेल्दछन् । यही अवसरमा फुङ्वा चाङ्मा -जीवनरूपी फूल जगाउने) मुन्धुमी कर्म पनि सम्पन्न गरिन्छ । किशोर किशोरीहरू परिपक्व उमेरमा प्रवेश गरेको सङ्केतको रूपमा चाङ्वाःन् लेक्मा -विशेष विधिविधानका साथ लुगा/वस्त्र अर्थात् तागाबा र मेख्ली लगाइदिने) सुअवसरको रूपमा पनि यो चाडलाई लिने गरिन्छ । केलाःङ् -च्याबु्रङ नाच) र या? लाःङ् -धान नाच) पनि यो पर्वका थप आकर्षण हुन् ।

यस चाडको पावन अवसरमा याक्खा याक्खामाहरू एक ठाउँमा भेला भई केवलाक, चावकलाक गर्ने विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने, नाचगान गर्ने, शुभकामना आदानप्रदान गर्छन् ।

यसरी नै शाँदारले सामाजिक तथा सांस्कृतिक रूपमा मानवीय एकता, शान्ति, सद्भाव र समन्वय स्थापित गर्दछ भन्ने सुनुवारहरूको सामाजिक विश्वास पनि रहेको छ । रिसइवी छाडेर व्यक्तिगत हितभन्दामाथि उठेर ‘हामी भावना’ ले ओतप्रोत भई सामूहिक हितका लागि ऐक्यबद्धता जनाउने यस चाडको महìवपूर्ण पक्ष भनेको सहभागितामूलक समन्वय ठान्दछन् उनीहरू ।

सरकारको नजरमा किरात चाड

अहिले मुलुक धर्मनिरपेक्ष छ । यसको परिणाम सम्पूर्ण जातजातिले पूर्णरूपमा अनुभूत गर्नसक्नेको अवस्था अझै बनिसकेको छैन । यद्यपि यो अवस्थामा पुग्न धेरै लामो सङ्र्घषको बाटो तय गर्नुपरेको छ । यही सङ्घर्षकै परिणाम स्वरूप किरात चाडले पनि यो सालदेखि राष्ट्रिय पर्वको रूपमा मान्यता पाएको छ । सङ्घीय लोकतान्त्रिक नेपाल सरकारको २०६४ फागुन १८ गतेको निर्णयपछि किरात जातिले पहिलो पटक आˆनो पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउँदै छन् ।

किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाको संयुक्त पहलमा २०५८ मा माग गरेबमोजिम तत्कालीन सरकारले सम्बन्धित जातिका लागि मात्र भनेर किरात चाडलाई मान्यता दिने निर्णय सोही साल चैत २६ गते गरेको थियो ।

विगतका शासकहरूको बक्रदृष्टिमा परेको किरात चाड भरखरै ब्युँतिएको अवस्थामा छ । यही कारणले पनि किरात चाड लोक जीवनमा पूर्णरूपमा स्थापित हुन सकेको छैन, एकरूपता र भव्यताको हिसाबले । यसले पूर्णता पाउन अझै लामो समय लाग्ने देखिन्छ । राज्यकै नीतिका कारण किरात चाडले यस्तो हविगत भोग्नु परेकाले अब यसलाई पूर्णता प्रदान गर्न पनि सरकाले नै विशेष ध्यान दिनुपर्दछ ।

टुङ्ग्याउनी

हामी राज्य पुनःसंरचनाको युगमा छौँ । यो अवसरमा किरात चाड फगत चाडको रूपमा मात्र नभएर सङ्घीय राज्य निर्माण अभियानसँग जोडेर ऐतिहासिक पर्वको रूपमा मान्नुपर्ने युगीन दायित्व आज हाम्रो काँधमा आएको छ । यो पावन अवसरलाई संविधान निर्माण र राज्य पुनःसंरचनाको सार्थक प्रयाससँग जोडेर मनाउनु पर्छ ।

विभिन्न समस्या भए पनि सामूहिक रूपमा मनाउँदै आएको किरात चाडले सम्पूर्ण किरात समुदायमा अपनत्वको विकास भएको छ । यसले अन्य भाषा, संस्कार, संस्कृतिको चेपुवामा पर्दै आएको किरात चाडको संरक्षण, संवर्द्धन तथा प्रचारप्रसारमा ठूलो योगदान पुर्‍याएको छ ।

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.