~दिपा धिताल~
जिबनमा कति तड्पिनु । कती रुनु । तर पनि रोए ,कराए गुहार मागे म दोसि हैन हुँदै होइन भने मेरो एकोहोरो आवाज कसैले सुनेनन सुन्दै सुनेन् । निर्दोषिलाई दोषि ठहर्याउने दोषिलाई निर्दोष ठहर्याउने यो मानबता, कानुन नै नभएको शहरमा चुपचाप सहरे बस्नु बाहेक अरु कसको के नै लाग्छ र । यहाँको कानुन त पैसाले बिक्छ अरुको त झन के कुरा गरौ र झनै हामी गरिबले ? निर्दोष छु तर चुपचाप बन्द कोठाको जेल भित्र थुनिएको छु । आफन्तहरु भए पनी छैनन् नभए पनी छैनन् ।
यो संसारमा जन्मदिने आमा र बाबा जति ठुलो अरु केही ठान्दैन म । बाबा आमालाई बृद्धाआश्रममा छोडेर हरेक दिन फुलपाती समातेर मन्दिरमा धाउने सन्तानहरु धेरै छन् आज हाम्रो समाजमा । ती नालायक सन्तान हुन जसले तिनै बाबा आमाको हड्डी र रगत निचोरेर आफु सुख सग बस्न चाहान्छन् । भुल्छन् बाबाको डायरी । भुल्छन् आमाको ममतामय काख । तर मैले त बाबा आमाको माया नै पाउन सकेन छोडेर गए । म टुहुरो भए । एक्लो भए । कति अभागी रहेछु कसैको माया पाउन नै लेखेको रैनछ भाग्यमा ।
२०७० शाल जहाँ म आफ्नो बस्ने घरै नभएर सौतेनी आमाको छोरा दाइ को घरमा बस्न थाले । साथिहरु पढ्न जादा मलाई पनि पढ्न जाने रहर कति थियो । कती रहर जाग्थ्यो कापीको पानामा क,ख,ग,घ लेख्न । तर म गरिब अभागिको भाग्यमै रैनछ पढ्न पनि । त्यसै माथी म अबुझ । जसले जे भन्छ त्यसैको बिस्वास मा हिड्ने अल्लारे उमेर । भर्खरै १६ बर्ष पार गरेर १७ बर्षमा प्रबेस गरेको थिएँ । एक दिन घरमा सबैले भने दाइले पनि भन्नू भयो ।
ए रुद्रे तेरा पछाडिका सबैको बिहे भैसक्यो अब बिहे गर्ने हैन ?
यति सानै उमेरमा ? मेरो त बिहे गर्ने उमेरमै भएको छैन मेरो घर धान्ने परिवार बनाउने केही मेलोमेसो छैन । न त पढ्न न लेख्न नै पाए न त राम्रो साहारा सहयोग नै । मेरो अभिभावक भन्ने कोहि भएन । घरमा त सौतेनी आमाको छोरा र दाइ को भाइ भन्ने एउटा बाहाना म नोकर थिएँ । मैले काम नगर्दा सौतेनी आमा, दाइको यातना सहनुपर्यो । पढ्न जाने उमेरमा सधै घाँस दाउरा गाइबाख्रा चराउनु पर्यो । यस्तो अबस्थामा झेलिएको म टुहुरोले कसरी बिहे गर्ने कमाइ नि केही छैन ? कयौं दिन भोकै पनि बस्नु परेको छ । सम्झे सायद मलाई यो घरबाट लखेट्न को निम्ति यो निर्णय गर्दै होलान् ।
म यतिबेला दाइले र आमाले यसो भन्दा तीन छक परे । र दाइलाइ भने ।
ह्या दाइ पनि बिहे गर्ने उमेर नि भएको छैन भर्खर सत्र बर्षको त भए नि आजै के बिहे गर्ने कुरा गरेको ।
हैन भर्खर आफुलाइ छ,सात बर्षको छु भन्ने लागेको छ के हो हँ । मैले त झन तेह्र बर्ष मा गरेको हु बिहे ।
समय पनि कति निष्ठुरी जसको त केही छैन उसैलाई अघि सार्छ ।
त्यसपछि म त्यो घरबाट २०७०÷९÷३ गते रुकुमको कोटजाहरीतिर लागे । कोटजाहरीमा त मेरो एक जना साथी थियो मैले उसलाई फोन गरे । फोन उठ्यो ।
हेलो … मोहन त कहाँ छस् ?
