~लक्ष्मण नेवटिया~
बुवा नभएको मौकापारी आज फेरि फुच्चे का लागि खेलौना र ठूलोखाले केडबरी चकलेट बोकेर त्यो चिप्लो गाडी चढने बिर्खमान घरमा पस्दै थियो।
फुच्चे लाई उ घर आएको कहिल्यै मन पर्दैन्थ्यो।
आज के भएर हो आफ्ना सिंगानका लत्काहरू उल्टो हातले पूछ्दै उ पहिल्यै कोठामा गएर बसिदियो।
उसले ल फुच्चे यो सय लिएर जाऊ । जे जे किन्छौ किन, जे खाने इच्छा छ खाऊ भन्दा उसको मुखैमा सयको नोट च्याती फाली दियो।
फुच्चेले बुझिसकेको तथ्यलाई सयको नोटले आज उचाल्न पछार्न सकेन्।
यो देखेर बिर्खमान रिसाएर फुत्त कोठाबाट निस्केर आफ्नो गाडी तिर हिंड्यो । पछाडीबाट फुच्चे चिच्यायो। शाले तं मेरो आमाको
गाला चिमोट्ने। यसपाली यता आयोकि कठालो समातेर …..!
-लक्ष्मण नेवटिया, बिराटनगर
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)