~सुरेन्द्र जोशी~
मलाई महिला बन्न मन छ
रातो सारी, सुन्दर नारि एक घर बारी
छोरा छोरीका नाना, घरका अनेक बहाना
झन त्यसमाथि दुर्गम मा कुनै गम नमानी बस्न मन छ
सुन्दर नारि
रातो लिपिस्टिक, निधारमा टिका, बर ले बार ले घेरेको सिन्दुर
अनुशासन अनि अनुशासित भइ रहन मन छ
साउन मा हरियो चुडी अनि साडी
तिज मा गुरास झैँ रातो पहिरन
कालो कपाल सनसिल्क को मन्द मन्द सुगन्ध
खुबै मन पर्ने हुनाले पनि मलाई
मिस अनि म्याडम बन्न मन छ,
मेरो बुढाको पहिचान, मेरो इमान, छोराको सान
बुढाको मेहेनत त्यसैमाथि समाजका कुरा
” उसकी बुडी कस्ती महेनती, का बाट का पुर्याइदियो”
यो सुन्दा मेरो मन गगन छुन पुग्ला त्यसैले मलाई
उ होइन उनि बन्न मन छ,
घरमा सासु, मन पर्ने मासु
पतिको हात समाती बेलुकाको झिल्मिले यात्रा
अनि अमिलो पिरो चना चटपटे, खट्टा पानीपुरी
पनि पुरी माथि, मेरा सपना उसका लक्ष्य
मेरा सपना उहाका बाध्यता
मेरो पेट गणेस को भुडी हुनाले होला
हावा भरिएको पेट भन्दा मान्छे भरिएको पेट बोक्न मन छ
र उहालाई जिस्काउन मन छ !
सनिबारको दिन सपिंग
दाल, चिनी, चामल
एक हप्ताको सामल
पब्लिक बस, बुडा घरमा
म महिला
बसको यात्रा, बसमा गाईजात्रा, ठेलम ठेल थियो
एक युवक आउछ, सिट देखाउछ दिदि बस्नुस
अर्को बोल्छ भाउजु नमस्ते, पल्लो घर वर को देबर
केहीबेर कुराकानी, लोक सेवा को भ्याकेन्सी
म कति ?
महिला मा १५
खुल्ला १
दलित १०
अन्य १०
केहीबेर खुसी
एक्जाम, अधिकारी, अन्तरवार्ता
तिन ठाउबाट नाम निस्काउनु भएको रहेछ के सोध्नु ! आउनुस
सरकारको सूचना ” रजस्वला बिदा”
अब मलाई महिला मात्र होइन रजस्वोला पनि हुन मन छ
ताकी महिनै पिच्छे तलबी बिदा पाउ तर
पहिला मलाइ यस्तो महिला बनि खैला बैला मचाउन मन छ
जो हाम्रा अधिकार दिने नाममा हामीलाई अझै कमजोर बनाउदैछन
सकी नसकी अधिकार बाट भिन्नता देखाउदै छन
हाम्रो मस्तिक एक कोटा मा सिमित गर्दैछन
भिड र मेला मा
”उ महिला हो भनि दया होइन”
म अनि हामि माया चाहन्छौ !
र भन्न मन छ
अधिकारी हरु पुरुस लाइ त्यति भिन्न अनि बहादुर नबनाइयोस
सधै ”सारा दुनिया संग लड़ोस” जुन खुल्ला प्रतिस्पर्धा !!
र महिलालाइ त्यति कमजोर नबनाइयोस कि हरेक
कार्यमा कोटेश्वर को भागि हुन परोस !
(स्रोत : रचनाकारको ब्लगबाट सभार)