~सङ्कलन : रामविक्रम थापा~
पूर्वी पहाडका अग्ला डाडाहरूमध्ये ‘ट्याम्के’ सबैभन्दा अग्लो (३६२० मिटर) र प्रसिद्ध डाडा हो । सफा मौसमको सूर्योदयपूर्व ट्याम्केबाट दार्जीलिङ र काठमाडौं समेत देख्न सकिन्छ । खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित यो ट्याम्के डाडामा देवीथान छ ।
पहिले, ट्याम्केकी देवी भोजपुर जिल्लाको लेखर्क गाविस अन्तर्गत रुपाथुम्की भन्ने लेकमा थिइन् र त्यहाबाट ट्याम्केमा सरेकी हुन् भन्ने यस्तो किम्वदन्ती छ –
भोजपुरे काभ्रेका एकजना जैसी बाहुन गोठ राखेर रुपाथुम्कीमा बस्थे । एकरात सपनामा देवीले त्यो ग्वालालाई भनिन् – ‘म यहा बस्दिन । मलाई डोलीबाजा गरेर ट्याम्केमा लगिदेऊ । म तिमीलाई एउटा बाच्छी दिन्छु ।’
यस्तो अचम्मको सपना देखेर छक्क पर्दै भोलिपल्टै बिहान डोलीबाजा गरेर देवी -मुस्किलले मात्र उचाल्न सकिने ढुङ्गाको मूर्तिलाई रुपाथुम्कीबाट ट्याम्के पुर्याएर स्थापना गरी त्यो ग्वाला फर्केछ । गोठमा पुगेर भात खाई वस्तु फुकाएछ ।
बेलुकी गाई बाध्दै जादा ४९ ओटा गाई बाध्दा दाम्ला-किला सकिएछन् तर एउटा गाई बााध्न अझै बाकी रहेछ । आˆना ४९ ओटा गाई-बाच्छीमा एउटी थपिएर ५० ओटा पुगेछन् । देवीले ग्वाला जैसीलाई सपनामा भने अनुसार एउटा बाच्छी दिइछिन् । यसरी बाच्छी पाएपछि त्यो जैसीको देवीप्रतिको आस्था र विश्वास अझ बढेछ । अनि भोलिपल्टदेखि हरेक बिहान ट्याम्के पुगेर देवीलाई गाईको दूध चढाउदो रहेछ ।
यसै क्रममा, एकछिन दूध चढाउदै गर्दा ट्याम्केको त्यो अनकण्टार जङ्गलमा कोइली बोलझैा आकाशबाणी भएछः ‘ता को होस् ? ता को होस् ?? भन् ता को होस् ??? भन ता को होस् ???’ त्यो जैसी ग्वालाले लरखरिएको स्वरमा भनेछः ‘म …म …. म तल काभ्रेको ग्वाला हु, दे-वीलाई दूध चढाउन यहा आएको !’ फेरि यस्तै आवाजमा आकाशवाणी भएछः ‘ता के माग्छस्, के माग्छन् ?? भन त के माग्छस् ???’ अनि त्यो जैसीले दुवै हात जोदेर भनेछः “मेरा सन्तान, दर-सन्तानमा गोरस (दूध) नटुटोस् !”
त्यो ग्वालाको सन्तान अझै पनि घिमिरे जैसीका रूपमा छादै छन् । अझसम्म पनि प्रशस्त गाई-भैंसी पाल्ने त्यो जैसीका सन्तानहरू -नाति-पनातिका घरमा कहिल्यै गोरस -दूध टुटेको छैन ।