संस्कृति : दोस्रो विवाह–गवना

~उमाशङ्कर द्विवेदी~

तराईमा विवाह दुईपटक हुन्छ भन्ने सुनेर जनसाधारणलाई आश्चर्य लाग्न सक्छ । केटा–केटीको विवाह भनेको त जीवनमा एकचोटि हुने हो, विवाह जस्तो धार्मिक प्रक्रिया दुईपटक कसरी हुन सक्छ ? तराईबाहेक अन्य भेगका मानिसहरूका बीचमा यो निश्चयत: कौतुहलको विषय हुन सक्छ । हुनत नेपालमा नेवार परिवारका केटीहरूको पनि दुईपटक विवाह हुने गर्छ, जसलाई इही वा बेल विवाह भनिन्छ तर यो विवाह कुनै केटासँग नभएर भगवान्सित हुने गरेको धार्मिक विश्वास रहेको पाइन्छ । त्यस्तै दक्षिण भारतमा पनि केटीको विवाह देउतासित गरेको पाइन्छ तथा त्यस्तो विवाहपछि केटीलाई भगवान्को मन्दिरमा उपहारको रूपमा चढाउने गरेको पाइन्छ, जसको कारण कन्याहरू युवती भएपछि यौनातिरेकको कारण व्यभिचारका घटनाहरू सुनिन्छन् । यो विवाह पनि केटा र केटीबीच नभएर भक्त आमाबाबुहरूको अन्धभक्तिको कारणले भगवान् र उनीहरूका छोरीबीच सम्भव भएको हुन्छ । यस्ता केटीहरूलाई देउकी भन्ने गरिएको पाइन्छ । इही अथवा दक्षिण भारतीय देउकी तथा तराईमा हुने विवाह, कन्या रजस्वला हुनुभन्दा अगावै गरिने गरिन्छ । रजस्वला हुनुपूर्व बालिका उमेर अनुसार निश्चयत: केटाकेटीकै अवस्थामा रहन्छन् । समाजमा यस प्रकारको विवाह बालविवाहको श्रेणीमा पर्ने भएको हुनाले यसलाई सामाजिक कुरीतिको रूपमा लिने गरिन्छ तर यसको कारणबारे घोत्लिंदै जाँदा हिन्दू धर्मशास्त्रहरूका वचनहरूलाई मनन गर्न आवश्यक हुन्छ । शास्त्रहरूमा विवाहसम्बन्धी केही उक्तिहरू यस प्रकार रहेका छन्–

प्राप्ते तु द्वादशे वर्षे य: कन्यां न प्रयच्छति ।
मासि मासि रजस्तस्या: पिब्रन्ति पितरोऽनिशम ।।
(यमसंहिता),

अर्थात् बारह वर्ष उमेर भएकी कन्याको बिहे गरिएन तथा ऊ रजस्वला भई भने उसको मासिक रगत पितरहरूले महिनेपिच्छे पिउनुपर्दछ । अर्को वचन अनुसार–रोमकाले तु संप्राप्ते सोमो भुंजीथ कन्यकाम् । रज: काले तु गंधर्वो वन्हिस्तु कुचदर्शने ।। (पराशरस्मृति) अर्थात् कुमारी कन्याको गुप्ता·मा रौं पलायो भने त्यस कन्यालाई सोमदेवले, कुचदर्शन भयो भने अग्निदेवले तथा रजोदर्शन भयो भने गन्धर्वदेवले दूषित पार्दछन् । धर्मशास्त्रहरूमा उल्लिखित यस प्रकारका वचनहरूका कारणले नै धर्मभीरु जनमानसले चेतन वा अवचेतन मनमस्तिष्कका साथ जानेर वा नजानेर हो बालविवाह गर्न बाध्य हुन्छन् जस्तो लाग्छ ।

तराईमा पहिलेका दिनहरूमा शतप्रतिशत बालविवाह हुने गथ्र्यो तर हालका दिनहरूमा शतप्रतिशत त होइन तैपनि केही प्रतिशत बालविवाह त अवश्य नै हुने गर्छ । बालिका किशोरी उमेरमा पुगेपछि अभिभावकले आफ्नो गच्छे अनुसारको घर र वर खोजेर विवाह गरिदिएपछि चैनको सास फेर्छन् । भोजपुरी भाषाको एउटा सुक्ति छ– बेटी वियहला पर ग·ास्नान के पुण्य मिलेला । किशोरी उमेरकी केटीको शारीरिक विकास पूर्णरूपेण भइसकेको हुँदैन । त्यसै कारणले वर र कन्या पक्ष दुवैतर्फको सहमतिले विवाहपछि तुरुन्तै कन्याको बिदागिरी हुँदैन । विवाह भएको दुई/तीन वर्ष वा अझै लामो समयपछि मात्र कन्या माइतीबाट बिदागिरी भएर आफ्नो घर जान्छिन् । यस बिदागिरीलाई नै दोस्रो विवाह तथा भोजपुरी भाषामा गवना भनिन्छ । विवाहकै समयमा बिदागिरी भएकी किशोरी कन्या आफ्नो घरमा गई साइत मेटेर तत्काल माइती फर्कन्छिन् तथा गवनाभैंm केही समयको अन्तरालपछि मात्र माइतीबाट बिदागिरी भएर आफ्नो घर जान्छिन् । यस प्रकारको बिदागिरीलाई भोजपुरी भाषामा दोङा भनिन्छ ।

गवनामा पनि जम्मै विधि विवाहभैंm हुन्छ । सबभन्दा पहिले बाहुनद्वारा विधि जुराइन्छ, विवाहभैंm पाहुना–पाशाहरूलाई निमन्त्रण दिइन्छ, सत्यनारायण भगवान्को कथा हुन्छ तथा गवनाको दिनमा रात्रि प्रहरमा गवनाको बरियात बेहुलीको घरमा आउँछ तर गवनाको बरियात भने संक्षिप्तरूपमा आउँछ, जसमा बेहुलाका साथीभाइहरू मात्र आउँछन् । विवाहभैंm बेहुलीको आँगनमा चौका पुर्ने काम हुन्छ तथा चौकामा बेहुला र बेहुली बसेर गवनाको विधि पूरा हुन्छ । त्यस विधिको समाप्तिपछि देवघरमा कोहबरको विधि हुन्छ तथा एकाबिहानै कन्याको बिदागिरी हुन्छ । यस प्रकारले गवनाको विधि सम्पन्न भएर कन्या आफ्नो घरमा विधिवत् रूपमा गएर आफ्नो भावी जीवन सुखपूर्वक व्यतीत गर्छिन् ।

गवनामा कन्यालाई जीवनयापनमा सहायक हुने सामग्रीहरू दाइजोको रूपमा दिने चलन छ । ओढ्ने, ओछयाउने, भान्साका सरजामहरू तथा खाद्यान्न, तैल्य पदार्थ र दुधारु पशु दाइजोमा दिने चलन छ । यसको साथै हस्तकलाका सामानहरू तथा टोलछिमेकमा बाँडिने कोसेलीहरू पनि छोरीहरूको गवनाको अवसरमा दिने प्रचलन छ ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.