नेपाली प्यारोडी गीत : ॐ जय लक्ष्मी माता !

~विजय खरेल~

लय : लक्ष्मीको आरति

ॐ जय लक्ष्मी माता !
न त कहिल्यै हाकिम मन्त्री हुन पाता
न त भन्सार करमा कहिल्यै छुन पाता
न त व्याङ्कको हिनामिना अधिकृत हुन पाता
यसो यताउति मिलाई दिए तिम्रो के जाता ? ॐ जय….

सकिएन कहिल्यै खोल्न कडोरको खाता
बरु फोर्दिन्थेँ नि अख्तियारका दुईटै आँखा
जीवनले फेथ्र्यो कि नौलो भाका
अलिकति हेरविचार गरे तिम्रो के जाता । ॐ जय….

युवा–युवती तिमीलाई खोज्दै विदेशतिर गा’का
कतिले मात्रै भर्दिए दलालकै खाता
कत्ति त त्यतैबाट सोझै यमलोक जाता
अलिक हेरविचार गर्दिए तिम्रो के जाता । ॐ जय….

बिहान बेलुकै घरमा तिम्रै खाँडो जगाता
चामल सकियो भन्दै बूढीले भाँडो बजाता
जीवन नै बित्यो अझ पनि लाउँछ्यौ आँखा राता
अलिकति यसो कोल्टे पर्दिए तिम्रो के जाता ! ॐ जय….

सामन्तको भँडार मात्रै तिम्रो रासा–बासा
पूँजिपतिका चेकले तिमीलाई डिस्कोमा नचाता
किन दुईचारलाई मात्रै धनको लाउँछ्यौ रासा
केही सहयोग गर्दिएदेखि तिम्रो के जाता । ॐ जय…

सधैं तिनै विस्नुले मात्रै तिमीलाई खुट्टो मिचाता
सुन्छु– दिनमा कति खेप तिमी पोइल पनि जाता
गणेश र सरस्वतीसित मात्रै किन फोटो खिचाता
अलिकति यता पनि हेर्दिए तिम्रो के जाता । ॐ जय…
ॐ जय लक्ष्मी माता…….

काकरभिट्टा, झापा

(स्रोत : फित्कौली डट कम)

This entry was posted in नेपाली प्यारोडी गीत and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.