गीत : उठ्छ मेची काली

~थरेन्द्र बराल~

नेपाल हाम्रो हो जागौ तन्नेरी
जुरूक जुरूक उठौ सबै
बिकासको ऑधिबेरीनै चलाउ बेस्सरी ।

सूनको खेती छैन नजाउ समुन्द्रको पारी
भन्दा भन्दै भन्ज्याङ काट्छन देशै माया मारी
जे फल फल्छ आफ्नै धर्ती गोड्न जुट्नु पर्छ
भीर पाखामा जागर रोप्तै माथि उठ्नु पर्छ ।
बिकास हाम्रो हो ,

हिमालबाट अमृत झर्छ तराई सूनका बाला
येस्मै पौरख रोपे लाउछौ उन्नतिका माला
मुटु भित्र हुनु पर्छ देशको माया साथि
अनी जुर्मुराउदै उठ्छ मेची काली माथि ।

– राजगढ, झापा, हाल : कपन, काठमाडौँ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.