ए रुद्र कहाँ छस र त आज कताबाट सम्झिस त ।
मोहन सुन न आज म तेरो गाउँ आउँदैछु ।
मेरो गाउँ आउदैछु रे ? हैन के भनेको जिस्किएको त ।
हैन कहाँ जिस्केको यार आउदै छु के । भन न कसरी आउने मैले बाटो नै चिनेको छैन । त चौरजाहरी सम्म आईज न है ?
मोहनलाई यति कुरा बताएपछी उसले नाइ भनेन । हुन्छ आउछु नि आइसकेपछि फोन गर्नु नि फेरि भनेर उसले फोन राख्यो ।
हिडिरहे खोलानाला उकाली ओरालि जङ्गलहरु छिचोल्दै अनन्तहिन बटुवा झैँ । म त्यो गाउँ पहिलोपटक जादै थिए । चौरजाहारी सम्म जाने बाटो थाहाँ नपाएपछी म नार्जि भन्ने ठाउँ सम्म गए त्यहासम्म मेरा साथिहरु पनि आएका रहेछन् । हामी सरासर मोहनकोे घरतिर लाग्यौ ।
भोलिपल्ट बिहान गाउँ तिर घुम्न जाने कुरा भयो । बिहान रोटी नास्ता खाएर गाउँतिर लाग्यौ । बाटोमा हिंड्दै थियौ एक जना रश्मिकै गाउँको मान्छे भेटिए । हामी तिनै जना भएर कुरा गर्दै हिंड्यौ । केही समय हिडिसकेपछि । मोहनले चिनेको एउटा घरमा पस्यौ ।
हामीलाई बस्न आग्रह गरे हामी बस्यौं । एकछिनपछी एकजना केटीले हामीलाई खाजा लिएर आइन हामीले खाजा खायौँ । मोहन त्यहिघरको परिवार सँग कुराकानी गर्दै थियो । म बाहिर आए आगनीमा अघि हामीलाई खाजा लिएर आउने केटी भाडाँ माझ्दै रैछिन । गाउँकि साधारण केटी कति सुहाएको राता कुर्ता सुरुवालमा त्यसै माथि टाउकोमा रुमाल बाधेको । उनलाई मैले पहिलो नजरमै मन पराइ सकेको थिए । मनले मानेन र म उनको नाम थाहाँ पाउने, कुरा गर्ने बाहानामा उनको नजिकै गएर सोधे ।
आहा ! कति सुन्दर गाउँ रहेछ । सुनन तिम्रो नाम थाहाँ पाउन सक्छु म ?
संगीता हो
उनले भनिन् ।
आहा ! कति राम्रो नाम
उनले जिस्कदै भनिन नाम मात्र राम्रो भएर के गर्नु मान्छे राम्रो छैन क्यारे ।
कसरी भनु उनलाई मन पराएको कुरा सोच्दै थिएँ । अलिअलि डर पनि लागेको थियो तर उनले त बाटो खुलाइ दिन म खुशी भए र भने ।
कोहि होलान् नि ।
खै !
उनले भनिन् ।
मैले कुरा नघुमाइ नलुकाई भनिदिए ।
म छु नि तिमिलाइ मन पराउने । मलाई त सारै मन पर्यो तिमी । अनि तिमिलाइ नि ?
कसरी मन पर्यो भन्नू कहिल्यै नदेखेको नचिनेको मान्छेलाई ? फेरि मेरो मन जाचेको पो होकि ?
हैन हैन कसम त्यस्तो हैन म त्यस्तो झुठ बोल्ने मान्छे होइन ।
मैले फेरि भने ।
के म तिम्रो फोन नम्बर पाउन सक्छु ?
उनले भनिन मेरो मोबाइल त भाउजुले लाग्नुभएको छ । बरु तपाईंको नम्बर दिनुहोस् न म गरुला नि ।
कुरा यति नै भयो मैले संगीतालाई मोबाईल नम्बर दिए । र मनमा केही खुशी र केही संगीताको माया लिएर मोहन संगै आफ्नो बाटो लागेँै ।
त्यो दिन साँझ रश्मिको घरमै बस्यौ । खान खाइसकेपछी म आफू सुत्ने कोठातिर लागे । मोबाईल हेरिरहेको थिए दिउँसो संगीताको घरमा खाजा खाएको, संगीता संग कुराकानी भएको सम्झिरहेको थिएँ । कताकता संगीतालाई मनमा सजाइसकेको रहेछु पत्तै पाएन । त्यतिकैमा संयोगवस संगीतालाई सम्झिरहेकै बेला संगीताको फोन आयो र उठाएँ ।
मैले थाहाँ नपाएझै बोले ।
अँ संगीता किन फोन गरेको ?
