समीक्षा : सिड्नी शेल्डनका लागि भोलि कहिल्यै आएन

~उद्धव उपाध्याय~

विश्वमा साहित्यिक क्षेत्रमा आफूलाई समर्पित गरी साहित्य साधनामा तल्लिन रहेका धेरै लेखकहरू छन् तर सबैले सान, सम्मान र सम्पत्ति आर्जन गर्न सकेका छैनन् ।

इज्जत प्रतिष्ठा सँगैसँगै पैसा कमाउने आधुनिक उपन्यासकारहरूमा ८९ वर्षो उमेरमा भरखरै दिवङ्गत हुनुभएका अमेरिकी लेखक सिड्नी शेल्डनको नाम उल्लेखनीय रहेको छ । उपन्यासमा साहसी महिला पात्रहरूलाई विशेष तरिकाले प्रस्तुत गरी महिला वा मातृशक्तिको उदाहरण दिई महिलाको भर नपाई पुरुष केही गर्न पनि सक्षम हुँदैनन् भन्ने सन्देश उनले दिएका छन् । उनका मुख्य पात्र महिला हुन्छन् तर तिनीहरू हामीले सोचेझैँ कमजोर र काँतर हुँदैनन् । उनीहरू सुरासाहसी भएर पनि उनीहरूमा महिलामा हुनुपर्ने स्वाभाविक नारीसुलभ आकर्षा, भद्रपनको अभाव हुँदैन । सन् १९१७ मा शिकागो राज्यमा जर्मन यहुदी पिता र रुसी यहुदी आमाको सन्तानको रूपमा जन्मेका सिड्नी शेल्डनको लेखनी २० वर्षो उमेरमा सिनेमा क्षेत्रमा विश्वविख्यात मानिने हलिउडका सिनेमाको पटकथा लेखनबाट सुरु भयो । बीसौँ शताब्दीका एक विख्यात सशक्त साहित्यकारको लेखनयात्रा यसरी फिल्मी क्षेत्रबाट सुरु भयो । सिड्नी शेल्डनले १८ वटा रहस्य, रोमाञ्च, पढ्दा पनि मुटु कम्पन हुनेखालका विविध विशेषता बोकेका उपन्यासहरू लेखेका छन् । तीमध्ये धेरै फिल्मीकरण र टिभी सिरियल बनिसकेका छन् । उनका उपन्यासहरू जति प्रख्यात् र पाठकमाझ चाहनाको विषय बनेको छ, ती उपन्यासको आधारमा बनाइएका फिल्महरू पनि त्यत्तिकै चर्चित छन् । सफल लेखकमाथि लाञ्छना लाग्नु स्वाभाविकै हो । सिड्नी शेल्डनमाथि पनि निकै आरोप लाग्यो । आलोचकहरूले उनलाई पैसा कमाउने उद्देश्य राखी छिटोछिटो निम्नस्तरको उपन्यास लेख्ने घटिया लेखक भनी खिसी-ट्युरी गरे तापनि उनको उपन्यासप्रतिको आकर्षा रत्तिभर घटेन । यसको ठीक विपरीत उनका १८ वटा उपन्यासहरूमध्ये ‘रेज् अफ एन्जल्स्’, ‘द अदर साइड अफ मिडनाइट’, ‘मास्टर अफ द गेम’ र ‘इफ टुमरो कमस्’ ले उनलाई अत्यन्त चर्चित बनाई सफलताको शिखरमा पुर्‍याए । यी उपन्यासहरू अत्यन्त सावधानीपर्ूवक रहस्यात्मक ढङ्गले लेखी पाठकलाई प्रत्येक पाना पल्टाउन विवश गरिएको छ । उनले एक अन्तर्वार्तामा भनेका पनि छन् ः मेरो प्रयास यस्तो हुन्छ कि पाठक एक अध्याय पूरा गरेपछि अर्को अध्याय सुरु गर्न आतुर होस् । पुस्तक बन्द नगरोस् । उनका पाठक रातदिन बढ्दै गए । उनका उपन्यासहरू विश्वभर ३ अर्ब प्रति बिकेका छन् । उनका यी कृतिहरू विश्वका ५१ भाषामा अनूदित छन् र १८० भन्दा बढी मुलुकमा उनका उपन्यासका पाठक छन् । उनका पुस्तकको जति विदेशी भाषामा कसैका पुस्तकहरू आजसम्म अनुवाद भएका छैनन् । गिनिज बुक्स अफ वर्ल्ड रर्ेकर्डमा सबैभन्दा बढी कृति अनूदित हुने लेखकको रूपमा उनको नाम उल्लेख छ ।

