~दीपा राई पुन~
जीवन अनुभूतको पाइलामा
भेटे जति सबै -सबै
एउटा भिन्न कविता रहेछ
पढ्छु-बुझ्छु ,भन्दा -भन्दै
धमिलिएर हराई जाने
कहिले त्यसै भित्र डुबेर
आँफैलाई खोज्नु पर्ने
पात -पातमा
फूल -फूलमा
बोट -बोटमा
म कविता पढ्छु
निश्चल अबोध बालकको मुस्कानमा
झन कस्तो मीठो कविता भेट्छु
वृद्ध-वृद्धाको असक्त अवस्थाले
पुरै महाकाब्य बोली दिदा
म अवाक-अवाक उभिएर
कविता लेख्नु सक्तिन भन्छु !
– हाल, बोस्टन, अमेरिका