संगीताले भनिन् । के मैले फोन गर्न हुँदैन र ?
मैले अरु कुरा केही नगरी संगीता लाई भने ।
त्यसो हैन नि भन म तिमिलाई मन पर्यो कि परेन ?
के गर्नु छोरी मान्छेको नियम र नीयति नै यस्तै एकदिन जन्मघर छोडेर पराइ घर जानै पर्ने । भनिन्छ भाग्यमा लेखेको पाइन्छ रे कतै हजुरकै हुन लेखेको छ कि भाग्यमा ।
माया पनि कस्तो माया जो संग कहिल्यै भेट भएको थिएन । न त फोनमा नै कुरा भएको थियो । एकैछिन भेटेको देखेको मान्छे कतिछीटै मनमा बस्दो रहेछ । संगीताको माया पाउने भएपछि मन खुशिले नाच्न थाल्यो । संगीताको माया मनमा झन, झन भरिन थाल्यो । जिबनका मिठा ( मिठा सपना देख्न थाल्यौं । फोनमै सगै मर्ने सगै बाच्ने कसम खायौ दुस्ख सुखमा एक अर्कालाई साथ दिने कुरा गर्न थाल्यौ ।
त्यही क्रममै संगीताले सोधिन ।
तपाईंको घरमा को को हुनुहुन्छ ?
मैले भने ,मेरो घरमा छ न त सबै छन् तर पनी कोहिछैनन् । सौतेनी आमा छन् । सौतेनी दाइ छन् उनै संग बस्छु । बाबा सानै छदा यो संसार छोडेर जानू भो । अनि आमा अहिले मामाको घर बस्नुहुन्छ । तर भएनि नभएझै भएको छ । अब तिमी आएपछि तिमी हुन्छेउ नि । हैन र ?
ए.. हो र हुन्छ नि । संगीताले भनिन् । संगीताको घरमा बा आमालाइ थाहा नदिएरै अर्कोदिन संगीता र म भागेर जाने अनि बिहे गर्ने दुबैको सहमती पनि भयो ।
म त्यही दिनको प्रतीक्षामा बसिरहेको थिए । भोलिपल्ट साँझ संगीताले फोन गरिन् र भनिन हामी भागेर जानेकुरा मेरो बा लाई कसैले भन्दिएछ । बा ले मलाई निकै गाली गर्नुभो अब के गर्ने ?
संगीताले डराउदै भनिन् ।
मैले भने । मैले कसैलाई त भनेन फेरि कसले भन्दिएछ ? उसो भए अब हामी भोलि नै भागौ न त ।
संगीताले पनि हुन्छ भनिन् ।
फेरि अर्को दिन मेरो साथी मोहन सगै संगीतालाई लिन भनेर गयौ हामी । तर संगीताको घर जान सकेनौ र मैले आधा बाटो मै फोन गरे ।
हेलो ! संगीता हामी तिमिलाई लिन भनेर तिम्रो घर नजिकै छौ । अब हामी घरमा त आउन सक्दैनौं तिमी नै यहि
आउ है ?