बहुप्रतिभाशाली सिड्नी शेल्डन राम्रो फिल्मी पटकथा लेखेबापत ओस्कार अवार्ड, राम्रो नाटक प्रस्तुत गरेबापत ब्रोडअवे टोनी अवार्ड र रहस्यात्मक उपन्यास लेखेबापत र्एडगर अवार्ड जित्ने पहिलो लेखक हुन् । दोस्रो विश्व युद्धमा युद्धक विमानचालक भई काम गरेका समयमा पनि लेख्ने काम जारी राखे । युद्ध थामिएपछि उनले फिल्म निर्माण गर्ने एमजीएम स्टुडियो र प्यामाउन्टसँग काम गरे । सन् १९४७ मा ‘द ब्याच्लर एण्ड द बबीसोक्सर’ फिल्मले उनलाई सर्वोत्तम मौलिक पटकथाबापत “द वेस्ट अरिजिनल स्त्रिmनप्ले” ओस्कार अवार्ड पुरस्कार सम्मान दिलायो । अनि सन् १७४८ र १९५१ मा पनि स्त्रिmन रार्इर्टस गिल्ड अवार्डबाट सम्मानित भइरहे । सन् १९५९ मा साङ्गीतिक नाटक रेडहेडले उनलाई ब्रोडवे टोनी अवार्ड दिलायो । छवटा ब्रोडवे चर्चित नाटक लेखे । उनी यसरी सन् १९५० र १९६० को दशकमा फिल्म र टेलिभिजन सिरियलका कथाहरू लेख्नमा व्यस्त रहे । उनले कूल २३ कथानक चलचित्रका पटकथा लेखेका छन् । फिल्म र टेलिभिजनको क्षेत्रलाई छोडेर साहित्य क्षेत्रमा उनी सन् १९६९ मा ‘द न्याकेट फेस’ नामक पहिलो उपन्यास लिएर देखापरे । आलोचकहरूले उनको छविलाई ध्वस्त पार्ने नियतले यो उपन्यासको कडा आलोचना गरे तापनि हार्डकभरमा २१ हजारप्रति हातहातै बिक्यो र पेपरब्यागमा यो पुस्तक सबैभन्दा बढी बिकेको सूचीमा एक नम्बरमा रहृयो । फलस्वरूप ३१ लाखप्रति बिक्यो । न्युयोर्क टाइम्स पत्रिकाले यो उपन्यासलाई रहस्यमय विषयवस्तुमा लेखिएको नयाँ सर्वोत्तम पुस्तक भन्यो र यसले एडगर अवार्ड पनि पायो । आफूले तयार पारेका टिभी सिरियल र आफूले पटकथा लेखेका फिल्महरूमा झुम्मिएका दर्शकको सङ्ख्याको अनुपातमा आफ्ना उपन्यासहरू पढ्ने पाठकको सङ्ख्या कम भएकोमा लेखकले “राम्रो पुस्तक लेख्न सकिएन” भनी गुनासो पनि गरे । पहिलो उपन्यासको सफलतालाई लिएर धेरैपछि उनले भनेका छन्- ‘जुन पुस्तक लेखिसिध्याउँदा आफूमा उपन्यासकारको क्षमता रहेन छ भनी ठानेको थिएँ, त्यही पुस्तकले मलाई लेखकको रूपमा स्थापित गर्‍यो ।’ यो पुस्तकपछि उनले लेखेका अन्य उपन्यासहरू एक-एक गरी अधिक प्रति बिक्री हुने ‘बेस्ट सेलर’को पङ्क्तिमा उभिन थाले । साहसी महिला र दुष्ट पुरुषहरूबीचको द्वन्द्वात्मक कथानक विषयवस्तुले गर्दा उनका उपन्यासहरू सबैका लागि प्रिय बन्न पुगे । उनका दोस्रो उपन्यासको ख्याति पनि त्यत्तिकै बढ्यो । दोस्रो उपन्यास “द अदर साइड अफ मिडनाइट” न्युयोर्क टाइम्स दैनिक अखवारको बेस्ट सेलर पुस्तक सूचीमा ५२ हप्तासम्म उच्च नम्बरमा रहिरहृयो । फिल्मी लेखन कलालाई उपन्यास विधामा प्रयोग गरी लेखिएका उनका १८ वटा उपन्यासहरूमध्ये १७ वटा सबैभन्दा बढी बिक्ने -बेस्ट सेलर) पङ्क्तिमा पर्दछन् । उनी भन्छन्- “मैले जानीजानीकन कहिल्यै पनि महिलालाई केन्द्रबिन्दु बनाउने योजना बनाइन । यो कुरा सत्य हो कि शारीरिकरूपमा मेरा महिलापात्रहरू आकर्ष र मैले जानेबुझेका महिलासँग मिल्दाजुल्दा छन् र तिनका चरित्र कठोर छन् । पुरुषभन्दा नारी पात्र मलाई बढी आकर्ष लाग्छन् ।”

सिड्नी शेल्डनको विशेषता के रहृयो भने उनी पुस्तक लेख्न देश-विदेश भ्रमण गर्छन् र सोही स्थानको वर्ण्र्ााकथामा जस्ताको तस्तै उतार्छन् । उनी भन्छन्- “म देशविदेश घुमेर त्यहाँको जानकारी लिई जस्ताको तस्तै वर्ण्र्ाागर्छर्ुुाकि स्वदेश घुम्न नपाएका पाठकले पुस्तक पढेर ती ठाउँको अनुभव गर्न सकून् । आफ्ना अघिल्ला उपन्यासहरूमा झैँ अन्तिम अठारौँ उपन्यास “आर यु अप|mेड अफ र्डार्क -” मा पनि स्वीट्जरल्याण्ड, जर्मनी र युरोपीय देशहरूका विभिन्न रमाइलो दर्शनीय स्थानलाई कथामा उतारेका छन् । यसमा पनि आफ्नो जीवनरक्षाका लागि दुष्ट पुरुषहरू विरुद्ध भिडिरहेका दर्ुइ महिलाहरू कथाका केन्द्रविन्दु रहेका छन् । अत्यन्त सफल आधुनिक लेखकको रूपमा चिनिएका शिड्नी शेल्डनले उपन्यासमा पनि फिल्मी ढाँचामा झैँ प्रत्येक अध्यायमा ‘अब के हुन्छ, -सस्पेन्स) को शैली अपनाएर पाठकलाई पूरा पुस्तक पढिसिध्याउन बाध्य तुल्याउँछन् । सन् २००५ मा उपन्यासबाट अलि फरक आफ्नै जीवनकथाको कृति ‘द अदर साइड अफ मी’ लेखेका छन् । आफू १७ वर्षो हुँदा आत्महत्या गर्ने मनस्थितिमा पुगेकोले आफ्नो यो जीवनी-कृति पनि त्यही मनस्थितिको अवस्था -१७ वर्षो युवकबाट) सुरु गरेको एक अन्तर्वार्तामा स्वीकारेका छन् । एकै व्यक्ति नाटक, फिल्म, टेलिभिजन र साहित्य -उपन्यास) क्षेत्रमा कलम चलाएर यतिधेरै ख्याति आर्जन गरेको उदाहरण विरलै पाइन्छ । विशेषतः महिलालाई केन्द्रबिन्दु बनाई उनीहरूको सुषुप्त शक्तिलाई ऊर्जा दिई सङ्र्घष्ाद्वारा पुरुष प्रधान कठोर समाजमा न्याय दिलाउने आँट लेखकले गरेका छन् ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.