किन मेरो घरमा नआउने ? संगीताले भनिन ।
फेरि मैले भने । तिम्रो घरमा त कुकुर धेरै भुकिरहेको छ । मलाई त डर लाग्छ ।
यति भनिसकेपछी संगीता हामी भएकै ठाउँमा आईन् अनि मैले हात समातेर हिंड अब जाउँ भने । उनले भनिन् मेरो हात समाउनु भन्दा मैले केही आफ्ना कपडा लिएर पनि आएकी छु यहि समाउनुहोस बरु ।
त्यतिकैमा उनका कपडा र हात समाएर संगितालाई आफ्नो घर लिएर हामी त्यहाँ बाट हिंड्यौ ।
त्यसपछि २०७०÷१०÷१ गते मैले संगीताको सिउँदोमा सिंदुर भरिदिए । हामी जुनिजुनी संगै हुने भयौ । संगीता लाई म दुखिको जिन्दगीमा ठाउँ दिए । घरमा सौतेनी आमा ,दाइ भाउजुको व्यबहार उस्तै थियो । हामीलाई राम्रो नमान्ने गाली गर्ने खाने बेला पनी उस्तै व्यहार गर्ने । संगीता त्यो पिडा सहन नसकेर धेरै रुन थालिन् मैले सम्झाए । संगिता हाम्रो भाग्यमा यस्तै भोग्नु रहेछ तिमी नरोऊ । म छु नि तिमीलाई दुखी हुन दिनेछैन मैले । केहि दिन यसै सहेर बसौ त्यसपछी मैले जेनतेन गरेर सबै बन्दोबस्त मिलाउछु ।
समय बित्दै गयो जे जस्तो भएपनी आधी बेहेरी, अँध्यारो उज्यालो ,सुखदुःख गरेर हामीले आफ्नो जिन्दगी चलाइरह्यौ । खुशी नै थियौ । तर जिन्दगी सोचे जस्तो सधै खुसी नहुदो रहेछ । एकैछिन चक्नाचुर हुँदारैछन् सपनाहरु । एउटा गरिब भएर जन्मनु पनी अभिसाप नै रहेछ । सानै मा बाले छोडेर गए । आमा मामाघर बस्न थालिन । दुखी, टुहुरो भए । समस्याहरु झेल्दै गए । त्यसैमा सहदै पनी गए । कसैको माया पाइन । कसैको माया पाउने आसामा सानै उमेरमा बिहे गरे । तर भाग्यमा कसैको माया पाउन नलेखेपछी के गर्नु । फेरि एक्कासि आँधिभेरी आयो । संगीता सँग खाएका बाचा कसम उडाएर लग्यो । माया ! माया रहेन ।
अग्नि साक्षी राखी खाएका बाचा कसम पनि पूरा नहुदा रहेछन् । म त माया मन संग जोडीन्छ भन्थे तर यहाँ त माया आफ्नो अस्तीत्व नै भुेलर धन र पैसा सँग जोडीने रहेछ । म हिलै हिलोमा लपेटिदै आएको मान्छेलाई के थाहाँ ।
समय पनि कति निष्ठुरि हुदो रैछ । के सोचेको थिए जिन्दगीमा के भयो आज ।
समय ठिक उल्टो चलिदियो । आफ्नो भनेको कोहि हुदो रहेनछ यो दुनियाँमा । सबै स्वार्थी हुदारहेछ्न । सुख मा मात्र आफन्त भन्ने आफन्तहरू दुखको बेला पराइ हुदारहेछ्न । म निर्दोष लाई विभिन्न षड्यन्त्र द्वारा आरोप लागाएर जेलमा सम्म कोचियो । म निर्दोष छु यसो नगर्नुहोस् भने तर त्यहाँ मेरो बोली सुन्ने कोहि थिएन । यो ससारमा त म एक्लो थिए मेरो आमा बाहेक उनैले नि छोडेर गइन । गरिबहरुको लागि नेपालमा कानुन कहाँ छ र यहाँ धनिहरुको मात्र छ ।
प्रिय संगीता आज तिमिले पनि मलाई छोडेर गयौं ? भन्थ्यौ नि दुख सुखमा हामीले एकअर्कालाई साथ नदिए कसले दिन्छ ? तर त्यो त सब बाहाना रहेछ हैन र ? तर यति छिटै हाम्रो सम्बन्ध बाट टाढा भयौं । ठिकै छ तिमी त जता जता सुख छ उतै जाने मान्छे । म दुखी गरिब ,भत्किएको टुक्रिएको मान्छे संग के नै सम्बन्ध गासिरहन सक्थ्यौ र । जेनतेन गरेर तिम्रै लागि एउटा घर बनाएको थिए त्यो पनि भत्किएर गयो । जीवन नै भत्किएर गयो अरु के कुरा गर्नु । बाँकी कोहि र केही रहेन अब । म त एक्लो मान्छे । संगीता अब अन्त्यमा यति भन्छु , म त भाग्यले नि ठगेको मान्छे । अहिले निर्दोष कैदी जीवन भोगिरहेको छु । तिमी त अहिले खुसी र सुखी छ्यौ होला । जहाँ रहेपनी सधै खुसी र सुखी रहनु । यहि कामना छ ‘‘।।
समाप्त …।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )